सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


क्याम्पस प्रमुख हरिप्रसाद जैसवालले सहमति विपरित अभिव्यक्ति दिएको भन्दै दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै कार्यालयमा तोडफोड गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्वबियु र संघिय बिद्यार्थी युनियनको अगुवाईमा बिद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाउनुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका थिए । तोडफोडबाट प्रमुखको टेबल र फर्निचर क्षति भएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

जनपक्षिय सम्विधान किन र मुलभूत विशेषता

राजनीति, विश्लेषणकुनै प्रतिकृयाहरु छैनन् »

narayan-adhikariनेपाल अहिले अन्ततः कठिन मोडमा रहेको छ । सम्पूर्ण राजनितिक पार्टी, नागरिक समाज, राष्ट्रवादी, देशभक्त, जनतान्त्रिक शक्तिहरुले आफ्नो सिमित घेराभन्दा माथि उठी सोच्ने र कार्यान्वयन गर्ने बेला आएको छ । समयमा नै बुद्धि पुर्याएन भने नेपाली जनताले फेरि पनि कठोर स्थितिको सामना गर्नु पर्ने स्थिति आउन सक्छ । त्यसो हुनाले सम्पूर्ण शक्तिहरुको वीचमा साझा बिन्दु पहिल्याई त्यसलाई कार्यान्वयन गर्नुपर्ने स्थिती छ किनकि यदि यो विषयमा सहमति हुन सकेन भने हिजो सत्ता छोडेको शक्ति, प्रतिक्रियाबादी, पुनरुत्थानबादी, बिदेशी शक्ति, नोकरसाही शक्तिहरुले फेरि देशलाई पछाडि लैजाने दुष्प्रयास गर्न सक्छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शिविरमा महिला दिवसका भिडियो तथा फोटोहरू

फोटो, भिडियो, शरणार्थी1 प्रतिकृया »

dsc00756

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

माओवादी सेनाको संख्या : अनमिनलाई भालुको कान

राजनीति, विश्लेषणकुनै प्रतिकृयाहरु छैनन् »

सेनाको समायोजन बिषयमा अन्तिम चरणमा कुरा भइरहने परिस्थिति सृजना भइरहँदा हाल आएर सरकार र अनमिनबीच ठाडठाडै जुहारी चलिरहेको छ । जनमुक्ति सेनालाई दिइने रासनपानीको सम्बन्धमा क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेनाको यथार्थ बिवरण चाहिने कुराले उच्च रुप लिएपछि पछिल्ला दिनमा सरकार र अनमिनबीच जुहारी मात्र चलेको छैन कि एक आपसको दुरी चुलिदैं पनि गएको छ । समायोजन पूर्व माओवादी सेनाको पुःन प्रमाणिकरण गर्नुपर्ने अडानमा रक्षा मन्त्री देखिनुभएको छ भने यो कुरालाई माओवादीले सुन्न समेत मानेको छैन । सरकार जिम्मेवार मन्त्रीहरु खुल्लाा रुपमा अनमिनले माओवादीलाई मात्र सहयोग गरेकोले यसलाई राख्नुको औचित्य नभएको कुरा गर्दै अब अनमिनको म्याद नथपिने कुरा गरिरहेका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

महिला हिंसामा बढोत्तरी

विचार, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

घरेलु हिंसा सम्बन्धी कानुका अभावले गर्दा थुप्रै महिलाहरु न्याय पाउनबाट बन्चित भइरहेका बेला व्यवस्थापिका संसदले घरेलु हिंसा कसुर र सजाय ऐन २०६५ जारी गर्यो । संसदवाट ऐन जारी भएको केही समयपछि नै ऐन लागु गरिसकेको छ । ‘महिला विरुद्ध हुने शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानुनद्धारा दण्डनीय हुनेछ ‘अन्तरिम संविधानको भाग ३, मौलिक हकको धारा २०, महिलाहकको खण्ड ३ मा उल्लेखित व्यवस्था छ । महिलाको पक्षँमा अन्तरिम संविधानमा महत्वपूर्ण कुरा उल्लेख भएतापनि महिलामाथि हुने हिंसाका घटनाहरु न्युन हुनुको साटो बृद्धि हुँदै गएका छन् । यसको अन्त्य कहिले हुने, जवाफ देही को हुने भन्ने प्रश्न खडा भएको छ । सदियौं देखिको समाजमा झाँगिएको पितृसत्तात्मक सोच वा संरचनाका कारण नेपाल राजनीतिक, आर्थिक तथा सामाजिक रुपमा अत्यन्तै पछाडि परेको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

जेठ १४ पछि के होला ?

राजनीति, विश्लेषणकुनै प्रतिकृयाहरु छैनन् »

निर्धारित मितिभित्र संविधान जारी भएन भने के हुन्छ भन्ने प्रश्न अहिले ज्यादै जटिल बनेको छ। नेतृत्व असक्षम भए, उनीहरूले जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्दैछन्, सँगसँगै संविधानसभा पनि जिम्मेवार छैन भन्ने सन्देश गएकाले बौद्धिक वर्गले यस्तो प्रश्न उठाएका हुन्। संविधानसभामा योग्य र उपयुक्त व्यक्ति पुगेनन्, हावा र हचुवा तथा उत्तेजनाको भरमा आक्रोश र कुण्ठालाई पुष्टि गर्ने व्यक्तिहरूको मञ्चका रूपमा संविधानसभा खडा गरियो। ल्याकतभन्दा निम्सरा व्यक्तिहरू त्यहाँ पुगे भन्ने आवाज पनि आएको छ। त्यसैले संविधानसभाका निर्वाचित, समानुपातिक वा मनोनीतमा परेका व्यक्तिहरूप्रति टिप्पणी हुन थाल्यो, संविधानसभामा उनीहरू के गर्दैछन् ?

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

फोटो, शरणार्थी, समाचार2 प्रतिकृयाहरु »


woman-day
अन्तर्राष्ट्रिय महिला दिवस आज सातै भुटानी शरणार्थी शिविरहरूमा विभिन्न कार्यक्रम गरि मनाइयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कतारका दलाल

प्रवास, विचार3 प्रतिकृयाहरु »

तपाईंलाई लाग्ला कतार गएका नेपाली त्यहींका अरबी वा कुनै विदेशीको कम्पनीमा काम गर्छन् । हो, ठीकै ठान्नुभयो । तर, एउटा कुरा मिलेन- काम गर्ने कम्पनी विदेशीका भए पनि हाजिर गर्ने र तलब बुझ्ने कार्यालय अधिकांश नेपालीकै छन् । कतारमा ठूला-ठूला र नाम चलेका अधिकांश नेपालीको कामै स्वदेशी श्रमिक आपूर्ति गर्ने हो । उनीहरू त्यहाँका कम्पनीमा सम्झौता गरी ठेक्कामा कामदार लैजान्छन् । त्यहाँबाट ठूलो मात्रामा पैसा उठाउँछन् र झिनो तलब दिन्छन् । त्यो पनि सबैले समयमा दिँदैनन् । कहिले अनेक बहानामा नदिई सताउँछन् । कहिले अलपत्र पार्छन् । कहिले एउटा काममा भनी पुर्‍याएर अर्कै जटिल काममा पेलाउँछन् । कागज एउटा थमाउँछन्, काम-दाम अर्कै पार्छन् । श्रमिकका पासपोर्ट र अन्य कागजात कब्जा गरी सताउनु सताउँछन् । विदेशीका कम्पनीमा पनि गई हैरान गर्छन् । अनि भाग्न बाध्य पार्छन् र अवैध बनाउँछन् । नेपालीलाई त्यसरी आपतमा पार्ने अरू कोही हुँदैन, नेपाली नै हुन्छन् । नेपाली समुदायमा मै हुँ भन्दै हिँड्ने, कथित प्रतिष्ठा कमाएका व्यक्तिबाटै बढ्ता यस्ता घटना हुन्छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

यिनको दुःख कसले हर्ने ?

भिडियो, शरणार्थी, समाचार2 प्रतिकृयाहरु »

तेश्रो मुलुक पुनर्स्थापनाको कार्यक्रम शुरु भएपछि तेश्रो देश गएकाहरूको मात्र होइन, नेपालकै शिविरहरुमा रहेका पनि अधिकाँश भुटानी शरणार्थीहरुको जीवनस्तर उकालो लागेको छ, यो सत्य हो । शिविरका आसपासमा रहेका दर्जनौं मनि ट्रान्सफरका काउन्टरहरु, अनि हिजो र आजमा शरणार्थीहरुका जीवनशैलीमा देखिएको अन्तरले पनि यो कुरालाई पुष्टि गर्छ । तर त्यहि शिविरमा अझै दिनरात शारीरिक श्रम नगरी खान नपुग्ने पनि छन् । अझ यी वेलडाँगी १, सेक्टर इ ३, छाप्रो नं २१७ कि यी हरिमाया काफ्ले जो आँखा देख्न सक्दिनन्, यिनले गरेको परिश्रम शरणार्थी प्रशिक्षार्थी पत्रकार लोक बहादुर महराले केही समयअघि खिचेको यो भिडियोमा हेर्दा जोकोहीको पनि मन कुँडिन्छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी वालवालिकाले कोरेका चित्र लण्डनमा प्रदर्शन गरिने

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

झापा र मोरङ स्थित शिविरका असाय भुटानी शरणार्थी बालवालिकाले कोरेका चित्र लण्डनमा हुने प्रतियोगितामा समावेश हुने भएका छन् ।
आज भुटानी शरणार्थी शिविर बेलडाँगी ३ मा भेला भएका सातै शिविरका असहाय वालवालिकाबीच चित्रकला प्रतियोगिता गराईएको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in