विकट गाउँमा वायरलेस इन्टरनेट सेवा

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

उत्तरी म्याग्दीको विकट बेग गाविसको महादेव माविमा वायरलेस इन्टरनेट सेवा सुरु भएको छ । सन् २००७ को रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित महावीर पुनको प्रयासमा सो सेवा सुरु भएको हो । 

म्याग्दीका उत्तरी भेगका पाँच वटा विकट गाविसमा यसअघि नै वायरलेस इन्टरनेट सेवा सुरु भइसकेका थिए । इन्टरनेटको सुविधाले गर्दा म्याग्दीको ग्रामीण भेगका मानिसले पनि तुरुन्तै देश विदेशका समाचारहरू थाहा पाउन र विदेशमा रहेका आफन्तहरूसँग कुराकानी गर्न पाएका छन् । वायरलेस प्रविधिमार्फत इन्टरनेट सेवा गाउँगाउँमा पुगेको म्याग्दी पहिलो जिल्ला हो । यहाँका उत्तरी भेगका अधिकांश गाउँमा वायरलेस इन्टरनेट सेवा उपलब्ध छ ।

झापामा जनअदालत सञ्चालन भएको खुलासा

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »
कानुनी राज्यको वर्खिलाप गर्दै संघीय लिम्बुवान राज्य परिषद र वाइसीएलले झापामा जनअदालत सञ्चालन गरिरहेको रहस्य खुलेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध परिषद र वाइसीएलले जनअदालत द्धारा न्यायिक फैसला गरिरहेको दाबी गर्छन । परिषदका केन्द्रीय सदस्य थाङ्साङ् लावती भन्छन् -”हामी अरु तिर मिल्न नसकेका मुद्दा हेछौं ।” उनी थप्छन् “ज्यान मुद्दा देखि लिएर सामान्य झगडा, लेनदेन सम्मका मुद्दा हेर्ने गछौं ।” आफ्नो निसाफ निष्पक्ष रहने उहाको दाबी छ । 

लिम्बुवान मात्र होइन चुनाव पछाडि सबैभन्दा ठूलो दल माओवादीको भातृ संगठन वाइसीएलले न्यायका लागि अघोषित रुपमा जनअदालत सञ्चालन गरीरहेको सोतको दाबी छ । 

सो संगठनले बैदेशिक रोजगारीका क्रममा ठगीएका युवाहरुलाई न्याय दिलाउन भन्दै मेनपावरको ठगी विरुद्ध अभियान चलाइरहेको स्रोतले बताएको छ । यता संगठनका क्षेत्रिय इन्चार्ज प्रशान्त भने सो अभियान अन्तर्गत पिडितको उजुरीका आधारमा प्रशासनको सहयोगमा न्याय दिने तर्क राख्छन् । तर लेनदेन, जग्गा विवाद लगायतका मुद्दा हेर्ने गरेको स्रोतको दाबी छ । माओवादी नेतृत्वले जनअदालत भङ्ग गरेको भने पनि कार्यकर्तालाई यसको धङधङगे नछोडेको बुझिएको छ । 

कानुनी राज्यको कनुनी आदेशमा चल्ने सर्वसाधारण जनताले यस किसिमको प्रवृत्तिबाट के बुफ्ने ? नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष विष्णु सुब्बा भने यस्तो गतिविधिले विधिको शासनको ठाडो उपहास गरेको बताउँनु हुन्छ । 

प्रहरीले १५ जना ठगीमाथी मुद्दा चलायो

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

गैरकानुनी रुपमा मेनपावर सञ्चालन गरेका १५ जनामाथी प्रहरीले ठगी मुद्दा चलाएको छ । 

झापाको दमकमा विना इजाजत चलाएका ८ वटा मेनपावर कम्पनीका १५ जनालाई प्रहरीले छपामारी पक्राउ गरेको हो । गैरकानुनी रुपमा विदेश पठाउने कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले छापामार्न आदेश दिदा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

यसरी पक्राउ पर्ने मेनपावर कम्पनीहरु द्यमक आसपासमा आफ्नो कार्य चलाउँदै आएको प्रहरीको दाबी छ । पक्राउ पर्नेहरुमा एइआइएसइ प्रालीका सञ्चालक अरुण काफ्ले, रुवेल ओभरसीजका देउकुमार लिम्बू, खगेन्द्र गौतम, प्रेम श्रेष्ठ, हर्क घिसिङ र दुर्गा चेम्जोङ रहेका छन् ।

त्यसैगरी सिवाकोटी ओभरसिजका लोकनाथ प्रसाई, र्‍यापीड ओभरसीजका कमल दर्लामी र हेमराज दर्लामी, फक्तालुङ ओभरसिजका सुनिल थेबे, बज्र हुमन रिसोर्स प्रालीका निर्मला शर्मा र नारायण योङहा, युके कन्सलटेन्सी प्रालीका उमाकान्त न्यौपाने र चुलाचुली कन्सलटेन्सीका सन्तोस बुढाथोकी र आइताङ सुब्बा रहेका छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र नाथ भट्टराईले दिएको जानकारी अनुसार झापाका विभिन्न स्थानहरुमा अबैध रुपमा चलाइएको मेनपावर कम्पनीका ५० भन्दा बढी सञ्चालनकहरुलाई नियन्त्रणमा लिएको बताउनु भयो । प्रशासनले दमक र विर्तामोडमा दुइ दिन यता छापामारी ५० भन्दा बढी सञ्चालकलाई नियन्त्रणमा लिएको बताएको छ ।

झापामा बैदेशिक रोजगार ऐन २०६४ अनुसार दुइ वटा मात्र मेनपावर कम्पनीले इजाजत लिएका छन् । यसरी इजाजत पाउनेहरुमा अन्जली ओभरसीज र ग्लोबल प्लेसमेन्ट मात्र रहेका छन् । झापामा ५ दर्जन भन्दा बढी अबैध मेनपावर सञ्चालनमा आएको प्रहरीको दावी छ । 

३ चुटकिला

Uncategorized2 प्रतिकृयाहरु »

औलाको खेल

तीन जना मानिसहरु आफ्नो जाँचको भविष्यको बारेमा सोध्न ज्योतिषीकहाँ पुगे । ज्योतिषीले केही पनि भनेनन्, बरु तीन जनाकै प्रश्नपछि आफ्नो औला उठाए ।

जाँचको रिजल्ट जब निस्क्यो तीन जनामध्ये एक जना पास भएका रहेछन् । ज्योतिषीको नाम चर्चित भयो । एक जना केटाले उनीसँग उनको सफलताको रहस्य सोध्यो ।

‘रहस्य के हो भने म केही कोल्दिनँ ।’ उसको जवाफले केटालाई केही बुझाउन सकेन ।

अनि ज्योतिषीले आफ्नो भनाइ जारी राखे, ‘तिमीले मैले एउटा औँला उठाएको देख्यौ हगि ? यसको अर्थ तीन जनामा एक जना पास भन्ने हुन सक्थ्यो । त्यस्तै भइदिएर मेरो जवाफ साँचो भइदियो । यदि दुई जना पास भएको भए पनि मेरो भविष्यवाणी ठीक हुन्थ्यो, एउटा औँलाको अर्थ एक जना फेल भन्ने हुनसक्थ्यो । यदि तीन जनै पास भएको भए एउटा औँलाको आर्थ तीनै जना अर्थात सम्पूर्ण पास भन्ने हुनसक्थ्यो । यसरी जताबाट पनि मेरो कुरा ठीक हुने थियो ।’

जमेको कुराकानी

उत्तरतिरबाट आएको एक जना यात्रीले आफ्नो देशका कति जाडो छ भनी धक्कु लगायो, ‘मध्यजाडोमा यति जाडो हुन्छ कि हामी खानेकुरा खानै गाह्रो हुन्छ । चपस्टिकहरु (चिनियाहरुले खाना खाँदा खानेकुरा मुखमा हाल्न मद्दत गर्ने दुई मसिना घोचाहरु) त टेबुललमै टाँसिन्छन् । थाहा छ ? तिनीहरु जमेका हुन्छन् ।’

‘बाफ रे !’

‘र हामी अरुले भनेको कुराहरु पनि विरलै सुन्छौ, किनभने बोलेका शब्दहरु कानमा पस्नुअघि भित्तामा जम्छन् ।’

‘ओहो यार ! त्यसो भए त तपाईकहाँ ग्रीष्म ऋतुमा त एकदमै भयानक हल्लीखल्ली हुन्छ होला । ती बोलेका शब्दहरु पग्लन्छन् होला नि, हैन ?’

जस्तोलाई त्यस्तै

एक जना जमिनदार थियो । ती जमिनदारकहाँ एक जना किसानले एउटा सेकेको कुखुरा र एक शीशी फलफूलको रस ल्याइदियो । जमिनदारले आफ्नो नोकरलाई बोलाएर किसानको उपहार घरमा लगिदिन अह्रायो । नोकर ज्यादै चङ्ग भएको थाहा पाएर उसले नोकरलाई एक शीशी विष र एउटा जिउँदो चरा भएको कुरा भन्यो । बाटोमा ती खोलेर नहेर्नु समेत भन्यो । जिउँदो चरा उड्न सक्थ्यो र विषको गन्ध मात्रले पनि मान्छे मर्न सक्छ ।

नोकरले मालिकले भनेको कुराको भेउ पाइहाल्यो र एउटा एकान्त कुनातिर लगेर सेकेको कुखुरा खायो, स्वादिलो जुस पियो एक थोपा पनि बाँकी नरहने गरी ।

बिहानको खाना खाने समयमा जमिनदार भर गयो र आफ्नी स्वास्नीलाई खान ल्याउन अह्रायो । स्वास्नीले खाना पाकिनसकेको कुनाले कुर्नको निम्ति भनी । जमिनदारले त्यो उपहारको बारेमा सोचेर नोकरको हातमा पठाएको कुखुरो र जुसले पनि पुगिहाल्छ नि भन्यो । स्वास्नीचाहिँले नोकर त बिहानै देखा परेको छैन भनेपछि ऊ छक्क पर्‍यो र रिसायो पनि ।

अलिकति पनि समय बर्बाद नगरी तुरुन्तै जमिनदार आफ्नो काम गर्ने ठाउँमा पुग्यो, त्यहाँ नोकर त मस्त निद्रामा पो थियो । ऊ चिच्यायो र लात्तीले हान्दै केटालाई उठायो । अनि रिसले आगो भई उसले किसानको उपहारको बारेमा साध्यो ।

केटोले भन्यो, ‘ओहो मालिक बाटोमा ठूलो आँधि आयो र छोपिराखेको कपडा उघारेपटि चरो त उड्यो र बेपत्ता भयो । हजुरले अब रिसाएर सजाय दिनुहुन्छ भन्ने डरले मैले झटपट शीशीभित्र राखेको विष पिएँ । र, अब म यहाँ पल्टेर मृत्युलाई कुरेर बसिरहेको छु ।’

विद्यार्थी जुलुस

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

किताव छैन, अव आन्दोलन गरेरै भए पनि किताव त पाउनै पर्यो नि । 

किताव नपाएको झोंकमा सामुदायिक विद्यालयका विद्यार्थीहरुले आज दमक चोकमा निकालेको जुलुसका केही दृष्य




जनआन्दोलन २ का प्रथम घाइतेद्वारा इन्सेकसमक्ष उपचारको लागि पहल गरिदिन आग्रह

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »
दाङ । धर्ना-४ धर्नाका ५० वर्षीय कृष्णगिरीले इन्सेक समक्ष ०६५ असार २ गते एक निवेदन दिई आफ्नो थप औषघि अपचारको लागि आवश्यक पहल गरिदिन अनुरोध गरेका छन् । 

 
०६२ माघ २६ गते कथित नगरपालिका निर्वाचन बहिष्कारको  क्रममा  सातदलद्वारा  निकालिएको जुलुसमा सहभागी भएको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा चलाईएको गोली लागी उनी घाईते भएका थिए भने सोही समयमा उमेशचन्द्र थापाको मूत्यू भएको थियो । पीडित गिरीले दायाँ खुट्टा नखुम्चिने अवस्थामा रहेको बायाँ खुट्टाको गोलीगाँठा नेरको भागमा अहिलेसम्म सातओटा गोलीका टुक्रा रहेको बताउँदै अत्यन्त कष्टकर जीवन जिउन बाध्य भएको जनाएका छन् । 

 

पीडितले निवेदनमा खुट्टासुक्दै जान थालेकोले अत्यन्त पीडा भैरहने भन्दै आवश्यक औषधि उपचारमा पहल गरी दिई सहयोग गर्न अनुरोध गरेका छन् ।

नारायणीहिटी संग्रहालय

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

नारायणीहिटी दरवार संग्रहालय

गुराँसको राजधानी

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

द्धन्द समाप्तीसँगै गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले क्षेत्रमा होटल व्यवसाय फष्टाएको छ । जनयुद्धका बेला बिस्थापित कतिपय व्यवसायी पुन पेशामा फर्केका छन् ।

विशेषत तेह्रथुमको बशन्तपुरबाट संखुवासभाको चौकी, मंगलवारे,गुफा हुदैं ताप्लेजुङको दोभान निस्कीएर कन्चनजंघा हिमालको आधार शिविर पुगिने ट्रे्किङ रुटमा होटल व्यवसायले पुन गति लिएको हो ।

जनयुद्ध सँगै ०५७ साल पछि त्यो रुटका अधिकांश होटलहरु बन्द थिए । कतिपयले पेशा नै परिर्वतन गर्न परेको थियो । तीनजुरे मिल्के जलजले होटल व्यवसायी संघ बशन्तपुरका अध्यक्ष छिरिङ भुटियाले शान्ति स्थापनासँगै पर्यटकको संख्या क्रमश बढ्न थालेकोले व्यवसाय फष्टाउँदै गएको बताए । र्”पर्यटक आउन थालेपछि राम्रो हुदैं छ , व्यवसाय छाडेकाहरु प्ानि फर्केका छन्”उनले भने ।

संघमा आबद्ध बशन्तपुर, मुढे, मंगलवारे,गुफा र जिरिखिम्तीका व्यवसायीले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन पहल गर्न पर्यटन बोर्डलाई समेत आग्ह गरेका छन् । द्धन्द अघि त्यस रुटमा दैनिक तीनसय जति पर्यटक आउने गरेकोमा पछि ठप्प भएको भुटियाले बताए । यहि कारण धेरैले व्यवसाय नै छाडे-भुटिया भन्छन् ।

संखुवासभा नुनढाकी स्थित गुफापोखरीका फुजुङ लामाको आम्दानीको स्रोत होटल व्यवसाय नै हो । तीन हजार मिटर उचाइमा अवस्थित गुफापोखरी नजिक उनले याक होटल खोलेर बसेका छन् । परिवारका सबै सदस्य त्यही व्यवसायमा आबद्ध छन् । छोरीले होटल व्यवस्थापन सम्बन्धि तालिम लिएपछि व्यवसाय गर्न थप सहज भएको उनको भनाई छ । अहिले पर्यटक आउन शुरु गरेपछि सहज भयो, एकताका त होटल नै बिक्री गर्ने सोच बनाएको थिएँ । हिजोआज गुफापोखरी क्षेत्रमा दैनिक पचास जना जति पर्यटक आउने गरेको बताउँदै उनले भने-कतिपयले रात नै यही विताउने गरेका छन् । पर्यटनको संभावन फेरि बढेको छ ।





त्यही ठाउँकी निशा डोल्माको होटलपनि राम्रैगरि चलेको छ । पाहुना आउन थालेपछि बन्द रहेको होटल फेरि चलाउन थालेकी हुँ-उनले भनिन । गुफापोखरी प्राथमिक विद्यालयका शिक्षक पासाङ शर्ेपा बाहै्र महिना त्यो क्षेत्रमा पर्यटक भित्राउन सरकारले विशेष कार्यक्रम नै संचालन गर्नुपर्ने सुझाव दिन्छन् ।

बाटोघाटो र यातायातको असुविधाले गर्दा चाहे जति पर्यटक आउन सकेका छ्रैनन्-उनले भने गुराँसका लागि प्रख्यात यो ठाउँको विकासमा राज्यले चासो दिनपर्छ । गुफापोखरीका अधिकांश बासिन्दाको आय स्रोत भनेको होटल व्यवसाय नै हो । त्यहाँ एक दर्जन साना ठुला होटल संचालनमा छन् ।



विश्व संरक्षण संस्था-आइयुसिएन) का फिल्ड सुपरभाईजर मिन दाहाल बशन्तपुर मुढेशनिश्चरे चैनपुर खाँदवारी र मकालु बरुण आयोजना क्षेत्र सम्म ट्रेकिङको संम्भावना रहेको बताउँदै भन्छन्-यी स्थानकमा पर्यटक भित्राउन सके स्थानियको जीवन स्तर सुधार गर्नपनि सहयोग मिल्छ । तीनजुरे मिल्के जलजले क्षेत्रलाई स्थानियवासीले संरक्षित क्षेत्रको रुपमा विकास गर्न सरकारसँग माग गर्दै आएका छन् । तीनजुरे डाँडा, गिद्धेभिर, चौकी, लामपोखरी,सानो पाथिभरा मन्दीर,गुफापोखरी पर्यटकिय दृष्टिले संभावना बोकेका स्थानहरु भएको दाहल बताउँछन् ।

संगम स्वीटमा पैसा हरायो

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

संगम स्वीटमा खाना खान आएका मानिसहरुको पैसा एकै क्षणमा गायव भएछ आज । पैसा पनि थोरै हो र …. एक लाख सत्तरी हजार रे । नेपाल बैंक लिमिटेड दमक शाखाबाट पैसा झिकेर दिउसो दुइ बजेतिर खाजा खान संगम स्वीट्स पसेका त्रिवेणी सामुदायिक वन, बाँझो, इलामका कोषाध्यक्ष धन बहादुर र्राई र सदस्य वदकसिंहले होटलको टेवलमा राखेको एकै क्षणमा पैसा राखेको व्याग गायव भएछ । पैसा हराएको उजुरी इलाका प्रहरी कार्यालयमा गराएपछि प्रहरीले त्यही होटलमा काम गर्ने एकजना कामदारलाई प्रहरी कार्यालमा झिकाएर सोधपुछ गर्दै रहेछ । हेरौं हाम्रा प्रहरीहरु कत्तिको सफल हुने हुन् चोर र पैसा फेला पार्न ।

सत्ता बाँडफाँटमा विवाद राजनीतिक सहमतिविरूद्ध अभ्यास

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

 
राष्ट्रपति को हुने र कसलाई बनाउने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको छ। केही नामलाई सार्वजनिक बहसमा ल्याउन मूलढोकाको साटो झ्यालको उपयोग गरिंदैछ। यस समय राष्ट्रपति पदका लागि चर्चित नाममध्ये गिरिजाप्रसाद कोइराला, रामराजाप्रसाद सिंह, डा. देवेन्द्रराज पाण्डे, पद्मरत्न तुलाधर, सहाना प्रधान र चर्चामा नल्याई चर्चा गरिनुहुनेमा पूर्वप्रधानन्यायाधीश विश्‍वनाथ उपाध्याय हुनुहुन्छ। ब्लग बहसकै कुरा गर्ने हो भने कृष्ण पहाडीको नाम पनि पर्याप्त चलिरहेछ तर पहाडी र पाण्डेहरूले तत्काल विगतमा सम्पन्न सफल जनआन्दोलनको ज्वारभाटा पैदा गर्ने क्रममा नै भविष्यमा कुनै पनि नियुक्ति नखाने र पदमा नजाने वचन जनतालाई दिइसकेका छन्। उनीहरूले कुनै पनि पदमा नगई सदा खबरदारीमात्र गर्ने भनेपछि जनता आन्दोलनमा माहुरीको गोलो खनिएझैं सडकमा ओर्लिएका थिए। यस कुरालाई कृष्ण पहाडीले आज पनि निष्ठाका साथ उठाइरहेको पाइएको छ। पाण्डेले पनि कुनै पदका लागि अनुनय गरेको सुनिएको छैन यधपि पहाडी र पाण्डेजस्ता व्यक्ति राजनीतिक दलहरूका लागि किन पनि पाच्य हुन सक्दैनन् भने उनीहरू दलहरूका नाजायज र अविवेकहरूका मौनसाक्षी बन्न चाहँदैनन्। नेता अथवा दलहरूले गरेका अपकृत्यहरूको समेत प्रशंसा गर्ने र अपराधलाई समेत ढाकछोप गर्न नसक्ने कोही पनि दलहरूका लागि मान्य र उपयुक्त हुनसक्दैन। नेपालजस्तो अविकसित र पछौटे सोच भएका नेताहरूको कब्जामा रहेका पार्टीहरूमा त विवेक र वास्तविकता खोज्नु आफैं एउटा नाजायज मूर्खता हुनेछ। जतिसुकै अग्रगामी सोच भएको दाबी गर्ने माओवादीसमेत यस्तै परम्परागत रोगबाट ग्रस्त छ। राष्ट्रपति पदका लागि माओवादीले नै ज्यादा बहस चलाइरहेछ। यस दलका अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिका रूपमा प्रचारितमात्र गरेन, सक्रिय राष्ट्रपतिको बहससमेत चलाउन पुग्यो। राष्ट्रको परिस्थिति नबुझीकन या भनौं बुझ पचाउँदै माओवादीले यस अडानलाई केही दिनसम्म आफ्नो प्रतिष्ठाको मुख्य विषय बनाइरहयो। त्यसपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालामा बहस केन्द्रित हुन पुग्यो तर सत्ताको लेनदेनमा सायद कुरा मिल्न नसकेपछि नयाँ कार्ड फ्याँकिएको छ। माओवादी नेताहरूले दिएको जानकारीलाई भर गर्ने हो भने कांग्रेसका नेताहरूबाट प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति बनाउन माओवादीसमक्ष धेरैपटक आग्रह भइसकेको छ तर कुनै पनि हालतमा उसलाई यो आग्रह मान्य हुनसक्दैन। कांग्रेसका तर्फबाट यस विषयमा कुनै पनि प्रतिक्रिया सार्वजनिक भएको छैन। त्यस पार्टीको मौनता आफैं यौटा रहस्य र सन्देहको कारण बनिरहेको छ। यदि उनीहरूले नेपाली कांग्रेस र खासगरी कोइरालाका लागि राष्ट्रप्रमुख पदको अडान राख्दैछन् भने त्यसलाई औपचारिक बहसमा ल्याउन सक्नुपर्ने थियो। पार्टीका निम्ति कुनै दाबी छ भने त्यसलाई पनि सार्वजनिक रूपमा प्रस्तुत गर्ने हिम्मत गर्नुपर्छ। नेकपा (एमाले) ले पनि माओवादी अध्यक्षसँग खुसुक्क आफ्ना लागि राष्ट्रप्रमुख पदको याचना गरेको चर्चा चलेको थियो। त्यो चर्चा समयक्रममा सेलाएको छ। यता राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूबाहेक अरू कसैलाई पनि दान नगर्ने भनी केही दिनसम्म चरित चर्चामा संलग्न माओवादी केही लचिलो र दयालु भएझै गरी ठूला पार्टीबाट राष्ट्रप्रमुख नदिने प्रस्ताव अघि सार्न पुगेको छ तर पछिल्लोपटक राष्ट्रपतिका लागि माओवादीले सार्वजनिक गराएका नाममा एमालेनेत्री सहाना प्रधानको नाम समावेश गरेर ठूला पार्टीलाई नमान्ने सर्त पनि परित्याग गरेको देखाएको छ। तैपनि क्रमश: परिस्थिति सहमतिअसहमति हुँदै सहमतिविरूद्ध राजनीतिक अभ्यासका रूपमा देखिन लागेको छ। असहमतिको राजनीतिलाई आफ्ना पक्षमा जनसमर्थन लिने एक उपयुक्त बहनाका रूपमा माओवादीले लिएको प्रतीत हुँदैछ भने अरू दल खासगरी कांग्रेस र एमालेले परिस्थिति आफूअनुकूल बनाउन सकिन्छ कि भन्ने रणनीतिका रूपमा असहमतिको धराप थापिरहेको लाग्दैछ यधपि संविधान संशोधनका मुद्दामा यी ठूला दलहरू एका ठाउँ जुटिसकेका छन्। सत्ताको बाँडफाँटमा मात्र किचलो हुँदैछ। सामान्य अवस्थामा यस्तो किचलो जायज मानिन पनि सक्छ तर अहिलेको अवस्था सजिलो छैन। सहमतिको राजनीतिलाई निरन्तरता दिने कि आफूखुसी चल्ने भन्ने निर्णय गर्नुपर्दछ। त्यसपछि ठूला दलहरू कम्तीमा पनि माओवादी, कंाग्रेस र एमालेले राष्ट्रपति पदमा निश्‍िचत आधार निर्माण गरी राजनीतिक व्यक्तिबाट राष्ट्रपति बनाउने कि गैरराजनीतिक क्षेत्रबाट बनाउने, साना दलबाट बनाउने कि ठूला दलबाट लिने, कुन र कस्तो योग्यता भएको, महिला कि पुरूष, दलित, जनजाति, भूविकटताले पछाडि परेको क्षेत्र कि अन्य क्षेत्रबाट बनाउनेजस्ता प्रश्‍नको टुंगो लगाएपछि मात्र राष्ट्रपतिका लागि नाम चर्चामा ल्याउनुपर्ने थियो। त्यसपूर्व राष्ट्रपति चयन गर्ने विधि के र कस्तो हुने, आमनागरिकले सीधै राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउने कि नपाउने, संविधानसभाले सोझै मनोनयन गर्ने हो भने पनि आधिकारिक प्रस्तावक को र कसरी हुने, सभासद्बाटै नाम चयन गर्नुपर्ने कि बाहिरबाट पनि प्रस्ताव गर्न सकिने हो, प्रस्ताव गर्दाका आधार के हुनसक्छन् र राष्ट्रपतिको योग्यता, उसले गरेको योगदान र उसको आचरणका मापक केकस्तो हुनुपर्छ भन्ने कुराको कुनै छिनोफानो भएको छैन। अकस्मात र नाटकीय शैलीमा मूल ढोका बन्द गरी झ्यालबाट केही व्यक्तिका नाम उराल्ने र व्यक्तिलाई अनावश्‍यक विवाद र बहसमा ल्याउने अनि उसको रहेसहेको मानमर्दन गर्ने काम राजनीतिक नेतृत्वले गरिरहेको छ। यसबाट राष्ट्रप्रमुखको गरिमाको समेत प्रकारान्तरले उपहास भइरहेको छ। माओवादीले सार्वजनिक रूपमा प्रकारान्तरले प्रक्षेपण गरेका नाम हुन् कि भित्रभित्रै कांग्रेसले प्रस्तुत गरेका गिरिजाप्रसाद हुन् राष्ट्रपति बन्न योग्य छन्। अरू धेरै नागरिक राष्ट्रपतिका लागि ती नामबाहेक कम योग्य छैनन्। कामका सन्दर्भमा देश बाहिर रहेका अरू कतिपय व्यक्ति बढी योग्य पनि हुनसक्छन्। उनीहरूले राजनीति नै गरेको हुनुपर्छ भन्ने छैन तर आजको नेपालको सन्दर्भमा राजनीतिक सन्तुलन र सहकार्यको संस्कृति अघि बढाउन पनि राजनीतिक व्यक्ति मात्र नभएर ठूलो दलबाटै राष्ट्रप्रमुख हुनु जरूरी छ। त्यसो नभए औपचारिकमात्र होइन, त्यो राष्ट्रप्रमुख सरकारको नेतृत्व गर्ने पार्टीको यौटा लाचार कठपुतलीमात्र साबित हुनेछ। यतिखेर सत्ताको साँचो लिन व्यग्र माओवादी त्यस्तै अनेक बहानामा यौटा कठपुतलीको कल्पना गरिरहेको छ। अरू दल किंकर्तव्यविमूढको स्थितिमा छन् भने राष्ट्रिय शक्तिका रूपमा स्थापित चौथो ठूलो दल मधेसी जनअधिकार फोरम र पाँचौं ठूलो शक्ति तराईमधेस लोकतान्त्रिक पार्टी पनि ठूला दलकै चाकाचुलीको आनन्द उठाउन व्यस्त छन्, जसकारण राजनीति असहमतिको दीर्घकालीन भासमा जाने खतरा देखिएको छ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in