मधेसी भाईरस किलर्स पार्टी कार्यकर्ता ०६५ साउन ११ गते त्रिकोल गाविसमा हतियारधारीद्वारा गोली हानी हत्या गरेको अवस्थामा फेला परेका छन् ।
सप्तरीकै मधवापुर-७ निवासी भाईरस कार्यकर्ता ३० वर्षीय सुरेश रामलाई त्रिकोल र गोईठीको सीमामा पर्ने त्रिकौल गाविस-६ स्थित बुधेवा खोलामा हतियारधारीले गोली हानी हत्या गरेका हुन् । उनको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । रामलाई तीन दिनअघि हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाका सम्बन्धमा रामका भाइ शत्रुघन रामले प्रहरीलाई खबर गरेपछि उनको लाश गएराति गोली हानेर हत्या गरेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका निरिक्षक राजेन्द्र पराजुलीले बताए ।
उनको लाश पोष्टमार्टमका लागि राजविराज पठाएको पराजुलीले जानकारी गराए ।
प्रहरी, प्रशासन र व्यवसायीहरूबीच एक साता भित्रमा समस्या समाधान गर्ने सहमतिपछि ०६५ साउन १२ गते विहानदेखि मेची राजमार्गमा यातायात सूचारु भएको छ ।
०६५ साउन ११ गते राति सम्पन्न छलफलमा इलाम नगरपालिकाले उठाउँदै आएको कर र ०६५ साउन १० गते तोडफोड गरिएका क्षतिपूर्तिका बारेमा एक हप्ता भित्रमा निष्कर्षा पुग्ने सहमति पछि यातायात सूचारु भएको हो ।
व्यवसायीहरूको मागप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र सम्बन्धित पक्षहरूसँग चाँडै पहल गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले जानकारी दिए । बन्द खुलेपछि इलाम लगायत पर्ूवको जनजीवन सामान्य बन्दै गएको छ ।विभिन्न तीन सूत्रीय माग राख्दै पूर्वेली ट्याक्सी व्यवसायी संघले तीन दिनदेखि मेची राजमार्गमा चक्काजाम गरेको थियो ।
१)हामीले सरकारको नेत्रित्व गर्ने भए कांग्रेस्-एमाले-फोरम अपवित्र गठबन्धन् टुट्नु पर्छ। २। अब बन्ने सरकारको साझा कार्यक्रममा माओबादीको सुधारको कार्यक्रम् बढी झल्किन पर्छ।३)२ बर्ष सम्म सरकार बनाउने गिराउने खेल नहुने ग्यारन्टी हुन पर्छ।
सरकारको नेत्रित्व गर्न तम्सिने दललाई अन्य दलहरुले शर्त थोपर्न खोज्नु बुझिने कुरा हो तर अन्य दलहरुले माओबादीलाई सरकार बनाउने पहल गर्न आह्वान गर्दा उल्टै आफ्नो शर्त राख्नु अचम्म होइन त? माओबादी संसदमा सबै भन्दा ठूलो दल भएको र अन्य दोस्रा, तेस्रा र चौथा ठूला दलहरुको भागमा क्रमस: राष्ट्रपति, संबिधान सभाध्यक्ष र उपराष्ट्रपति पद परिसकेकोले अब प्रधानमन्त्री माओबादीले पाउनु पर्छ र तेसो भएमा शक्ति सन्तुलन होला, पार्टीहरुमा बैमनष्यता नहोला र संबिधान निर्माण गर्ने काममा कुनै भांजो नआउला भन्ने आम नेपालीको आशा हो तर माओबादीको शर्त मानेर उसैलाई टाउकोमा टेकाउन अरु दलहरुलाई के को खांचो छ र? संबिधान सभामा सबै भन्दा ठूलो दल बने पछि भूंईमा न भांडामा भएर अन्य दलहरुलाई होच्याउदै हिंडेका माओबादीहरुले राष्ट्रपतिको निर्वाचनमा पछारिएपछि वास्तवमा हामी अल्पमतमा रहेछौं भनेर चेत पाउनु पर्ने हो -तर त्यस्तो अझै देखिएन। आफू वास्तवमा कुन हैसियतमा छौं भनेर हेक्का नराखी आफूले संसारै जितेको जस्तो दम्भ राखी अरुदलहरुको नेता समेत आफै छान्दै हिंड्नु माओबादीको ठूलो भूल् थियो।सरकार बनाउन आफ्नो पुर्ण बहुमत नभएको अवस्थामा अन्य दलको बिश्वास जितेर बहुमत् सिद्ध गर्नतिर लाग्न पर्नेमा उल्टो कांग्रेस एमाले जस्ता दलहरुलाई बिच्काएर एक झटका खाइसकेको छ तर अझै चेत खुलेको देखिदैन र अन्य दलहरुको सदासयतालाई कमजोरी ठानी उल्टै शर्तहरु थोपर्नुले माओबादीलाई फेरि अर्को झटका दिनेछ। अब कुरा गरूं माओबादीको शर्तहरु बारे। अहिलेको कांग्रेस-एमाले-फोरम गठबन्धन बारे। कुनै पनि गठबन्धन कुनै स्थितिमा जरुरतबस् बनेको हुन्छ नकि कुनै रहर र इच्छाले। राजा बीरेन्द्रको शासनकालमा-डा भट्टराईकैले नै भनेको कुरा-राजा र माओबादीहरु बिच् अघोषित गठबन्धन थियो।लोकतंत्रको स्थापना पछि माओबादी र कांग्रेस बिच् त्यस्तै गठबन्धन थियो र एमालेलाई चेप्नु सम्म चेपेको थियो।प्रचन्ड र गिरिजा बिच सहमती भैसके पछि सहिछाप गर्न मात्र माधव कुमार नेपाललाई खबर् गरिन्थ्यो र माधव कुमारले आनाकानी गर्दा सहमतीमा नआउनेलाई छोडेर अघि बढिन्छ भनेर गिरिजाले धम्काउथे।गिरिजाले आफूहरुलाई समेत अति पेल्न थालेपछि “गणतन्त्रको तत्काल् घोषणा” गर्नु पर्ने अत्तो थापी संबिधान सभाको चुनावनै पर सार्न पर्ने स्थितिपारेर अझै जंगलनै पस्ने धम्की दिई सरकार बाट हटेका माओबादीहरुलाई त्यति बेला अन्तरिम संसदमा गणतंत्रको मुद्धामा एमालेले नै साथ दिएको थियो। त्यो पनि त एउटा गठबन्धन नै थियो।निर्वाचनमा ठूलो दलको रुपमा आईसकेपछि सर्बसत्ताबादी चरित्र देखाउन थालेकोले बाध्य भएर अन्यदलहरु माओबादीको बिरोधमा उत्रिएका थिए। पछि कांग्रेस-माओबादी बिच राष्ट्रपतिको बिषयमा कुरा नमिलेपछि एमालेसंग गठबन्धन बनेको थियो जुन तोडने काम माओहरु आफैले गरे र वास्तवमा भन्नु पर्दा कांग्रेस-फोरम्-एमाले गठबन्धनको निर्माणनै माओबादीले गराइदिएका हुन् भने पनि हुन्छ। आफ्नो सर्बसत्ताबादी चरित्रले गर्दा कसैसंग सहमतीमा नजाने, कसैसंग गठबन्धन बनाउन नसक्ने तर अरुले बनाएको गठबन्धन तोड भनेर भन्न मिल्छ? शर्त नम्बर् २-अब बन्ने सरकारको साझा कार्यक्रममा माओबादीको कार्यक्रम् “बढी” झल्किन पर्छ रे? साझा पनि भन्ने फेरि आफ्नो कार्यक्रमको बाहुल्यता खोज्नु यो कस्तो सहमती हो? संयुक्त सरकार भने पछि सरकारको भावी कार्यक्रमनै संयुक्त हुन्छ नि। यति नम्बरको बूंदा यसको, यति नमबर्को बूंदा फलानाको भन्ने हुन्छ? सबै पार्टीले आफ्नो आफ्नो कार्यक्रम् जरुर पेश् गर्लान तर त्यसमा बिचार, मन्थन भएर अन्त्यमा निस्कदा सयुंक्तको भएर निस्कने होइन?
रह्यो तेस्रो शर्त।सरकार ढाल्ने काम दुई बर्षसम्म कसैले गर्न पाउदैन रे। यो झन सबै भन्दा हांसो उठदो शर्त हो।राम्रो काम गरे, सबैलाई समेटेर लान सके सरकार किन ढाल्न पर्यो? सरकारलाई राष्ट्रिय स्वरुप दिने, आफ्नो मैमत्तापन् छोड्ने अनि सरकार टिकि हाल्छ नि। आफ्नो सरकार टिक्ने कुरामा आफैलाई बिश्वास नभएर अन्य दलहरुसंग ग्यारेन्टी खोज्ने यो कस्तो नालायकीपन हो?
एउटा आफ्नै सेना भएको अनि वाइसीएल जस्तो अर्धसैनिक संरचना भएको दललाई सरकारको नेत्रित्व गर्न दिनुछ, उल्टै दुई बर्षको कागज गरेर-के अरु दलहरु सबै लाटा हुन र माओबादीहरु मात्र बाठा हुन्?
दहालको जनसंख्या धेरै भएर हो कि के हो यति वेला जताजतै दहालकै मात्र चर्चा छ त । प्रधानमन्त्री पनि दहाल नै होला जस्तो छ देशको । यता सामान्य दुर्घटनामा पनि जहिँतहिँ दहाल नै । पिडक पनि दहाल, पिडित पनि दहाल । यी तलका दुइवटा समाचार पढ्दा नै थाहा हुन्छ नि जताजतै दहाल ।
—————————————————————-
भद्रपुर नपा-१२ को कालिमन्दिर अगाडि ०६५ साउन ७ गते राति पौने ११ बजे अज्ञात समूहले सुतली बम विष्फोटन गराउँदा एक सर्वसाधारण घाइते भएका छन् ।
रातको समयमा एक्कासि ठूलो आवाजमा विष्फोटनको आवाज सुनिएको स्थानियवासी यज्ञ अधिकारीले बताएका छन् । सोही समयमा कामको सिलसिलामा चन्द्रगढीबाट भद्रपुरतर्फजाँदै गरेका चन्द्रगढी गाविस-६ का २६ वर्षीय विक्रम दहाललाई उक्त सुतली बमको छर्रा लागेर सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय भद्रपुरका र्सइ चर्तुभुज घिमिरेले बताएका छन् । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको उनले बताएका छन् ।
बम कसले र किन विष्फोटन गराएको हो भन्ने कुराको अनुसन्धान भइरहेको भए पनि हालसम्म पत्ता लाग्न नसकेको सई घिमिरेले बताएका छन् ।
——————————————————————-
दमक नपा-१० खरखरेकी सीता दहाललाई ०६५ साउन ८ गते बिहान पति होम दहालले खुकुरीले काटेर हत्या प्रयास गरेका छन् ।
घरायसी वादविवादका कारण लगातार झै-झगडा हुँदै आएकोमा आज पनि उनीहरूबीच बिहान सवेरै विवाद सुरु भएको थियो । त्यसपछि पति दहालले एक्कासि खुकुरी निकालेर प्रहार गरी हत्याको प्रयास गरेका थिए । पीडितको दुवै हात, कम्मर र अनुहारमा गहिरो चोट लागेको र हाल चिन्ताजनक अवस्थामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको तथा पीडक फरार रहेको दमकका असई युवराज बस्नेतले बताएका छन् ।
घटनाको अनुसन्धानको लागि प्रहरीले पीडकका बुबा, आमा र कान्छी पत्नीलाईर् इलाका प्रहरी कार्यालय दमकमा बोलाएर सोधपुछ गरिरहेको बताइएको छ ।
————————————————————————–
नोट : यो व्लगर पनि दहाल नै भए पनि आफ्नो थरको प्रचार गरेको होइन है ।
युरोप र विकिसित देशहरूमा मोबाइलबाट हुने खतराको प्ररिक्षण भएपछि मोबाइल प्रयोगकर्ताको संख्या घटिरहेको छ, तर नेपालमा यसले फेसनको रूप लिइरहेको छ। तर थोरै नेपालीलाई मात्र मोबाइलबाट हुने बेफाइदाको जानकारी छ । विज्ञानको फल सधैंभरि मीठो हुँदैन भन्ने कुरा त अल्बर्ट आइनस्टाइनले आफैं ज्ञानका कारण जीवनको अन्त्यमा पश्चताप गरेको प्रसंगले पुष्टि गर्छ। भर्खरै अष्ट्रियामा गरिएको एक अध्ययनले मोबाइल कति घातक छ भन्ने देखाएको छ। एउटा गाईवस्तु चराउने चौरमा मोबाइलको टावर राखिएको रहेछ। त्यो टावरमुनि गएर बसेका गाईहरू दिनदिनै बिरामी पर्न थालेपछि फार्म मालिकले टावरबाट असर गरेको हो कि होइन भनेर बुझ्नका लागि बिरालो, कुकुर र घोडा लगेर टावरमुनि राख्न थाल्यो। गाईलाई झै ती वस्तुहरूलाई पनि नकारात्मक असर गरेपछि उसले अनुसन्धानकर्तालाई अनुसन्धान गर्न लगायो। अनुसन्धान गर्ने क्रममा वैज्ञानिकहरूले टावरमुनि एउटा कोठा निर्माण गरी टावरको विकिरण सीधै त्यो कोठामा पर्ने गराए र त्यसमा बोइलर कुकुरा उत्पादन गर्न अन्डा राखियो। विकिरणले गर्दा कतिपय अन्डाबाट चल्ला निस्कने, चल्ला उत्पादन भएपछि पनि ती अस्वस्थ रहे र कतिपय स्वस्थ देखिएका कुकुराहरूको मासुमा समेत खतरा देखापर्यो। त्यो कुरा वैज्ञानिकहरूले सरकारलाई जानकारी गराए। तर सरकारले व्यापार घाटामा जाने भएकाले यो कुरालाई गुपचुप राख्ने प्रयास राख्यो। यसको विकिरणले मोबाइल प्रयोग कर्तालाई मात्र नभएर प्रयोग नगर्नेलाई पनि असर गर्छ। मोबाइल फोन गर्दा र उठाउँदा झन् बढी हानिकारक गर्छ। जर्मनी र जापानमा पनि मोबाइलबाट हुने हानिकारकको विषयमा थुप्रै अनुसन्धान भइसकेको छ। जापानमा एउटा रोचक र हानिकारक घटना घटेको थियो। एक व्यक्तिको मोबाइल हराए छ, उसले घरको फोनबाट आफ्नो मोबाइलमा फोन गर्यो। मोबाइल बज्यो कहाँ त भन्दा आफैंले पालेको कुकुरको पेटमा। शल्यक्रिया गरेर उक्त मोबाइल कुकुरको पेटबाट निकालियो, तर यसलाई साधारण प्रकारले मात्र लिइयो। यहाँ साधारण कुरालाई गहिरो रूपमा लिइन्छ, गहिरो कुरालाई साधारण रूपमा लिइन्छ। यसको विकिरणले आँखा, नाक, कान, मुटु, फोक्सो सबैलाई छेडेर यात्रा गर्छ। यो सबैतिर बगिरहेको छ। मैले मोबाइल निस्केदेखि नै यो खतरा छ भनेर भन्दै आएको थिएँ, त्यतिबेला मलाई हास्यपात्र बनाइयो। तर अहिले प्रमाणित भइरहेको छ। जून, तारा, सूर्य, चट्टानलगायतबाट पनि विकिरणहरू आइरहेको हुन्छ। यो प्राकृतिक विकिरण हो , तर कृत्रिम विकिरणले सम्पूर्ण प्राणी र प्रकृतिलाई नकारात्मक असर गर्छ। अहिले पैसाको लोभमा ठूल्ठूला घरमा मोबाइलका टावरहरू राखिएको देख्न पाइन्छ। म बस्ने ठाउँमा पनि एक शिक्षित व्यक्तिले आफ्नो छतमा मोबाइल टावर राखेर गर्व गरिरहेका थिए। अझ उनी विज्ञानका शिक्षक पनि हुन्। यसर परिवार, समाज, छिमेकी सबैलाई दीर्घकालीन असर गर्छ। मोबाइल शारीरिक रूपमा मात्र असर गरेको छैन, यसले विकृतिसमेत ल्याएको छ। आजका युवायुवतीहरू मोबाइल फोनलाई व्यापक रूपमा गलत कुराका लागि प्रयोग गरिरहेका छन्। स्कुल गएका विद्यार्थीहरू मोबाइलमा गेममात्र खेल्ने होइन, अश्लील चलचित्र राख्ने, खिच्नेसमेत गर्न थालेका छन्। अभिभावकहरूले समेत छोराछोरीलाई यस्तो हानिकारक वस्तु दिएर गर्व गर्छन्। हुन त नेपालीहरू क्याबिन र राति डिस्को गएर लथालिंग भएका छोराछेरीहरूप्रति त सचेत छैन। यो त अदृश्य खतरनाक भयो? राज्यले पनि घुस खाएर नेपालमा वेश्यावृत्ति गराइरहेको छ। जनताले थाहा नै नपाएको र फेसनको रूपमा प्रयोग भएको मोबाइलको विषयमा राज्यले सजिलै सोच्ला भन्नु पनि मूर्खता नै हो।
त्यसैले जनता आफैं सचेत हुने बेला आएको छ। अति आवश्यक पर्ने व्यक्तिहरूले बाहेक जथाभावी रूपमा प्रयोग नगर्नका लागि सरकारले बेलैमा सोच्नुपर्छ। पश्चिमी मुलुकबाट विकृति सिक्नमा निकै अगाडि रहेको सरकार यस्ता विषयमा निकै कमजोर देखिन्छ। मोबाइलका अन्य आतंकहरू थुप्रै छन्। यी सबैभन्दा ठूलो आतंक स्वास्थ्यमा परेको छ। विकसित राष्ट्रहरूले स्कुले उमेरका बच्चालाई मोबाइल प्रयोग गर्न वञ्चित लगाउँदै आएका छन्। यहाँ यसले फेसनका रूप लिइरहेको छ। कर र फाइदा हेरेर सरकारले जनताको स्वास्थ्य र समाजमा फैलिने विकृतिलाई मध्यनजर गरेर बेलैमा सचेत हुनुपर्ने हो। मोबाइलले मतिभ्रष्टमात्र गराउँदैन, आध्यात्मिक यात्रामा समेत यसले रोकावट ल्याउँछ। जस्तै, माटोमा बीउ राखेर त्यसमाथि कुनै गह्रौं चिजले थिचिदियो भने त्यो बीउ उमार्न सक्छ त? सक्दैन। त्यस्तै, यसले तेस्रो आँखामा असर गर्छ। तेस्रो नेत्रबाट जुन तरंग ९० डिग्रीमा बसेको हुन्छ। त्यसलाई मोबाइलको विकिरणले खलबलाइदिन्छ। मानिसहरू मानिसक रोगी हुनुमा यसको ठूलो हात छ। मोबाइलमात्र होइन, टिभी, कम्प्युटर, इन्टरनेटलगायतका वस्तुहरू पनि त्यतिकै हानिकारक छन्। त्यसैले यी भौतिक वस्तुहरू अति आवश्यक पर्दामात्र चलाउँदा राम्रो हुन्छ। यसको प्रयोग अत्यधिक गर्नेको मन भड्कने, विचलित हुने, डिप्रेसन हुने, मन मस्तिष्क स्थिर नहुने हुने हुन्छ। त्यसैले यस्तो वस्तुहरूको कम प्रयोग गर्नुपर्छ र मोबाइल टावरहरूलाई मानवबाट टाढा राख्नुपर्ने देखिन्छ। जनतालाई अस्वस्थ बनाएर सरकार धनी हुनु भनेको जाडोमा घरमा आगो लगाएर आगो ताप्नु जस्तै हो।
एक दिनको कुरो हो । कथावाचकले कुनै महत्त्वपूर्ण घटनाको सम्झना गर्नुभो । कास्कीतिरको सिस्लेकबाट गृहमन्त्रीले एक जना अधबैँशेलाई समातेर ल्याए । तिनले मलाई उनको परचिय गराउँदै भने, “यी सज्जन साह्रै उपयोगी मानिस हुन् ।” मैले तिनलाई सोधेँ, “को हौ तिमी ?”
उनले आफूलाई जङ्गलतिर बसेर सिकार खेल्ने मानिस हुँ भनी बताए । प्रत्येक वाक्य बोल्दा बीचबीचमा कुम उचाल्दै, भुँडी भित्र र बाहिर पारेर हाँस्ने तिनलाई मैले सोधेँ, “कति सिकार गर्यौ ?” तिनले भने, “त्यस्तै १२-१५ हजार ।” मैले भनेँ, “तिमी आतङ्ककारी रहेछौ ।” तिनले प्रतिवाद गरे । उनले भने, “म आतङ्ककारी होइन, क्रान्तिकारी हुँ ।”
मैले यस विषयमा धेरै विवाद गरनिँ । भनेँ, “तिमी पक्कै कम्युनिस्ट हुनुपर्छ ।” उनले स्वीकार गर्दै भने, “हो, म मिसावटरहित कम्युनिस्ट हुँ ।” मैले बताएँ, “त्यही भएर त यतिका मानिसको सिकार गर्न सक्यौ ।” त्यसपछि थपेँ, “सच्चा कम्युनिस्ट क्रूर र धूर्त हुन्छन् ।”
ती भुँडी हल्लाएर हाँसे । भने, “गिरिजाबाबु पनि मजाक गर्नुहुन्छ ।”
मैले सोधेँ, “अब के गर्र्छौ ।” तिनले आफ्नो योजना बताए । मैले सोधेँ, “सिकार खेल्न छाड्छौ -” उनले जवाफ दिए, “होइन । सिकारको शैली परविर्तन गर्छु, जङ्गलमा भौँतारिएर सिकार गर्दा ठूलो कष्ट भयो, अब त्यसो गर्दिनँ ।”
“कसको सिकार गर्र्छौ ?” मैले सोधेँ ।
“तपाईंको,” तिनले जवाफ दिए र एकपटक पुनः भुँडी उचालेर हाँसे ।
“ठट्टा नगर !” मैले उनलाई गम्भीर हुन आग्रह गर्दै भनेँ, “बरु यसो गर !”
“कसो ?” तिनले सोधे ।
“पार्टी कार्यालय खडा गर, चुनाव लड र जित्यौ भने मन्त्री बन,” मैले उनलाई सल्लाह दिएँ ।
तिनले भने, “एउटा र्सतमा ।”
मैले सोधेँ, “कुन र्सत ?”
उनले आफ्ना सहयोगीहरूलाई पुनःबासको माग गरे । सरकारले तिनको भरणपोषणको ग्यारेन्टी गर्नुपर्ने बताए । मैले ‘हुन्छ’ भनेँ । उनले आफ्ना थप सहयोगीलाई सत्ता र भत्ताको व्यवस्था गर्नुपर्छ भने । मैले पनि एउटा र्सत राखेँ । भने, “तिमीले मेरो र्समर्थन गर्नुपर्छ ।” सोधेँ, “यहाँ एकथरी कम्युनिस्टले मलाई दुःख दिएका छन्, तिमी अर्कोथरी कम्युनिस्ट थपिएर मलाई अझ अप्ठ्यारो पार्न पाउँदैनौ ।”
ती गम्भीर देखिए । तिनले भने, “तपाईंलाई दुःख दिनेहरू कम्युनिस्ट होइनन्, ती चिप्लेहरू घरी यता चिप्लिन्छन्, घरी उता चिप्लिन्छन्, त्यस्ता चिप्लेलाई हामी ठेगान लगाउँछौँ ।”
मलाई तिनका कुरा सुनेर खुसी लाग्यो । सोचेँ, एउटा कम्युनिस्टका विरुद्ध अर्को कम्युनिस्टलाई घोडा चढाउँछु, म भने कुर्सीमा चढिरहन्छु ।
मैले तिनका हरेक कुरा मानेँ । कालान्तरमा चुनाव भयो, चुनाव हुनुअघि एउटा कुरा भयो । राजा नराख्ने टुङ्गो भयो । चुनावपछि राजाको साटो राष्ट्रपति राख्नुपर्छ भन्ने निधो भयो । चुनावमा दुईथरी कम्युनिस्ट दुईतिर फर्किएर एकअर्कालाई गाली गर्थे, मलाई सञ्चो लाग्थ्यो ।
कम्युनिस्टको भोट काटाकाट हुँदा मलाई फाइदा हुन्छ, चुनाव जितिहालिन्छ भनेर म चुनाव प्रचारमा समेत हिँडिनँ । तर, सोचेजस्तो भएन, मेरातिरका उम्मेदवार सोत्तर भए । तैपनि मैले भनेँ, “मिलेर जानुपर्छ, बाँडेर खानुपर्छ ।” ती मानिस केही बोलेनन् । तिनले भने, “मलाई आतङ्ककारी भन्ने तपाईं होइन ?”
मैले भनेँ, “तिमीलाई जङ्गलबाट बोकाएर सहर पसाउने पनि मै हुँ ।” तिनले भने, “देशमा अशान्ति मच्चाउने भनेर मलाई आरोपित गर्ने तपाइं होइन ?” मैले भनेँ, “शान्तिप्रक्रियामा सामेल गरेर तिमीलाई इज्जत दिलाउने मै हुँ ।” उनलाई हरेक तरहले सम्झाउने कोसिस गरेँ तर तिनले मानेनन् ।
उनले उल्टै भने, “तपाईंले प्रधानमन्त्री छाड्नुपर्छ ।” म केही बोलिनँ । उनले दोहोर्याएर पद छाड्न आग्रह गरेपछि मैले सोधेँ, “तिमीले मलाई के गरेको ?”
“सिकार गरेको !” तिनले आफ्नो मुखाकृतिलाई कठोर बनाएर भने, “तपाईंको सिकार नगरी मेरा भावी योजना सफल हुँदैनन् ।” कुनै बेला तिनले ठट्टा गरेको ठानेको कुरो सत्य सावित होला भन्ने मैले सोचेको थिइनँ । तथापि, मैले भनेँ, “मिलेर जानुपर्छ, बाँडेर खानुपर्छ ।”
उनले आफूलाई मिलेर जाने र बाँडेर खाने कुरामा विश्वास नभएको बताए ।
उनले सोधे, “तपाईंसँग के छ र बाँडेर खानू ?”
मैले भनेँ, “प्रजातन्त्र ।” उनले भने, “त्यो त तपाईंले बेचेर खाइसक्नुभो ।” मैले सोधेँ, “कसलाई बेचेँ ?”
तिनले भने, “मलाई बेचेको बिर्सनुभयो !” अनि, उनले १२ बुँदेदेखि २७ बुँदेसम्मका अनेकथरी कागजमा मैले गरेका सहीछाप देखाए ।
मैले भनेँ, “यो धोका हो, मैले शान्ति प्रक्रियामा तिमीलाई सामेल गर्न गरेका हस्ताक्षरलाई प्रजातन्त्रको बिक्रीनामा भन्न मिल्दैन ।” उनले मानेनन्, तिनले प्रजातन्त्रको लालपुर्जा आफ्नो नाममा आइसकेको जिरह गर्दै भने, “तपाईंसँग अब प्रजातन्त्रको ‘प’समेत बाँकी छैन ।”
म तिनका कथनले आहत भएँ । प्रजातन्त्र मेरो जन्मथलो र कर्मथलो दुवै थियो, यसबेला त्यसको स्वामित्व मसँग थिएन । मैले आफ्नो स्वरलाई यथाशक्य नरम बनाएर भनेँ, “अझै मिलौँ, मसँग राष्ट्रियता बाँकी छ ।”
ती मानिस मेरो कुरा सुनेर तेस्रोपटक भुँडी हल्लाएर हाँसे । अनि सोधे, “राष्ट्रियता बन्धकी राखेर प्रजातन्त्रको छाप्रो हालेको बिर्सनुभो ?”
तिनले मसँग क्रूर प्रश्न गरे, “छिमेकी साहूकहाँ बन्धकी राखेको राष्ट्रियता कसरी तपाईंसँग हुन्छ !”
म केही बोल्न सक्ने अवस्थामा थिइनँ । थकित स्वरमा मैले भनेँ, “ठीकै छ, प्रजातन्त्र तिम्रो जिम्मा भो, राष्ट्रियतासमेत मबाट उम्कियो, एउटा राष्ट्रपतिसम्म मलाई छाड ।”
तिनले भने, “डुँडुलो नै मलाई दिइसक्नुभो, औँलाको लोभ किन गर्नुहुन्छ !” त्यसपछि उनले पुनः भुँडी हल्लाउन थाले । सोच्दैछु, यिनले खूब भुँडी हल्लाए भने म तिनको गिदी हल्लाउनेछु ।
कथा सकिएको छैन ।
(नेपालबाट)












