शुभकाममा विलम्ब नगर्नु

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

- स्वामी आनन्द अरुण

एक समय हेटौंडा औद्योगिक क्षेत्रमा मेरो एउटा प्रोजेक्ट थियो - छाला उद्योग कारखाना । त्यहा ढलान भइरहेको थियो । बीचमा मलाई के आभास भयो भने गोख्लेबाबाले मलाई जोडले सम्झिरहेका छन् । इन्जिनियरले सामान्यतः ढलानको बेलामा साइट छोड्न मिल्दैन । तर त्यो आकर्षा यति सशक्त थियो कि मैले आफ्ना सहयोगीलाई केही समयको लागि मेरो काम हेरिदिन अनुरोध गर्दै म मोटरसाइकल लिई बाबाको आश्रमतिर लागेँ । बाटोमा बाबाको लागि मैले केही खानेकुरा र फलफूल लगेको थिएँ । आश्रम पुगेर के देख्छु भने उनी आफ्ना इष्टदेव दत्तात्रयका अगाडि बडो दुःखी र उदास बसिरहेका छन् । मैले ल्याएको भेटी उनलाई चढाएँ । उनी प्रसन्न भएर भने, ‘म प्रत्येक दिन दत्तात्रय भगवान्लाई केही न कही चढाउछु । आज आश्रममा चढाउने केही पनि भएन र त्यसैले अत्यन्त दुःखी थिए । यसैकारण परमात्माले तपाईंलाई तानेर यहा ल्याइपुर्याए ।’ 

एक दिन त्यस्तै उनीप्रति तीव्र आकर्षा महसुस गरेर म उनको आश्रममा पुगेँ । त्यो बेला पनि उनी गहन समस्यामा परेका रहेछन् । उनलाई झाडापखाला लागेको थियो र अत्यन्त अशक्त भएका थिए । उनी दिसापिसाबका लागि जंगल गएका बेला कुनै निर्दयीले आश्रममा भएका भाँडाकँडा र उनका लुगाफाटा पनि चोरिदिएछ । आश्रम बिल्कुलै रित्तो देखेर मलाई पनि असëय पीडा भयो । सारा संसार छोडेर वनमा एक्लै साधना गर्न गए पनि समस्याले छोड्दैन भन्ने ओशोको कथन याद आयो । सब व्यवहार छोडेर कहीँ एकान्तमा गई तपस्या गर्ने पलायनवादी प्रवृत्ति मभित्र बच्चादेखि थियो । यो घटनाले मलाई राम्रो पाठ दियो । 

उनी पत्रपत्रिका र पुस्तक नपढे पनि आन्तरिक रूपले घटनाहरू महसुस गर्थे । एकपटक म उनीकहा पुग्दा उनले मलाई भने, ‘धेरै आत्माहरूले क्रन्दन गरेको मैले राति सुनेँ ।’ उनले सोधे, ‘संसारमा के कहीँ ठूलो दुघटना त भएन - कतै धेरै मानिसको जीवन कष्टमा त परेको छैन -’ उनका यी प्रश्नले मलाई छक्क पारे । यही राति न्यु मेक्सिको सिटीमा ८.१ रेक्टरको विनाशकारी भुइँचालो गएको र हजारौं मानिस मरेका र अपरिमेय धनजनको क्षति भएको थियो । उनले अगाडि थपे, ‘आपके गुरु तो बडे त्रासदीपूर्ण समय की संकेत अपने प्रवचनो में करते आ रहे है । वह प्रारम्भ हो गया । सारे संसार में बहुत हिंसा, विध्वंस और विपत्ति आनेवाली है ।’ यसले मलाई ओशोका दुइटा अभिव्यक्ति स्मरण भयो । निर्विचार भइसकेको मनले संसारका घटनाको बोध गर्न सक्छ किनभने ती घटनाले सूक्ष्म जगत्मा ठूला हलचल ल्याउछन् । संसारमा कहीँ पनि विपत्ति आवोस् उनीहरूको हृदयमा त्यसप्रति स्वतः सह-अनुभूति -इम्प्याथी) जन्मछ । दोस्रो, हामीले प्रकृतिका साथ धेरै दुर्व्यवहार गरेका छौं, हाम्रो जीवनदर्शन र शैलीमा एक ठूलो परिवर्तन आएन भने विश्वले ठूलो जनधनको क्षति व्यहोर्नु पर्नेछ । मनुष्य चेतनामा यही रूपान्तरणका लागि ओशोले आफ्नो पूरा जीवन समर्पित गरे । 

अन्तिमपटक मेरो गोख्लेबाबासग भेट उनले शरीर छोडनुभन्दा केही दिनअघि मात्र भएको थियो । म पेसागत कार्यको सिलसिलामा गाडी लिई वीरगञ्ज गएको थिएँ । बाटोमा मैले उनको दर्शन गरेको थिएँ । त्यो मेरो उनीसग अन्तिम सत्संग थियो । उनको शरीर कमजोर भए पनि उनी प्रसन्न र प्रफुल्लित देखिन्थे । म रक्सौल गइरहेको छु, आश्रमलाई केही चाहिन्छ कि भनेर मैले सोधँ । उनले मलाई बडो सहजतापूवक भने, ‘मुङको राम्रो दाल पाइयो भने ल्याइदिनु होला ।’ रक्सौलमा मैले उनका लागि मुङको दाल किनेको थिए । मसग अरू इन्जिनियर मित्रहरू पनि थिए, सगै हिँडेको हुनाले बाटोमा ढिलो भयो र हेटौंडा आइपुग्दा रातको १० बजिसकेको थियो । म आश्रमछेउ पुगेँ । वातावरण निःशब्द मौन र चकमन्न थियो । बाबा सुतिसकेका थिए । म दाल पुर्याउन माथि जान खोज्दा मलाई साथीहरूले जंगलको बाटो मध्य राति चढ्न दिएनन् । आज हेटौंडै वास बसौं, भोलि बिहानै बाबाको दर्शन गरेर काठमाडौं जाउला भनेर मैले प्रस्ताव गरँ । साथीहरूले अगाडि नै नारायणघाटमै वास बस्ने तारतम्य मिलाएका रहेछन् । उनीहरू हेटौंडा बस्न मानेनन् । मैले पनि सही निर्णयलिन सकिनँ, लाचारपूवक नारायणघाटतिर लागेँ । धेरै समयसम्म त्यो दालको पोको मसगै रëयो र त्यसले मलाई घचघच्याइरहन्थ्यो । त्यो जोगीको कोसेली उनकै हातमा पुर्याउन पाए हुन्थ्यो भन्ने विचार मनमा उठिरहन्थ्यो । 

त्यसपछि कार्यव्यस्ताताले म केही दिनसम्म हेटौंडा जान सकिनँ । पछि तारतम्य मिलाएर म उनको कोसेली लिई हेटौंडा पुगेँ । तलसडकबाट हेदा नै बाबाको कुटी परित्यक्त र जीर्ण लाग्यो । सडकको किनारमा एक महिला सधैं गिटी कुटिरहेकी भेटिन्थिन्, उनी बाबालाई चिन्थिन् । मैले उनलाई सोधेँ, ‘बाबा कतै बाहिर गएका त छैनन्, माथि नै हुनुहुन्छ -’ उनले भनिन्, ‘ए बाबा बितेको त १५ दिन भइसक्यो ।’ म झस्किएँ । उनी भन्दै थिइन्, ‘अहिले त्यहा कोही बस्दैन । गाउलेहरूले त्यहाका काठपात पनि झिकेर लान थालिसके ।’ यो सुनेर हृदयमा ठूलो अघात भयो । एकछिन म स्तब्ध भए । उनको शान्त र प्रफुल्लित छवि एक टक भई मेरा आखा अघि स्थिर भयो । बाबाबाट पाएको प्रेम, आत्मीयता र यो अनपेक्षित विछोडको सम्मिलित पीडाले मेरा आखा रसाए । केही महिनाअघि उनी यही भएका बेला त्यहासम्म गएर पनि उनलाई नभेटी र उनकै लागि किनेको दालको पोको भेटी चढाउन नसकेकोमा बडो ग्लानि र पश्चात्ताप लागिरëयो ।
म त्यहीँ सडकमा दालको पोको राखी रुन थालेँ । तर जति रोए पनि अब उनको दर्शन सम्भव थिएन । जीवनमा भोलिको कुनै भरोसा नहुदो रहेछ । दान, पुण्य र साधु सत्संगको कार्यलाई कहिल्यै पनि पछि सार्नु हुदोरहेनछ । 

पछि यो सारा वृत्तान्त आफ्ना गुरुलाई सुनाए । गुरुले मलाई ढाडस दिँदै भन्नुभयो, ‘उनको लागि धेरै चिन्ता नगर । उहा मृत्यपूव निर्वाण प्राप्त गरेर जानुभयो । अब उनलाई फेरि यो संसारचक्रमा आउनु पर्दैन ।’ यो सुनेर मेरो उद्वेलित मन केही शान्त भयो । ११८ वर्षो उमेरसम्म वनमा एक्लै निरालम्ब, निराधार कठिन तपस्या गरेको योगीको प्रयास र्व्यर्थ गएनछ । निर्वाणको यस महायात्रामा उनीजस्तै कति अज्ञात साधक तपस्यारत होलान् - तिनको प्रयासलाई नमन । 

 

साइबर सेक्स

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

यसरी नियमन गर्न सकिन्छ

पोर्नोग्राफी (नग्न तस्बिर/चलचित्र)लाई प्रायः अश्लीलतासँग जोडेर हेर्ने गरिन्छ। यौन, यौनिकता र अश्लीलताका मापदण्ड समाज अनुसार अलग-अलग हुन्छन्। त्यसैगरी पोर्नोग्राफीसम्बन्धी कानूनी प्रावधानहरू पनि अलग-अलग छन्। धेरैजसो मुलुकले आंशिक वा कलात्मक हिसाबले तायार पारिने सफ्टकोर पोर्नोग्राफीलाई छुट दिएका छन् भने भद्दा नग्नतालाई दर्शाउने हार्डकोर पोर्नोग्राफीलाई नियमन गरेका छन्।

बेलायतको द अब्सिनिटि ऐक्ट, १९६४ ले व्यक्तिको मस्तिष्कलाई नकारात्मक असर पुर्‍याउने खालका नग्न सामग्रीलाई अश्लील मानेको छ र तिनलाई प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ। अमेरिकी संविधानको दोस्रो संशोधनले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन नपाइने व्यवस्था गरे पनि अदालतले यसलाई सीमाविहीन रूपमा हेरेको छैन। मिलर विरुद्ध क्यालिफोर्निया (१९७२) मुद्दामा अदालतले अश्लीलताका आधारमा मुद्दा चलाउन सक्ने तीन अवस्था प्रस्तुत गरेको छ― उक्त अभिव्यक्ति औसत व्यक्तिको दृष्टिकोणबाट समकालीन समाजको मापदण्ड अनुरुप आसक्ति जगाउने खालको छ कि छैन? त्यस्तो गतिविधि वा वस्तुलाई स्थानीय कानूनले निषेध गरेको छ वा छैन? र, उक्त गतिविधि वा वस्तुले कलात्मक, साहित्यिक, राजनीतिक वा वैज्ञानिक मूल्य राख्छ कि राख्दैन? यी प्रश्नहरूमा नकारात्मक उत्तर आउँछ भने संविधानको दोस्रो संश्ाोधनले संरक्षण नगर्ने निर्णय अमेरिकी अदालतको छ।

साइबर पोर्नोग्राफीलाई नियमन गर्ने कानून सबैभन्दा अघि अमेरिकाले नै ल्याएको हो। सन् १९९६ मा अमेरिकी कङ्ग्रेसले तत्कालीन राष्ट्रपति बिल क्लिन्टन प्रशासनद्वारा प्रस्तुत कम्युनिकेशन डिसेन्सी एक्ट (सीडीए) पारित गरेको थियो। ऐनमा भनिएको थियो, “बालबालिकासम्म पुग्ने गरी प्रसारण गरिएका अश्लील सन्देश तथा समकालीन सामाजिक मापदण्डअनुसार स्पष्ट रूपमा गैरकानूनी हुनेगरी गरिने यौनाङ्गको प्रदर्शन वा यौन गतिविधिको प्रस्तुति निषेध गर्न सकिनेछ।” यद्यपि अदालतले अश्लील सन्देश तथा स्पष्ट रूपमा गैरकानूनी भन्ने शब्दहरू अत्यन्त व्यापक अर्थ दिने खालका भएको व्याख्या गर्दै अभिव्यक्ति स्वतन्त्रता विरोधी भनेर खारेज गर्‍यो। त्यसपछि कङ्ग्रेसले पारित गरेको बालबालिकालाई तात्विक रूपले हानि गर्ने सामग्री प्रसारण माथि प्रतिबन्ध लगाउने अर्को ऐनलाई पनि अदालतले प्रसारणमा रोक लगाउँदा वयस्कहरूको अभिव्यक्ति स्वतन्त्रता हनन् हुनेछ भनेर खारेज गरेको थियो।

अमेरिकाको चिल्ड्रेन्स इन्टरनेट प्रोटेक्सन एक्ट २००२ले मस्तिष्कलाई नकारात्मक असर गर्ने खालको सामग्रीमा बालबालिकाहरूको पहुँच रोक्ने उद्देश्यले आवश्यक प्रविधि अपनाउनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार संघीय अनुदानप्राप्त पुस्तकालयहरूमा अश्लील दृश्य हेर्न तथा चाइल्ड पोर्नोग्राफी हेर्न रोक लगाउने गरी फिल्टर प्रयोग गर्न छुट दिइएको छ, तर अनुसन्धानका लागि भने रोक लगाइएको छैन।

नेपालः कमजोर कानून
नेपालमा पोर्नोग्राफीलाई सम्बोधन गर्ने खासै कानून छैन। यससम्बन्धमा सार्वजनिक अपराध र सजाय सम्बन्धी ऐन, २०२७ आकर्षित हुन्छ, जसले अधिकतम दुई वर्षसम्मको जेल सजाय र सामग्री जफत हुने कानूनी व्यवस्था गरेको छ।
साइबर गतिविधिलाई समेट्ने प्रयास गरेको नेपालको विद्युतीय कारोबार सम्बन्धी ऐन, २०६३ को दफा ४७ ले गैरकानूनी प्रकाशनमा प्रतिबन्ध लगाउँदै कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने तथा यस्तो कसूर पटक-पटक गरेमा अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेव्यवस्था गरेको छ। तर, यो कानूनले स्पष्ट रूपमा अनलाइन पोर्नोग्राफीलाई समेटेको छैन। यसलाई अन्य नेपाल कानूनसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ।

इन्टरनेटमा व्यक्तिले खास मनसाय राखेर कुनै साइट खोलेमा मात्र सम्बन्धित साइटको विषयवस्तु हेर्न सकिने भएका कारण यो अन्य माध्यम भन्दा उदार हुनुपर्छ भन्ने जमात पनि ठूलो छ। तैपनि भिन्नभिन्न स्वरुपमा इन्टरनेटको नियमन हुँदै आइराखेको छ। सामान्यतः इन्टरनेट नियमन गर्ने चार तरिका छन्ः पहिलो तरिका हो प्रशासनिक, जसअनुसार इन्टरनेटको प्रशासनिक प्रक्रिया झ्न्झ्टिलो बनाउने, अधिक कर लिने, अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्ने प्रक्रियाहरू पर्दछन्। अर्को तरिका हो, फिल्टरको प्रयोग। यसअनुसार सम्बन्धित सेवा प्रदायकले सम्बन्धित प्रणालीमै वा सेवाग्राहीको कम्प्युटरमा खास किसिमको सफ्टवेयर प्रयोग गरेर खास किसिमका वेबसाइट वा सूचना रोक्न सक्दछन्। यो अत्यन्त बलियो माध्यम भएपनि यस किसिमको माध्यम प्रयोग गर्दा अन्य आवश्यक सूचना सामग्री समेत रोकिन सक्छन्। इन्टरनेट नियमनको तेस्रो तरिका हो, रेटिङ र लेबलिङ प्रणाली। यसरी वेबसाइटलाई वर्गीकरण गरेर खास किसिमको पेशा, उमेर वा क्षेत्रका व्यक्तिहरूलाई मात्र उपलब्ध गराइन्छ। धेरैजसो पोर्नोग्राफी साइटहरूले यही प्रणाली अपनाएका छन्। नियन्त्रणको अर्को तरिका छ― आत्म नियमन, जसअनुसार प्रयोगकर्ता वा निर्माताले कस्ता विषयवस्तु हेर्ने वा प्रसारण गर्ने आफैं तय गर्छन्। इन्टरनेटका प्रयोगकर्ता यो तरिका अपनाउन मन पराउँछन्।

एनेपालमा इन्टरनेट नियमनको आवश्यकताबारे अत्यन्त कम बहस हुने गरेको छ। हाल केही नेपाली वेबसाइटले मोडलिङ व्यवसाय प्रबर्द्धनका हिसाबले राखेका अश्लिल भन्न सकिने, तर अन्तर्राष्ट्रिय अभ्यासअनुसार सफ्टकोर पोर्नोग्राफीभित्र पनि पर्नसक्ने, फोटोहरूमा विवाद शुरु हुन थालेको छ। ती तस्बिरहरू भद्दा पोर्नोग्राफीभित्र पर्छन् या कलात्मकताको दायरामा आउँछन्, बहसको विषय बनेको छ।

पोर्नोग्राफीका सम्बन्धमा नेपाली समाजको नैतिकता एवं सञ्चारमाध्यम र अनलाइन माध्यमको सन्दर्भ के हो, नेपाली कानून स्पष्ट हुनु जरुरी छ। विद्युतीय कारोबार ऐन, २०६३ यस सन्दर्भमा अत्यन्त विरोधाभासपूर्ण छ। यस ऐन अनुसार अनलाइन पोर्नोग्राफीलाई सार्वजनिक अपराध र सजाय सम्बन्धी ऐन २०२७ नै भिडाउनुपर्ने देखिन्छ, जुन आफैंमा अपुरो र संशोधन गर्नुपर्ने खालको छ।

(अधिवक्ता अर्याल काठमाडौं सेन्टर फर साइबर स्टडिजका अध्यक्ष हुन्।)

——————————————————–
चाइल्ड पोर्नोग्राफी

पोर्नोग्राफीलाई दुई प्रकारमा विभाजन गरिन्छ― वयस्क र चाइल्ड। प्रायः विकसित देशहरूले पहिलो वर्गको विषयवस्तुलाई छुट दिएका र दोस्रो वर्गलाई अत्यन्त कडाइका साथ निषेध गरेका छन्। अमेरिकामा वयस्क पोर्नोग्राफीलाई छुट दिइएको छ भने चाइल्ड पोर्नोग्राफीमाथि कडा नियन्त्रण गरिएको छ।

अमेरिकी कानूनले चाइल्ड पोर्नोग्राफीलाई बालबालिकालाई संलग्न गराई तयार गरिएको यौनजन्य क्रियाकलापको तस्बिर वा चलचित्र उत्पादन तथा वितरण भनी परिभाषित गर्दै सङ्गीन अपराध मानेको छ। न्युयोर्क विरुद्ध फेर्बर (१९८२) मुद्दामा चाइल्ड पोर्नोग्राफीलाई निषेध गर्ने कानूनमा अमेरिकी संविधानको दोस्रो संशोधनको बन्देज लागू नहुने व्याख्या गर्दै अदालतले स्पष्टसँग भनेको छ, “राज्यलाई यौन क्रियाकलापमा बालबालिकालाई संलग्न गराई निर्माण गरिएको सामग्रीमा प्रतिबन्ध लगाउने अधिकार छ।”

(हिमालबाट)
© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in