विश्व म्याराथुन दिवशको अवसरमा भुटानी शरणार्थी र स्थानीयवासीको सहभागिता रहेको दौड अहिले भर्खरै झापाको दमकमा सम्पन्न भएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
(हिजो वेलुका नै पोष्ट गरेको थिएँ मैले यसलाइ, तर यसमा गल्ती भएको कुरा साथी अशोक जीले जानकारी दिनु भएकोले अहिले विहान सच्याएर फेरि पोष्ट गरेको हुँ ।)
सप्तकोशीको भत्किएको बाँधले धेरै नेपालीको जीवन भत्काएको छ । उनीहरुको भविष्य र बर्तमान भत्काएको छ । उनीहरुको वासस्थान भत्काएको छ । र, सम्पूर्ण नेपालीको मन पनि यहि बाँधले भत्काएको छ । अत्यन्त पिडा महशुस गर्दै, जिम्मेवार पक्षले जिम्मेवारी निर्वाह नगर्दा भएको दुर्दान्त पिडाले हृदय विक्षिप्त पारिरहेके थियो, हज्जारौं नेपालीको जस्तै मेरो मन पनि रोइरहेको थियो । धेरै समय त्यहाँ वस्ने स्थिति थिएन । त्यही भएर हामी चार बजेर पाँच मिनट हुँदा त्यहाँबाट फर्कियौं । फर्केर अलिक वर आउँदा कोशीटप्पु वन्य जन्तु आरक्षमा पर्ने स्पर नं. १३६० मर्मत हुँदै थियो । त्यही स्पर भत्कँदा मुख्य बाँध भत्किएको रहेछ ।
अघिल्लो दिनको सल्लाह अनुसार हिजो भदौ १२ गते भाइ राजन गौतम र म सप्तकोशीको बाँध भत्किएर भएको क्षतिको अवलोकन गर्न दिनको ठीक १२:२० बजे यहाँबाट प्रस्थान गर्यौं । १२ बजेदेखि ४ बजेसम्म लोडसेडिङ्ग भएकोले दमकबाट लौकहीसम्म लगभग साठी किलोमिटर बाटोलाई आउन जान अर्ढाई घण्टा र बाँकी समय उक्त क्षेत्रको अवलोकन, दृष्यांकन आदि गर्दा पनि ४ बजे फर्किएर आइपुगिन्छ भन्ने ठानेर हिंडियो ।
अपडेट (बेलुका ८:३५ बजे)
चार दिन देखि अघिदेखी लगातार भएको वाषर्ाका कारण झापाका ग्रामिण सडकहरु जिर्ण बनेपछी यातायात आवागमन बन्द भएको छ ।
पूर्व पश्चिम राजर्माग बाट दक्षिणी गाविसहरु जोड्ने दमक बैगुन्धुरा, केर्खा क्याम्पा हुँदै सरङपाडा, सुरुङ्गा टागन्डुब्बा, दुधे, शिवगञ्ज, गरामुनि जलथल जोड्ने सडकहरु यातायात चल्न सकेका छैनन् । ग्रामिण क्षेत्र जोड्ने सडकहरुमा पर्ने नदि र गहिरो होलीहरुमा पक्कि पुल नभएपछि पानीको वहाप बडेका कारण यातायात अवरुद्ध भएको हो । वर्षार्कै कारण जिल्लाका करिव डेढ दर्जन भन्दा बढी ग्रामिण सडक बन्द हुने गरेका छन । जसका कारण दक्षिणी भेगबाट शदरमुकाम ताथा मुख्य बजारहरुमा मानिसहरुको आवतजावत समेत बन्द हुने गरेको छ । भारी वर्षा भएपछि ग्रामिण क्षेत्रजलमग्न भएका कारण साइकल र रिक्सा समेत सञ्चालन गर्न नसकिएको कुरा शरणमति गाविसका तारा प्रर्साईले जानकारी गराए ।
कटुवा पेस्तोललगायत घरेलु हतियारसहित पश्चिमी इलामको धार्मिक स्थल लारुम्बाट प्रहरीले पाँचजनालाई ०६५ भदौ १२ गते गिरफ्तार गरेको छ । माङ्गेना सेवा समितिले दिएको उजुरीको आधारमा साकफारा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले विहान तीन बजे उनीहरूलाई घरैबाट गिरफ्तार गरेको हो ।
निर्धारित समयमा म उर्मीलाई भेट्न गएँ । उनी मेरै प्रतीक्षा गरिरहेकी रहिछन् । हामीले रेस्टुरेन्टको सट्टा मेरो आफ्नै डेरा जाने निधो गर्यौं र एउटा ट्याक्सी चढेर त्यतै लाग्यौं ।
“उर्मी ! समयको फन्कासँगै घुम्दै जाँदा फेरि भेट भयो । मैले त सपनामा पनि सोचेको थिइनँ, यसरी तिमीसँग अकस्मात् भेट होला भनेर ।” कोठाको चाबी खोलेर हामी भित्र पसिसकेपछि ढोका लगाउँदै मैले भनेँ ।
विश्व म्याराथुन दिवसको अवसरमा झापाको दमकमा हुन लागेको प्रतियोगितामा एक हजार ६ सय जना सहभागि हुने भएका छन् ।
स्पेनको एफसी बार्सिलोना क्लव, शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र कारितास नेपालले आयोजना गर्न लागेको उक्त प्रतिगोगिता आउँदो भदौ पन्ध्र गते हुँदैंछ ।
सप्तकोसी कटानले भारतबाट विधुत् आपूर्ति गर्ने ट्रान्समिसन लाइनमा क्षति पुर्याएपछि बिहीबारदेखि सातै दिन लोडसेडिङ हुने भएको छ। नेपाल विधुत् प्राधिकरणको भार सम्प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले अब हरेक दिन दुईदेखि तीन घन्टासम्म लोडसेडिङ हुने जानकारी दिए।
झापा कोरोवारी १ तुलाचनका होप्ना मर्डी परिवार पक्की पाईखानामा दिशा पिसाव विर्सजन गर्छन् । उनको परिवारले दुइ वर्ष यता पाईखानामा दिशा पिसाव गर्न थालेका हुन् । तर उनी बाहेक सिंगो कोरोवारी गाविसमा पाइखानामा दिशा पिसाव गर्ने सन्थाल एकजना पनि छैनन् ।
संस्था तथा व्यवसाय लिम्बूवान सरकारमा दर्ता गर्न उर्दी, जनजीवन आतङ्कित
अन्य स्रोतबाट, समाचार कुनै प्रतिकृयाहरु छैनन् »पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चद्वारा लिम्बुवान क्षेत्र भित्रका सबै सङ्घ, संस्था तथा पेशा व्यवसाय लिम्बुवान सरकारमा दर्ता गरी सञ्चालन गर्न उर्दी जारी गरेपछि जनजीवन आतङ्कित भएको छ ।