विजुलीको कर्मचारी एकै छिनमा आइपुग्यो । अचम्म पनि लाग्यो आज किन यिनीहरु यति छिटो आए । अरु वेला तीन दिनसम्म धाउँदा धाउँदा बल्ल बल्ल यति पैसा दिन्छु भनेर पहिले नै बोलकबोल नगरी आउँदैन थिए । तर ट्रक ड्राइभरबाट आज मज्जाले झर्ला भन्ने सोचेर हतार हतार आएका रहेछन् । तर ड्राइभर झन खल्ली परेछ । विजुली अफिसको कर्मचारी २ ठाउँभन्दा बढि कालो तार जोड्न मिल्दैन भन्छ । एकठाउँ पहिले नै जोडेको छ । त्यसैले २० मिटर जति तार किन्नु पर्छ भन्छ । ड्राइभर म धेरै तार किन्न सक्दिन भन्छ । बल्ल बल्ल १५ मिटर तार चाहिँ किनिदिएर ड्राइभर त साइड लागेछ । विजुली अफिसका मान्छेलाई बनाएको खर्च भनेर रु. १५० मैले नै दिनु पर्यो । आजको दुइ घण्टा टेन्सनै टेन्सनमा वित्यो ।
Aug 04
आज दिउँसो पौने बाह्र बजेतिर चड्याम्म आवाजका साथ मेरो कोठाको लाइन बन्द भयो । के भएछ भनेर बाहिर गएको विजुलीको तार चुँडिएर भुइंमा झरिरहेको रहेछ । के भएर यस्तो भएछ भनेर बाटोमा गएर हेरेको त एउटा फूलवडी ट्रकले पो तार चुँडाएको रहेछ । विजुली अफिसमा फोन गरें । त्यो ट्रकलाई रोकेर राख्नु होला, बनाउने खर्च उसले व्यहोर्छ भन्यो । ठिकै छ, भनेर मैले ट्रक ड्राइभरलाई त्यहि कुरा गरें, हुन्छ, मान्छे बोलाउनुस् बनाउने खर्च म व्यहोर्छ भन्यो ।
Aug 04
आज थारुहट वन्दको सिलसिलामा दमक र यसका आसपास क्षेत्रमा वन्दको सामान्य असर परेको छ । वजार प्रायः खुलेको छ भने यातायातका साधनहरु अरु दिनको तुलनामा कम्ति चलिरहेका छन् । अव त बन्द नगरे पनि हुन्थ्यो नि तर टेर्ने पो कसले र । बन्दलाई सँधैको लागि बन्द गरौं भनेर धेरै कुरा भए तर सवै कुरैमा सीमित भए । बन्दले ज-जसलाई असर पुग्छ उनीहरु आफैं प्रतिकारमा नउत्रेसम्म हाम्रो देशको चाला यस्तै भइरहला ।