झापाको शिवगंजमा बाढीबाट प्रभावित दुई परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । अन्य तिस परिवारलाई जोगाउन जिल्ला पशासन कार्यालयले तत्कालै तटबन्धन मर्मत गर्न निर्देशन दिएको छ ।
श्यामसुन्दर शशी
२०६५ भदौ ५ गते बिहीबार । कान्तिपुर अरब ब्युरोमा सरुवा भई कतार आएको ठिक्क १ सय ११ दिनपछि एक राजनीतिक कार्यक्रममा सहभागी हुने साइत जुर्यो । त्यो पनि सरकार गठन हुने मुखमा र सरकार प्रमुख चयन भइसकेको माओवादीका दर्ुइ वरिष्ठ नेताहरू सीपी गजुरेल र मातृका यादव सहभागी हुने कार्यक्रममा । मरुभूमिमा पानी परेजस्तै भयो, मेरोलागि । म हुरुक्कै भएको थिए“ । अनेक कोणबाट समाचार बनाउने योजना बनाए“ । तर दर्ुभाग्य, आज मैले जुन ‘एंगल’बाट समाचार बनाउनुपरेको छ, त्योचाहि“ सोचेको पनि थिइन ।
बाके जिल्लाको सदरमुकाम नेपालगन्ज र त्यस वरिपरिका क्षेत्रमा सोमबार साँझ भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ । साँझ ७ बजेर १३ मिनेट जादा आएको भूकम्पको झट्काका कारण नेपालगन्ज बजारका बासिन्दा आतङ्कित भएका थिए । भूकम्पको झट्का महसुस हुन थालेपछि सयौ सर्वसाधारण सडक तथा खाली स्थानमा दौडिएका थिए । करिब १४ सेकेन्डसम्म भूकम्पको झड्का महसुस भएको थियो । बाकेका अन्य सहरी क्षेत्रहरू कोहलपुर, खजुरा र राझामा पनि सयौ सर्वसाधारण घरबाहिर निस्किएका थिए ।