शरणार्थी शिविरमा बम बिस्फोट

शरणार्थी1 प्रतिकृया »

शनिश्चरे गाविस-९ स्थित भुटानी शरणार्थी शिविरमा ०६५ भदौ ९ गते राति ८ बजे सुतली बम बिस्फोट भएको छ । बिस्फोटबाट मानवीय तथा भौतिक क्षति नभएको पथरी प्रहरी चौकीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, शरणार्थी शिविरको सेक्टर नम्बर २१ को बिर्खबहादुर बाँनिया र खड्गबहादुर सुवेदीको घरको बीच भागमा बिस्फोट गराइएको थियो । सो बिस्फोट चार जनाको संख्यामा आएको समूहले गरेको थियो । बिस्फोट शरणार्थीहरूलाई तेस्रो मुलुक पठाउने कार्यको विरोध गर्ने पक्षले गरेको हुनसक्ने सई भीम नेपालीले बताए ।


सेरोफेरो

समाचार, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

झापाको शिवगंजमा बाढीबाट प्रभावित दुई परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । अन्य तिस परिवारलाई जोगाउन जिल्ला पशासन कार्यालयले तत्कालै तटबन्धन मर्मत गर्न निर्देशन दिएको छ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कतारमा पनि वाईसीएल आतंक

अन्य स्रोतबाटकुनै प्रतिकृयाहरु छैनन् »

श्यामसुन्दर शशी

२०६५ भदौ ५ गते बिहीबार । कान्तिपुर अरब ब्युरोमा सरुवा भई कतार आएको ठिक्क १ सय ११ दिनपछि एक राजनीतिक कार्यक्रममा सहभागी हुने साइत जुर्‍यो । त्यो पनि सरकार गठन हुने मुखमा र सरकार प्रमुख चयन भइसकेको माओवादीका दर्ुइ वरिष्ठ नेताहरू सीपी गजुरेल र मातृका यादव सहभागी हुने कार्यक्रममा । मरुभूमिमा पानी परेजस्तै भयो, मेरोलागि । म हुरुक्कै भएको थिए“ । अनेक कोणबाट समाचार बनाउने योजना बनाए“ । तर दर्ुभाग्य, आज मैले जुन ‘एंगल’बाट समाचार बनाउनुपरेको छ, त्योचाहि“ सोचेको पनि थिइन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

नेपालगन्जमा भूकम्प

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

बाके जिल्लाको सदरमुकाम नेपालगन्ज र त्यस वरिपरिका क्षेत्रमा सोमबार साँझ भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ । साँझ ७ बजेर १३ मिनेट जादा आएको भूकम्पको झट्काका कारण नेपालगन्ज बजारका बासिन्दा आतङ्कित भएका थिए । भूकम्पको झट्का महसुस हुन थालेपछि सयौ सर्वसाधारण सडक तथा खाली स्थानमा दौडिएका थिए । करिब १४ सेकेन्डसम्म भूकम्पको झड्का महसुस भएको थियो । बाकेका अन्य सहरी क्षेत्रहरू कोहलपुर, खजुरा र राझामा पनि सयौ सर्वसाधारण घरबाहिर निस्किएका थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कोशीको करामत

फोटो, सप्तकोशी समस्याकुनै प्रतिकृयाहरु छैनन् »

सप्तकोशीको बाँध फुटेपछि जलमग्न भएको गाउँको एउटा घर


सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

झापाको दमकमा जिल्लामै सबैभन्दा बढी ट्राफिक नियम उलंघन हुने स्थानमा पुगेपछि थालेपछि चेकजाँच कडा बनाइएको छ ।
आजबाट राजमार्गमा जनपद प्रहरीको सहयोगमा चेकजाँच कडा पारिएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकमा अर्सइ पल्हाद पोख्रेलले बताए ।
आज दर्जनौ संख्यामा मोटरर्साईकलका चालक कार्वाहीमा परेको उनले बताएका छन् । दमकमा हेल्मेट नलगाउने , तिन जना एउटै मोटरसाइकलमा चड्ने, लाईसेन्स नबोकी हिड्ने क्रम अत्याधिक भएपछि चेकजाँच कडा पारिएको उनले बताए । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आइओएमको काम

शरणार्थी1 प्रतिकृया »

भुटानी शरणार्थीको पुनर्वास सम्बन्धि काम गर्दै आएको अन्तराष्ट्रिय आप्रवास सम्बन्धि संगठन (आइओएम) को काम गर्राई त्रुटीपूर्ण भएको पाइएको छ । संगठनले आफैं पुनर्वासमा योग्य ठहर्राई अमेरिका पठाइसकेको दुइ शरणार्थी परिवारलाई पुन अर्न्तवार्ताका लागि बोलाएपछि यो त्रुटी खुलेको हो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

बस्नेत ४५औं स्थानमा

खेलकुदकुनै प्रतिकृयाहरु छैनन् »

नेपाली धावक अर्जुनबहादुर बस्नेतले आफ्नो प्रदर्शनमा सुधार ल्याउँदै चीनको राजधानी बेइजिङमा आज सम्पन्न हुन गइरहेको २९औ ओलम्पिकको म्याराथनमा ४५औं स्थान प्राप्त गरेका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कोशी बाढीबाट विस्तापितहरुका लागि घर बनाइने

अन्य स्रोतबाट, सप्तकोशी समस्याकुनै प्रतिकृयाहरु छैनन् »

सप्तकोशी नदीबाट विस्थापित भएका पश्चिमी कुशाहा, हरिपुर र श्रीपुर र पश्चिमीसप्तकोशी नदीबाट विस्थापित भएका पश्चिमी कुशाहा, हरिपुर र श्रीपुर र पश्चिमी लौकहीका हजारौ सर्वसाधारणलाई स्थायी बसोबासका लागि सुनसरी प्रशासनले नरसिंह वा भोक्राहको सार्वजनिक जग्गा प्रयोगमा ल्याउने भएको छ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

चार पत्रकारमाथि शिक्षकहरुद्वारा कार्यकक्षमै कुटपिट

अन्य स्रोतबाट, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

पथरी गाविस-१ स्थित पथरी बजारबाट प्रकाशित अनमोलमणि साप्ताहिकका चार जना पत्रकारलाई ०६५ भदौ ७ गते स्थानीय शिक्षकहरुले गलत समाचार लेखेको आरोपमा कुटपिट गरेका छन् । पीडितहरुको स्थानीय मोरङ अस्पतालमा उपचार गरिएको छ । कुटपिटको विरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएका छन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in