Sep 30
नेपालीहरुको महान चाड दशैंले आजदेखि नेपालीहरुको घरदैलोमा विधिवत प्रवेश गरेको छ । आजदेखि नौरथा प्रारम्भ हुन्छ र आजकै दिन जमरा राखिन्छ ।
आजबाट शुरु हुने दशैंको दशौं दिन विजया दशमी हो । उक्त दिन मान्यजनहरुको हातबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरिन्छ । यो दिनलाई असत्यमाथि सत्यको विजयको दिनको रुपमा लिइन्छ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 30
भुटानी शरणार्थीहरुलाई तेश्रो मुलुकमा पुनर्वास गराउँदै आएको अन्तर्राष्ट्रय पुनर्वास संगठन (आइओएम) ले सम्झौता अनुसार काम नगरेको भन्दै पिडित पक्षले सो संगठनको सवारी गुड्न नदिने चेतावनी दिएका छन् ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 29

null
प्रकृतिमा जे जति पनि प्राणी तथा वनस्पतीहरु पाईन्छन् तिनीहरुको आ आफ्नै जाति हुन्छन् । प्रत्येक वनस्पती तथा प्राणीहरुले आ आफ्नै किसीमका प्रतिक्रिया जनाउँदछन् भने प्रत्येक एक अर्का विच परिपक्व सम्वन्ध तथा आश्रित भएको पाईन्छ । प्राणीहरु मध्ये मानिस सवैभन्दा र्सवश्रेष्ठ प्राणी मानिन्छ । मानिसले चाहेमा नहुने भन्ने केहि पनि छैन् भन्ने कुरा सुन्नमा पनि पाईन्छ तर मानिस कति प्रकारका हुन्छन्,एक पटक सोचौं त । अहिलेसम्म जानेको संसारमा मानिस २ जातिको पाईन्छ १ महिला तथा १ पुरुष । जव बच्चाको जन्म हुन्छ त्यो या त छोरी या त छोरा नै जन्मन्छ । विस्तारै पालन पोषणपछि जवान बन्दछन्, जवानी सगैं उसमा कसैको आवश्यकता पर्दछ । नारी भए पुरुष तथा पुरुष भए नारीको ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 28
संसारकै दोश्रो नाटक नेपालमा
संविधासभामा सम्पूर्ण जनताको आवाजलाई संविधानसभाको हलसम्म पुर्याउने उद्देश्यले आरोहण गुरुकुल काठमाण्डौको आयोजनमा कानुनी नाटक झापाको लखनपुरमा प्रदर्शन गरिएको छ ।
गुरुकुलबाट सुरु गरिएको उक्त कानुनी नाटक अथवा कचहरी नाटकलाई झापामा पनि प्रत्यक्ष रुपमा जनतासामु लैजाने जिम्मा पाएको गन्तव्य नाट्य समुहले शनिबार झापाको लखनपुरमा सो नाटक प्रदर्शन गरिएको छ । नाटकका सहभागी दर्शकहरुलाइ अव बन्ने संविधान कस्तो हुनु पर्छ भन्ने बिषयमा प्रत्यक्ष रुपमा यो नाटकमा सहभागी गराउन सकिन्छ । प्रत्यक्ष सहभागी हुन सक्ने सहभागी हुन्छन भने नसक्नेहरुको लागि चिट लेखेर कलाकरहरुलाई दिने गरिन्छ । लेखेको चिट त्यही कलाकारहरुले बाचन समेत गर्दछन् भने त्यो चिटलाई संविधानसभाको हलसम्म पुर्याउनको लागि सुरक्षित राखिने गन्तब्यका साहित्यकार तथा अध्यक्ष प्रकाश आङ्देम्बेले जानकारी दिनु भएको छ । आङदेम्बेका अनुशार दशैको १० दिन पछिदेखि धनकुटामा पनि देखाइनेछ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 28
संघियताको विरोधमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको नेपाल वन्दको प्रभाव दमकमा चाहिँ खासै देखिएको छैन । हुन त लिम्वुवानले बन्दको प्रतिकार गर्ने भन्दै थिए, त्यसैको डरले पनि हो कि - सँधै झैं वाक्लै नभए पनि अरु वन्दको भन्दा चाहिँ धेरै नै गाडीहरु चल्दैछन् आज। पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 28
“प्रत्येक व्यक्तिसँग विचार स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । बिना कुनै हस्तक्षेप मत वा बिचार मान्ने, राख्ने वा ग्रहण गर्ने र कुनै सीमाको बन्देजबिना कुनै पनि माध्यमद्वारा सूचना र विचार खोज्ने, पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ ।”
- मानवअधिकार घोषणापत्रको धारा १९
आजको दिन अर्थात् सेप्टेम्वर २८ को दिन त विश्व थाहा पाउने दिन रहेछ नि ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 27
गतहप्ता इटहरीबाट पैसा बोकेर फर्कदैं गर्दा लुटेराहरुले थापा काजीको साथबाट सत्र लाख रुपैया लुटेका थिए । तिनीहरुलाइ प्रहरीले पक्रिन सफल भएछ । नेपाल प्रहरीलाइ मेरो तर्फबाट धन्यवाद । बाँकी कुरा तलको समाचारबाट ……..
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 27
मेरा प्रिय मित्र तथा यो व्लग चलाउन शुरुदेखि नै समाचार सामग्रीहरु नियमित रुपमा प्रदान गरि सहयोग गरिरहनु भएका कुमार लुइंटेलका पिता श्री घनश्याम लुइंटेलको ५५ वर्षको उमेरमा असमायिक निधन भएको थाहा पाउँदा अत्यन्त दुखित भएको छु । शिक्षण पेशामा रहनु भएका उहाँ दमको रोगबाट पिडित हुनुहुन्थ्यो भने पछिल्ला दिनमा उहाँको फोक्सोमा समस्या देखिएको थियो । उहाँको वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । यस्तो दुर्भाग्यपूर्ण परिस्थितिमा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
Sep 27
शरणार्थी समस्या हलको माग
भूटान युवा संघका अध्यक्ष राजेन गिरीले राष्ट्र संघका सदस्य राष्ट्रहरुको युवा भेलामा शरणार्थी समस्या समाधानका लागि अपिल गरेका छन् ।
न्यूयोर्कमा सम्पन्न उक्त भेलामा उनले भुटानी शासकको वर्वर विभेदकारी व्यवहारका कारण नेपालमा शरण लिन वाध्य १ लाख भन्दा बढि भुटानीलाई घर फर्काउन अन्तराष्ट्रिय समाजले पहल गर्नका लागि अपिल समेत गरेका छन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »