कस्कस्लाई तिर्ने कर………..?

समाचार, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

झापा र मोरङका खोलाबाट गिट्टी तथा बालुवा निकासी गर्दा व्यवसायीहरु दोहोरो कर तिर्न बाध्य छन् ।
झापाको दमक स्थित रतुवा खोलामा जिल्ला विकास समिती इलाम र झापाका ठेक्दारले व्यवसायीसँग दुइ पटकसम्म कर लिने गरेका छन् । उनीहरुले संघीय लिम्बुवान राज्य परिषद सहित अरु संगठनलाई पनि करका नाममा पैसा दिनपर्ने बाध्यता छ ।  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (४)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारीकुनै प्रतिकृयाहरु छैनन् »

त्यस बेलाको टड्कारो अतीतको मीठो सुखद आत्मानुभूति प्रदान गर्ने स्मृतिलाई कसरी भुलूँ म - त्यही अतीतलाई सम्झेर भुटभुटिँदै जिउनु पनि कसरी ? उनी मेरो आस्थाको केन्द्र हुन् तर पनि किन यसरी मेरो मन रूखिँदै छ ? रिस र घृणाले मन चिढिइँदै छ र इर्ष्याले पोल्दै छ । उनले साँच्चैको उपेक्षा नै गरिसकेपछि म बाँच्नु कसरी । फेरि नबाँचेर पनि के गरौं ? आत्महत्या ……… ?? त्यो त झन् निन्दनीय कार्य नै भयो । सन्तानको मुख नहेरी मरियो भने त र्स्वर्ग जाने बाटो पनि पाइँदैन रे । सन्तानको मुख नहेरी आत्महत्या गरेर जुनी-जुनी नर्कमा पर्नुभन्दा त सन्तानको मुख हेरेर मर्न पाए र्स्वर्गको बास हुन्थ्यो होला । सौताकै कोखबाट जन्मेको भए पनि आफ्नै पतिको वीर्यबीजबाट बनेको सन्तानलाई आफ्नो सन्तान भनेर मैले स्वीकार्न सक्नुपर्छ । त्यसैबाट मैले मातृत्वको सुख प्राप्ति गर्न सक्छु । आफू कमजोर भएपछि अर्काको अधीन स्वीकार्नुपर्छ । मैले सन्तानको सुख दिन र भोग्न नपाएपछि सौताको शासन सहनुपर्छ । जेसुकै र जस्तोसुकै परिस्थिति आए पनि सहन सकुन्जेल बाँच्छु नसके मरिदिन्छु । म मरी नै गए पनि मेरो रुने को छ र - फेरि म मरेँ भने कसैले दुःख पाउला कि भन्ने पनि छैन भने दुनियाको बोझ भएर के बाँच्नु त ?”

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in