अहिले सरकारले साइवर क्याफेहरुमा अश्लील (पोर्न) साइटहरु हेर्ने क्रम बढेको भनेर साइवर क्याफेहरुमा कडाइ गर्न थालेको छ । तर यसरी साइवर क्याफेहरुलाइ दुःख दिनु भन्दा त आइ.एस.पी.हरुलाइ त्यस्ता साइटहरु नै बन्द गर्न लगाउनु उचित हुन्छ जस्तो लाग्छ मलाइ त । त्यसै त नेपालमा इन्टरनेटको स्पीड अति नै स्लो छ, त्यहीँ माथि यी अश्लील साइटहरुले गर्दा झनै स्लो भएको छ । हाम्रा आइ.एस.पी.हरुले पोर्न साइटहरु बन्द गरि दिए त म अति खुशी पो हुने थिएँ । मैले मेरो आइ.एस.पी. वर्ल्डलिंकका कर्मचारीहरुलाइ कमसेकम मेरो आइ.पी.मा चाहीँ पोर्न साइट व्लक गरिदिनु भनेर धेरै पल्ट अनुरोध गरि सकें तर उनीहरुको भनाइमा यो सम्भव छैन रे । तर मैले सुनेको चीन लगायत मुस्लीम देशहरुमा पोर्न साइटहरु खुल्दैनन् रे । आइ.एस.पी.हरुले नै खुल्न नसक्ने गरी व्लक गरेका हुन्छन् रे । अरुतिर हुने हाम्रो देशमा चाहिँ किन नहुने भनेर सोध्दा पनि चित्त बुझ्दो जवाफ दिँदैनन् । मैले भनेको मात्र नमानेको हो कि ? अव सरकारले नै भन्यो भने त मान्लान् नि ।
Sep 17
Sep 17
नविल बैंक इटहरीबाट १७ लाख झिकेर आउँदै गर्दा गछियामा लुटेराहरुले कृष्ण थापाबाट सो रकम लुटिएको समाचार त मैले दिउँसै अनलाइन न्यूजहरुमा पढेको थिएँ । तर ती न्यूजहरुमा कुन ठाउँको व्यक्ति हो कृष्ण थापा भन्ने स्पष्ट थिएन कुनैले एक ठाउँको कुनैले अर्को ठाउँको लेखेकाले मैले त्यति वास्ता गरेको थिइन । तर वेलुका एफ.एम.को समाचारमा पो पथरीको व्यापारी कृष्ण थापा हो लुटिने भन्ने थाहा पाएपछि काजी नै हो कि भन्ने शंका लागेर सोधी खोजी गर्दा पो उ नै रहेछ ।