प्रभा दिदीका ३ कविता

अन्य स्रोतबाट, साहित्यिक शुक्रवारकुनै प्रतिकृयाहरु छैनन् »

रित्तो शुभकामना

खै !उन्मुक्त हाँसो तिम्रो अधरमा छैन शायद
त्यसैले के शुभकामना दिॐ तिमीलाई ?
ह्रीदयमा संतापको दियो बालेर
बांची रहेछौ या छातीभरी सन्त्रास बोकेर
फिक्का हाँसो हाँसी रहेछौ /
दशै, तिहारको रमझम
अब त दन्त्यकथा बनी सक्यो
भाईटीकाको आशिष र मान्यजनको
आशिर्वाद इतिहासको अक्षर बनिसक्यो
त्यसैले —मेरा सह्रीदयिहरु हो
मैले चाहेर पनि शुभकामना
दिन सकिन अनी —
मनले चाहेर पनि
रमाइलो चाडको अनुभव पोख्न सकिन
किनकी म,तिमी ,हामी सबै
आफ्नोपन र परम्पराबाट बहिष्क्रीत
बनी रहेछौ /
भावनाले सम्झेर पनि
इछ्या ,आकङ्क्षालाई पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (१२)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारीकुनै प्रतिकृयाहरु छैनन् »

मेरो मनमा पनि एउटा उत्सुकता जागेको थियो उर्मीको त्यो छोरो हेर्न । खै किन-किन साहसै भएन उठेर गङ्गाको पछि लागेर उर्मीको समीप जाने । त्यसैले चुपचाप लागेर कोठामै बसिरहेँ । मनको एउटा कुनामा पापको डर पनि लाग्दै थियो कि क्या हो मुटु एक तमासले ढुकढुक गरिरहेको थियो ।
“उर्मीले आफ्नो पति, सासू, त्यो उनको कर्मघर अनि यो हाम्रो परम्परावादी समाजको जर्जर कुप्रथासँग विद्रोह गर्ने हिम्मत गरिन् र त उनले आज नारीत्वको चरम अभिलाषा, मातृत्वको अतुलनीय सन्तुष्टि र नारीत्वको सार्थकता प्राप्त गरेकी छिन् । उनको चाहना र कामना पूरा भएको छ । उनी मौन भएर पारिवारिक पीडा खपेर बसेकी भए पतिभक्ति नै धर्म हो भन्ने ठानेर बसेकी भए त्यो सुख प्राप्त गर्न सक्थिन् र ? उनकी सौता र मेरी पत्नी गङ्गा नै यस कुराको साक्षी छन् नि । गङ्गा आमा बन्न नसकेको पीडामा खुम्चिएर बसेकी छन् । उनले मातृत्वको सुख भोग्न पाइनन् । त्यसैले उनी उर्मीको अनुहारमा प्रदीप्त भएको मातृत्वको अलौकिक आभालाईर् इर्ष्यापूर्ण दृष्टिले हेरिरहेकी होलिन् । आमा बन्न सक्दिन भन्ने अति तीतो सत्यलाई उनले स्वीकारेकी छन् । त्यसले उनलाई कति धेरै आत्मपीडा दिएको छ त्यो रहस्य मैले बुझेको छु तर पनि म उनलाई कुनै सहयोग गर्न सक्दिन । उनी आफ्नै कमजोरीले गर्दा खुम्चिइन् तर उर्मी अर्काको कमजोरीमा खुम्चिइन विवश भएकी थिइन् । त्यसैले त मैले उनलाई सहयोग गरेँ । यसरी सहयोग गर्दा, खुसी दिँदा त धर्म पो हुनुपर्ने त । मनमा यस्तै कुराहरू सोचिरहेको थिएँ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अशोकबिनाको सृष्टिको तिहार

अन्य स्रोतबाटकुनै प्रतिकृयाहरु छैनन् »

दिदी तिमीलाई तिहारको भाग हीराको औंठी पठाइदिउँला है’ अशोकले यसो भनिरहँदा सृष्टि भट्टराई गौतमको आँखाभरि आँसु उम्रेको थियो, तर त्यो आँसु दु:खको थिएन। आफूभन्दा १६ महिना कान्छो भाइले जिम्मेवारी बोध गरी अमेरिकाबाट पनि उत्तिकै माया गरेको सुनिरहँदा उनको हर्षाश्रु बग्ने गर्दथ्यो।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

तिहारमा दमक बजारका साँझकालिन केही दृष्य

फोटो, भिडियो, संस्कृतिकुनै प्रतिकृयाहरु छैनन् »

खिच्न त हिजो वेलुका पनि धेरैवटा फोटो खिचेको थिएँ तर सवै विगिए, अँध्यारो भएर । आज पनि ४०-५० वटा जति खिचेको, तर काम लाग्ने धेरै भएनन् । यी यहाँ राखेका पनि अरुभन्दा केही राम्रा मात्र हुन् । राती फोटो खिच्ने काम चाहिँ पेशेवर फोटोग्राफरले मात्र राम्ररी गर्न सक्छ होला, मलाई चाहिँ गाह्रै भो वा …………. ।

दमक बजारमा

सव्जी बजारको छेउको दृष्य

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

नेपालीमा कमेन्ट

व्लग सम्वन्धी8 प्रतिकृयाहरु »

साथी अशोक जी र मैले यो व्लग शुरु गर्दा नै सकेसम्म दमकबाट सञ्चालित हुने पूर्ण रुपमा नेपाली भाषाको पहिलो व्लग बनाउने निधो गरेका थियौं । त्यसै अनुरुप पोष्टिङ्ग गर्ने क्रममा नेपाली भाषालाई सकेसम्म प्राथमिकता दिइरहेका छौं । त्यसलाई निरन्तरता दिँदै तीहारको अवसरसँगै आजदेखि हामीले नेपालीमा पनि कमेन्ट लेख्न मिल्ने बनाएका छौं । यदि यहाँहरु नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ भने कमेन्ट लेख्ने वक्समा रोमनमा टाइप गर्नु भएमा आफैं नेपालीमा रुपान्तर हुनेछ । यदि अंग्रेजीमा नै लेख्न चाहनु हुन्छ भने कन्ट्रोल यू (Ctrl + U) गर्नु भएमा अंग्रेजीमा नै लेखिने छ । यहाँहरुलाई हाम्रो यो काम राम्रो या नराम्रो कस्तो लागेको छ कृपया हामीलाई जानकारी दिनु भएमा हामी आभारी हुने थियौं । यसका साथै यो व्लगलाई अझ सुधार गर्नु पर्ने भएमा के कसो गरे राम्रो होला भन्ने सुझावको अपेक्षा समेत राख्दछौं । धन्यवाद ।

दृष्टिविहीनहरुले खेले देउसी

संस्कृति, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

फूलको आँखामा फूलै संसार, काँडाको आखाँमा काँडै संसार…… यहि गीत गाएर सावित्री शर्माले भैलो शुरु गरिन् । साथीहरुले पनि लयमा लय मिलाए । बुधवार झापाको दमकमा देउसी भैलो खेल्न जम्मा भएको सोह्र सदस्यीय यो समूहका लागि संसार यस्तो, उस्तो वा कस्तो छ केही थाहा छैन् । तर उनीहरुलाई मन पर्ने आनि छोइङको यो गीत र यस पटकको तिहारले भने महत्व राख्दछ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दिपावली साँझ

फोटो4 प्रतिकृयाहरु »
दीपावलीको साँझ लोडसेडिङ्ग भए पनि संगम स्वीट्स चाहिँ झिलिमिली नै थियो

दीपावलीको साँझ लोडसेडिङ्ग भए पनि संगम स्वीट्स चाहिँ झिलिमिली नै थियो

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

धम्की पछि मेची अन्चलमा सुरक्षा व्यवस्था कडा

समाचार, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

पल्लो किराँत लिम्बुवान राष्ट्रिय मन्चको धम्की पछि मेची अन्चलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  मन्चले अन्चलका प्राकृतिक स्रोत साधनको निर्यात बन्द गर्ने चेतावनी दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शुभ दीपावलीको शुभकामना

व्यक्तिगत कुरा, संस्कृति2 प्रतिकृयाहरु »


२०६५ सालको शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ, दिदीवहिनी, मित्रवर्ग, शुभेच्छुक, नाताकुटुम्व लगायत सम्पूर्ण नेपाली र नेपाली संस्कृति-परम्परालाई माया र सम्मान गर्नु हुने महानुभावहरुप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

राहदानी वितरण रोकियो

राहदानी अभावका कारण आइतवारदेखि इलाका प्रशासन कार्यालय दमकले राहदानी वितरण कार्य रोकेको छ ।

जिल्लामा नै ४ दिनदेखि राहदानी सकिएकोले इलाका प्रशासन कार्यालयले आइतवारदेखि वितरण रोकेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए ।  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in