सञ्चार ऐक्यवद्धताको नाराका साथ दशैंको उपलक्ष्यमा दमकका दुई एफ एम पाथीभरा र सप्तरगीं बीच आज भएको मैत्रीपूर्ण फूटवल खेलमा पाथीभरा एफएमले विजय हासिल गरेको छ ।
प्रतिस्पर्धात्मक र रोचक बनेको खेलमा पाथीभराले सप्तरंगीलाई ५-२ गौल अन्तरले पराजित गरी विजयश्री हात पारेको हो । पाथीभराका प्रवन्ध निर्देशक राजेन्द्र चौम्लागाई, र सप्तरंगींका प्रवन्ध निर्देशकर् इश्वर सेढाइको नेतृत्वमा रहेका टिमबीच निकै घम्साघम्सी नै परेको थियो । तर पनि पाथीभराको दक्षतापूर्ण प्रस्तुती र मजबुत रक्षा पंक्तिका कारण सप्तरगींको केही सीप चलेन । खेलको उतरार्ध्दमा पाथीभरामाथि दबाब सिर्जना गरेपनि खासै गोल फर्काउन भने सकैन । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Oct 03
Oct 03
यो समयसँग हाम्रा सोचाइ र मनका भावनाहरू किन परिवर्तन हुन सकिरहेका छैनन्, मलाई आर्श्चर्य लाग्छ । हाम्रो बाहिरी अवरणमात्र परिवर्तन भएको छ, भित्री सोचाइ र भाव बदलिन सकेको छैन । केही वर्ष अघिसम्म नारीहरू उचाल्नै नसक्ने गरीको फरियाँ र चोली लगाएर हिँड्नुमा आफ्नो प्रतिष्ठा ठान्थे । अलिपछि गएर नौ हाते सारीमा रमाएका नारीहरू आफ्ना शरीरका अङ्गहरू छोप्नुलाई सौर्न्दर्य मान्थे, तर अहिले जति सकेको अङ्ग प्रदर्शन गर्नुलाई सौर्न्दर्य ठान्छन् । यसरी दिनप्रतिदिन आधुनिकताको नाममा विकृति भित्रिँदैछ तर सोचाइमा परिवर्तन खै त ?
Oct 03

