सडक दुर्घटनामा पत्रकार युवराज घिमिरेको मृत्यु

समाचार1 प्रतिकृया »

झापामा गएराति भएको सडक दुर्घटनामा एकजना पत्रकारको मृत्यु भएको छ । झापाको चारपानेमा पूर्व जाँदै गरेको बा २ ख ७९४ नम्बरको बसको ठक्करबाट मोटरसाइकलमा रहेका पत्रकार युवराज घिमिरेको मृत्यु भएको हो।

विर्तामोठबाट डागिवारी जाने क्रममा पत्रकार घिमिरे दुर्घटनामा पर्नु भएको हो । घिमिरे देशान्तर साप्ताहिकका झापा सम्वाददाता हुनुहुन्थ्यो ।

ठक्कर दिने बसका चालक काजीमान लामा र बसलाई बिर्तामोठ प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

आगलागीमा परी पाँचथरमा तीन बालबालिकाको मृत्यु

पाँचथरको सराङडाँडा- ८ लसुनेमा आइतबार दिउँसो भएको आगलागीमा जलेर तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परी पाँच बर्षकी फरिष्ता आडदेम्बे, साढे तीन बर्षकी सामन्ता आडदेम्बे र साढे दुई बर्षका सुमन आडदेम्बेको मृत्यु भएको हो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in