काम गर्दा गर्दा दिक्क लाग्यो होला त्यसैले यसो अलि अलि घुमेर मुड फ्रेस गरौं न त ।
अस्ती पाडाजुँगीस्थित पाथिभरा सशस्त्र प्रहरी गण अगाडि भएको दुर्घटनामा मृत्यु हुनेको नाममा शिक्षक जीवन कुमार राईकी बुहारी विष्णु माया राईको मृत्यु उपचारको क्रममा सिलिगुढीमा मृत्यु भयो भनेर विभिन्न स्रोतहरुले भनेको, स्थानीय तथा राष्ट्रिय पत्र-पत्रिका तथा एफ एम रेडियोहरुले पनि उक्त कुरा लेखे-भनेको हुनाले मैले पनि सो कुरालाई विश्वास गरेर यहाँ यो व्लगमा प्रकाशित गरेको थिएँ । तर वास्तविकतामा उनको मृत्यु नभएको र हाल प्यारामाउण्ट नर्सिङ्ग होम, सिलिगुढीमा आइ सी यु मा राखेर उपचार भइरहेको कुरा यहाँ जानकारी गराउँदै गलत सूचना प्रवाह गरेकोमा क्षमा याचना गर्दछु ।
दमकलाई बन्द रहित समाज (बन्द निषेधित क्षेत्र होइन रे) बनाउने भनेर दमकमा एउटा संस्था गठन भएको छ जसको नाम राष्ट्रिय एकता मञ्च रहेको छ । यो संस्थामा दमकका सवै पार्टीका प्रतिनिधि रहेका छन् भनिएको छ । लिम्वुवान संघीय परिषदका प्रतिनिधि पनि यसमा छन् रे । तर आज मेची कोशी बन्दको आयोजना लिम्वुवान संघीय परिषदले गर्यो र बन्दको प्रभाव दमकमा पनि परि नै रहेको छ । अस्ति दिल बहादुर बुढाथोकी दाइ, जो मञ्चका अध्यक्ष रहेका छन्, पाथिभरा एफ एममा भन्दै थिए अव दमकमा बन्द हुँदैन । तर पनि आज बन्द छ दमक । यसरी संस्था चाहिँ बनाउने तर संस्थाको उद्देश्यअनुरुप कार्य नगर्ने हो भने यस्ता संस्थाको औचित्य के रह्यो र ? हैन कति सजिलो छ यिनीहरुलाई बन्द गर्न पनि । उनीहरुसँग गरेको पाँच सुत्रिय सहमति कार्यान्वयन भएन भनेर बन्द रे । आज बन्द भन्यो, भन्द भयो, भोलि बन्द भन्यो बन्द भयो । बन्दको विकल्प अरु छैनन् र ? एकदिनको बन्दले कति मान्छेले दुःख पाउँछन् भन्ने कुरा यिनीहरुलाई थाहा छैन कि ? किन वन्दकर्ताहरु मानिसले पाउने अनाहकको दुःखसँग यति वेपर्वाह हुन्छन् हँ ?
“भताभुङ्गे देशको लथालिङ्गे चाला जस-जसले पाउला उस-उसले खाला” यो उखान हाम्रो देशमा राम्रोसँग लागू हुन्छ, शताव्दियौंदेखि भइरहेको छ र यस्तै हो भने आगामी केही शताव्दीहरुसम्म भइनरहला भन्न सकिन्न ।
मैले यहाँ उठाउन खोजेको कुरा के भने यो तलको फोटोलाई हेनुस् न। यहाँ एउटा मृगको फोटो छ, जुन भेडेटारको एउटा होटलमा बाँधेर पालिएको छ । नेपालमा धेरै यस्ता वन्य जन्तु छन् जसलाई घरमा पाल्नु गैरकानुनी मानिन्छ तर भेडेटार जस्तो चहलपहल भइरहने ठाउँमा यसरी सवैले देख्ने गरि मृग पालिएको छ, जुन सम्वन्धित निकायका कर्मचारीहरुले देखेका छैनन् । नदेखेका त पक्कै होइन होला, या त त्यत्तिकै नदेखेजस्तो गरेका हुन् या त देखेर पनि यस्सो अलिअलि नजराना लिएर आँखा चिम्लिएका हुन् ।
पासपोर्ट सकियो
झापामा एक सातादेखि राहदानी वितरण कार्य ठप्प भएको छ । राहदानी कार्ड सकिएका कारण सेवाग्राही समस्यामा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा मौज्दात कार्ड सकिएको छ । यसै गरि दमक स्थित इलाका प्रशासन कार्यालयबाट पनि राहदानी विरतण हुन सकेको छैन । इलाका प्रशासन कार्यालय दमकका प्रमुख गणेश अधिकारीले भोलि काठमाण्डौबाट राहदानी कार्ड आए विरतण सुचारु हुन सक्ने बताउनु भयो ।

हिजो राति भएको दुर्घटनामा मृत्यु हुने मध्ये जीवन राई, तेज कुमारी, सुशील, पूर्ण बहादुर थापा, कृष्ण बहादुर जैरे, पुण्य प्रसाद मिश्र र छवि नेपालको आज दमक – १९ स्थित रमा सामुदायिक वन क्षेत्र रहेको रतुवा खोलामा सामुहिक दाहसंस्कार गरियो । बाँकी रहेका चालकद्वय विकास महत र प्रदीप वस्नेतको शव उनीहरुकै घर क्रमशः वाहुण्डाँगी र शिवगञ्ज पठाइयो भने विष्णुमाया राईको शव भारतको शिलिगुढीबाट आइनपुगेकोले उनको दाहसंस्कार हुन सकेन ।
यहाँ मैले दुर्घटनामा परेका मानिसहरुका केही फोटोहरु राखेको छु । क्षतविक्षत शवहरु तपाईं हेर्न सक्नु हुन्न भने कृपया भित्र नजानु होला ।
शरणार्थी मामिलामा स्थायी कार्यदल आवश्यक
परराष्ट्र मन्त्री उपेन्द्र यादवले भुटानी अधिकारीहरुसँगको भेटमा शरणार्थी बारे कुरा उठाउनासाथ उनीहरुको व्यवहार फेरिने गरेको बताएका छन् ।
आफ्ना कार्यकर्तालाई सम्वोधन गर्न भद्रपुर आएका यादवले शरणार्थी समस्याको न्यायोचित समाधानका लागि नेपाल सँधै तयार रहेको पनि बताए । शरणार्थी प्रतिनिधिसँगको भेटमा मन्त्री यादवले सो कुरा बताएका हुन् ।
अघि अपुष्ट भनेको जीवन राइकी वुहारीको मृत्यु पुष्टी भइसकेको छ । उनको नाम विष्णुमाया राइ हो भने अर्का एकजना छवि नेपालको पनि उपचारकै क्रममा मृत्यु भइसकेको छ । यसरी हिजो बेलुका भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।
त्यस्तै दुर्घटना स्थलमा पुगेर मैले केही फोटोहरु पनि खिचेको छु जुन तल छन् ।
हिजो वेलुका लोडसेडिङ थियो साढे ६ देखि साढे ९ सम्म । काम थिएन त्यसैले खाना खाइसकेर मोवाइलमा एफ एम का च्यानल चेन्ज गर्दै समाचार सुन्दै थिएँ । स्थानीय एफ एमहरुले विविसी प्रसारण गर्दै थिएँ । म झकाएछु, अर्थात् आधा निदाएछुँ । पूरा व्युँझिदा रेडियोबाट टेलिफोन मार्फत कसैको प्रत्यक्ष जानकारी लिएरहेका थियो । विचबाट मात्र मैले सुनेकोले पूरा सुन्न पाइन तर सुन्दै जाँदा सशस्त्र गणका गणपति वालकुमार श्रेष्ठले घटनाको विवरण सुनाइरहेका थिए । म विविसी सुन्दा सुन्दै झकाएकोले विविसीले नै पो लाइभ गर्दैछ कि जस्तो लागेको थियो तर होइन रहेछ, पथिभरा एफ एम पो रहेछ ।
मलाई लाग्दैन म बौलाएको छु भनेर तर पनि खै किन-किन गाउँलेहरू सबैले मलाई बौलाहा नै ठान्न थालेका छन् । कार्यालयमा पनि दुईपल्ट लिखित स्पष्टीकरण बुझाइसकेँ सम्भवतः अबको पालामा त हातमा अवकाश पत्र नै आइपुग्न बेर लाग्दैन । मन चुँडिएपछि उदास बन्दोरहेछ । त्यही उदासीपनले मलाई रुवाइरहन्छ अनि सबै मलाई पागल सम्झन्छन् । भाग्यमानीले देखेर चेत्छ, अभागीले भोगेर चेत्छ भन्छन्, म साँच्चै अभागी रहेछु र त यसरी वियोगको पीडा भोगेर पागलजस्तो भएर भौंतारिनु परेको छ । यो कस्तो विडम्बना ? हामी हिन्दू आर्य समाजका सदस्य र आर्य संस्कृतिका अनुयायी, आर्य संस्कृति प्राचीनकालदेखि नै त्यागजन्य कर्तव्यवादको भावना लिएर हुर्किएकाले त्यही भाव एकप्रकारको संस्कृति नै बनिसकेको छ । कर्तव्य पालनाका लागि आफ्नो सम्पूर्ण धनसम्पति, स्वार्थ र जीवन नै त्याग्न सक्ने महान् दानवीर र त्यागी व्यक्तिको जीवन कथा र इतिहासले भरिएको हाम्रो शास्त्रको अध्ययन र परिवारको प्रेरणाले पनि त्यही कुरा नै सिकायो । पुरुषभन्दा नारीको त्याग र बलिदान बढी भएको शास्त्र अध्ययन वा श्रवणबाट त्यही परम्परालाई निरन्तरता दिँदै हालसम्म हाम्रा हिन्दू नारीहरू अधिकारका लागि लड्न सक्ने अधिकारवादी धारणाको विकासमा जुट्नुको सट्टा कायरतापूर्वक त्याग गर्न नै अघि सर्छन् । मेरी पत्नी गङ्गाले पनि त्यसै गरिन् । ‘आफ्नो कारणले गर्दा आफ्नो पतिको वंश समाप्त नहोस् । म यहीँ बसिरहेँ भने पतिले अर्की स्वास्नी ल्याउन सक्दैनन्, मैले छोडेपछि त बाध्य भएर ल्याउँछन् अर्की पत्नी’ भन्ने सोचेर गङ्गाले एउटा त्याग गरिन् तर खै त उनले सोचेजस्तो गर्न सकेको मैले ?

