सुनसरी र झापामा विहानैदेखि यातायात ठप्प
शसस्त्र प्रहरीले हस्तक्षेप गरी कुटपिट गरेको भन्दै स्थानिय युवाहरुले आज विहानदेखि सुनसरीको दुहवीमा चक्काजाम गरेका कारण कोशी राजमार्गको यातायात बन्द भएको छ । चक्काजामका कारण विराटनगर इटहरीको यातायात सेवा ठप्प भएको छ । गएराती डाँगा चौकमा स्थानिय विनोद न्यौपाने र राजु रौनियार लगायतका युवाहरुको समुहबीच झडप भएको थियो । झडपमा शसस्त्र प्रहरीले छुट्याउने क्रममा न्यौपाने समुहका युवाहरुलाई कुटपिट गरेको भन्दै विहानदेखि चक्काजाम गरेका हुन् । यस्तै झापाको विर्तामोडमा असोज २६ गते ना २ ख ७९४ नम्बरको बसको ठक्करबाट ज्यान गुमाएका पत्रकार युबराज घिमिरेको परिवारलाई राहत नदिएको भन्दै स्थानीयवासीन्दाले चक्काजाम गरेका छन् । चक्काजामका कारण विर्तामोडबाट आवतजावत गर्ने सबै सवारी साधान ठप्प भएका छन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
