Nov 05
ताला खुल्यो
झापाको लखनपुर स्थित मंगलमय माध्यमिक विद्यालयमा गरिएको तालाबन्दी आज खुलाईएको छ ।
संघीय लिम्बुवान राज्य परिषद आबद्ध लिम्बुवान भोलेन्टियर्सले शिक्षक नियुक्तीमा समावेशी नभएको भन्दै अस्ती तालाबन्दी गरेको थियो ।
आज भएको र्सवपक्षिय बैठकले सीमान्तकृत जातिकी पुष्पा ताजपुरियालाई निमावि तहको शिक्षिकामा नियुक्त गर्ने निर्णय गरेपछि तालाबन्दी खुलाइएको भोलेन्टिर्सका झापा अध्यक्ष गणेश लिम्बुले बताउनु भयो ।
अबरुद्ध पठन पाठन आजैबाट सुचारु भएको विद्यालय श्रोतले जनाएको छ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Nov 05
पहिलेदेखि नै सुनेको थिएँ छठको अन्तिम दिन विहान र त्यसको अघिल्लो साँझ रतुवा खोलामा निकै नै रमाइलो हुने गर्छ । त्यसैले मलाई पनि छठ मनाएको हेर्न जान खुव रहर लागेको थियो । छठ मनाएको अर्थात् अस्ताउँदो सूर्यको पूजा गरेको हेर्न आफ्नै व्यस्तताले हिजो साँझ त म जान सकिन तर आज विहान चाहिँ ४ बजे नै उठेर गइयो उदाउँदो सूर्यको पूजा गरेको हेर्न । मलाई त अलिक ढिलै अर्थात् ५ बजेतिर मात्र जान मन लागेको थियो तर नानीहरुले कर गरेर हैरान पारे ।
वेलुकाको फोटोहरु त कुमारजीले खिचेर ल्याउनु नै भएको थियो विहानको फोटो खिच्न चाहिँ मैले क्यामेराबाट पाइन । कुमारजीले फोटो खिचेर ल्याउँदा बेलुकाको लोडसेडिङको टाइम भइसकेको थियो । वेलुका साढेपाँच देखि साढे आठ सम्मको लोडसेडिङले गर्दा बेलुका बेट्री चार्ज गर्न पाइएन । लाइन आएपछि १ घण्टा जति चार्जमा राखेको थिएँ । तर बेलुका को भोल्टेज त्यस्तै हो, चार्ज भयो होला भनेर ढुक्क परेको विहान २-३ वटा पनि नखिची सकिहाल्यो । फोटो नभए पनि केही छैन, मैले मोवाइलबाट अलिकति भिडियो खिचेको छु ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »