कतारमा नेपाली कथानक चलचित्र “सपना हो की विपना” को शुभमुहूर्त

अन्य स्रोतबाटकुनै प्रतिकृयाहरु छैनन् »

कतारमा पनि नेपाली चलचित्रहरुको छायाङ्कन एवं फिल्म निर्माणको क्रम बढिरहेको अवस्थामा फेरी अर्को नेपाली कथानक चलचित्र ‘सपना हो की विपना’ को अक्टोबर २४ शुक्रबार एक कार्यक्रम आयोजना गरी कतारको अलखोर पार्कमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष अमृत गुरुङले नरिवल फुटाई शुभमुहूर्त गरी सुरुवात गरियो ।

कतारमा दुःख पाएका नेपालीहरुको घटनालाई चलचित्रमा उतार्ने र गुरुङको संस्कृतिमा आधारित कथावस्तुलाई समेटेर निर्माण गर्न लागिएको यस चलचित्रको छायाङ्कन २५ प्रतिशत कतारमा र ७५ प्रतिशत छायाङ्कन नेपालको लमजुङ्ग, कास्की, तनहुँ, स्याङ्जा आदि जिल्लाहरुको गुरुङ बस्तीहरुमा गरिने कुरा निर्माता कृष्ण गुरुङले बताउनु भयो ।

भेष गुरुङ, रविन तमू, हर्क तमू, राजन तमू, जितु तमू, द्रोण तमू, कृष्ण तमू, टौमाया तमू आदि कलाकारहरुले कतारको छायाङ्कनमा अभिनय गर्नेछन् । अन्य कलाकारहरु भने नेपालमा निर्णय गरिने कुरा निर्माता भेष तमूले बताउनु भयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दैनिक १४ घण्टासम्म लोडसेडिङ हुने

अन्य स्रोतबाट, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

निरन्तर लोडसेडिङ खेप्न बाध्य नेपाली जनताले सुख्खायाममा दिनको १४ घण्टा लोडसेडिङ भोग्नुपर्ने भएको छ ।

पानीको सतह घट्दै गएको र विद्युतको माग बढ्दै गएकाले मंसिर-पुसमा १० घण्टा र माघ-फागुनमा १४ घण्टाभन्दा बढी लोडसेडिङ हुने भएको हो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in