Nov 12
झापाको गौरीगञ्ज र खजुरगाछीबासीहरु भारतिय डाँकाको त्रासमा बाच्न बाध्य बनेका छन ।
दैनिक रुपमा भारतका बिभिन्न स्थानबाट आउका डाँकाले डकैति गरेर लैजान थालेपछि आजित भएका सर्बसाधारण अहिले बजारमा आएर बसेका छन । भारतको फलबडिया, सनिटा, गलगलिया लगायतका स्थानबाट दैनिक डाँका लागेर आफु आजित भई गौरीगञ्ज बजारमा बसेको खजुरगाछी गाबिसका पूर्वउपाध्यक्ष हृदयराम ठाकुरले बताउनुभयो ।
