नराम्रा नै भए पनि हेरिदिनु होला है

फोटो6 प्रतिकृयाहरु »

यि फोटोहरु मैले आज दमकका दुई अग्ला घरहरुबाट खिचेको हुँ । म जहिले पनि फोटो खिच्न जाँदा एउटा उत्साह लिएर जान्छु तर जव फोटो खिचेर कम्प्युटरमा ल्याएर सार्छु तव मेरा ति सवै उत्साह विलाएर जान्छन् । मैले सोचे जस्तो गरि कहिले पनि मैले खिचेका फोटोहरु आइदिएनन् । या त मेरो क्यामेरा वेकामे भएको हो या त मेरो फोटो खिच्ने सिपमा निखार नआएको हो ।

जे भए पनि मैले धेरै दिनदेखि सप्तरंगी एफ एम भएको मेची भवनको टुप्पोमा गएर फोटो खिच्ने बारेमा सम्झिरहेको थिएँ, तर फुर्सद या त्यस्तै केही नमिलेर ढिलो भइरहेको थियो, आज बल्ल मौका मिल्यो ।

कृपया फोटोहरु नराम्रा भए भनेर गुनासो नगर्नु होला । अनि कुन फोटो कताको हो भनेर मैले यहाँ क्याप्सन पनि लेखिन किनकी त्यो अनुमान गर्ने जिम्मा मैले यहाँहरुलाई नै छोडेको छु । धन्यवाद ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचार, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

मिटर रिडिङ हुन थाल्यो

झापाका दक्षिणी गाविसहरुमा आठ वर्षपछि विद्युत मिटर रिडिङको कार्य शुरु भएको छ । माओवादी द्धन्द शुरु भएपछि वि.स.२०५७ साल देखि दक्षिणी गाविसहरु महाभारा, कोरोवारी, कोहवरा,गौरीगन्ज, शिवगंज लगायत गाविसका सो कार्य ठप्प थियो । विद्युत प्राधिकरणको बोलोचौक उपशाखाका अनुसार एक सातादेखि ती गाविसमा मिटर रिडङ गर्न कर्मचारी खटिएका छन् । त्यस अवधिमा एक हजार मिटर रिडिङ गर्ने कार्य संम्पन्न भएको छ । उपशाखाका कर्मचारी उमेशप्रसाद सिंहले अहिले गाउँमा काम गर्ने वातावरण सहज बनेको बताए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

बन्द, समाचार, साथीको सहयोग्4 प्रतिकृयाहरु »

बन्दलाई बन्द
चाँडै हुन गईरहेको दमक महोत्सवलाई सफल पार्न यस दमकलाई वन्द निषेधित क्षेत्र वनाउन सवैसंग आह्वान गरिएको छ ।
महोत्सवको आयोजक उद्योग वाणिज्य सघ दमकले सो आह्वान् गरेको हो । आगामी पुस १८ देखी २७ गते सम्म हुन गइरहेको महोत्सवमा वढीभन्दा वढी जनसहभागिता गराउने लक्ष्य रहेकाले वन्द हड्तालले यसमा प्रत्यक्ष असर गर्ने भएकाले सो अनुरोध गरिएको जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थीको धर्ना

फोटो, शरणार्थी, साथीको सहयोग्18 प्रतिकृयाहरु »

भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीको पहलका लागि भारतको ध्यानाआकर्षण गर्ने उदेश्यले वेलडाँगी स्थित शरणार्थी शिविरमा मंगलवार धर्ना कार्यक्रमको आयोजना गरिएको छ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

लौ पढ्नोस् ब्लगरका नालीबेली

अन्य स्रोतबाट, व्लग सम्वन्धी3 प्रतिकृयाहरु »

१ कुनै ब्लगर झिसमिसे विहानीमा उठेर शौचालयभित्र छिरेपछि ब्लगमा राख्ने सामाग्रिको बारेमा विचार गर्छन । यस्ता ब्लगरहरु कुनै विषय ड्राफ्टनै नगरी लेख्छन । यता आडियो फुर्या छैन उता पोष्ट गर्न हतार । यस्ता ब्यक्तिका लागि ब्लग लेख्नका लागि कुनै निश्चित समयको प्रतिक्षा हुन्न । शनिवार होस या आइतवार विहान दिउस बेलुका सबै समय समान । अरुले आएर पढुन या नपढुन खुराक पस्कने मुड चलेपछि हाल्नैपर्यो नी । सामग्रिका लागि जत्ति बढि आतुरता हुन्छ त्यत्ति चाडै सामग्रि जुर्छ । यस्ता ब्लगरको अर्को रोगपनि हुन्छ जुन सबै ब्लगरमा हुन्छ आफ्नो नयां सामग्रिरको लिंक टिकाउने । कोही च्याटमा आवोस या नआओस यि महोदय च्याटबोर्डमा लिंक हालेर कुरीरहन्छन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

माइपोखरीको यात्रा

फोटो, यात्रा संस्मरण, साथीको सहयोग्6 प्रतिकृयाहरु »
माइपोखरीको सुन्दरता

माइपोखरीको सुन्दरता

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

अन्य स्रोतबाट, समाचार1 प्रतिकृया »

अन्तु पर्यटन महोत्सव शुरु

ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आजदेखि सातौं अन्तु पर्यटन महोत्सव शुरु हुँदैछ ।
महोत्सवको सोमबार मध्यान्ह संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्नुभयो ।
अन्तु पर्यटन विकास केन्द्रको आयोजनामा हुन लागेको यो महोत्सवमा आन्तरीक तथा वहिर पर्यटनको विकाससँगै इलाम जिल्लाको सुदुर पूर्व गाविसको पुर्वाधार विकास गर्ने उदेश्य रहेको अन्तु महोत्सवका अध्यक्ष धनकुमार आलेले वताउनुभयो ।
सूर्य उदाउदै गरेको देख्न सकिने अन्तु डाँडालाई इलाम जिल्लाको पर्यटकिय केन्द्र वनाउनका लागि यो महोत्सव विगत सात वर्षदेखि निरन्तर हुँदै आएको हो । महोत्सवमा देश विदेश विदेशका पर्यटकको आउने क्रम जारी छ । वस्नको लागि घर घरमा पारिवारीक वतावरणमा पेइङ गेस्टको रुपमा वस्न पाउने व्यावस्था छ । महोत्सव वाहेका दिनहरुमा पनि अन्तु आउने पर्यटकहरुलाई पेइङ गेस्टका रुपमा याहाका ४० वटा घरमा वस्न पाउने अन्तु पर्यटन महोत्सव आयोजक समितीका सदस्य धरणी घिमिरेले वताउनुभयो ।
महोत्सवमा लाप्चा,मगर, तामाङ लगायत विभिन्न जनजातिय झाकि र सस्कृतीहरु प्रदर्शनी हुने वताईएको छ । त्यस्तै कविता गोष्ठी, लोकदोहोरी कार्यक्रम, ढुङ्गा सयर, लगायत अलैची,आलु, अम्लिसो, अर्किड, अकवरेलगायत एघार अ को प्रदर्शनी गरिने छ । महोत्सव आजदेखि सात दिनसम्म चल्ने छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

भुटानी शरणार्थी: अमेरिका पुगे पनि पीडा उस्तै

अन्य स्रोतबाट, शरणार्थी4 प्रतिकृयाहरु »

‘बर्मा गयो, कर्म सँगै…’ भन्ने नेपाली उखान नेपाली भाषी भुटानी शरणार्थीहरूको जीवनमा लागू भइरहेको छ। आफ्नो जन्मभूमिबाट जबरजस्ती लखेटिएर उनीहरू करिब दुई दशकसम्म पूर्वी नेपालका झापा र मोरङका शरणार्थी शिविरमा बसे। उनीहरूले ती शिविरमा जाडोमा विभिन्न प्रकारका शीतलहरहरूबाट पीडित हुनुपर्‍यो भनें गर्मीमा लामखुट्टेजन्य रोगबाट। आफ्नो देश फर्किने उनीहरूको चाहना कहिल्यै पूरा भएन, बरु अमेरिकामा गएर बस्ने सौभाग्य भने जुर्‍यो। तर बर्मा गए पनि कर्म त सँगै जाने भनेजस्तै उनीहरू त्यहाँ पनि यस्तै समस्याहरूसँग जुधिरहेका छन्। प्रस्तुत छ, अमेरिकाको अलामेडास्थित भुटानी शरणार्थी जैन थापाको एक रिपोर्ट: 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

भुटानी राजालाई टेकनाथ रिजालको पत्र

अन्य स्रोतबाट, दस्तावेज, शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

पूर्व श्री ५ महाराजाधिराज जिग्मे सिङ्गे वाङचुक थिम्पु, भुटान ।

सरकार, र्सवप्रथम मौसुफद्वारा राजकुमार जिम्गे गेसार वाङचुकलाई देशको राजशासन सुम्पी राज्य सञ्चालनको अभिभारा बक्सनुभएको सुखद उपलक्ष्यमा मलगायत हामी देशभित्र र बाहिर अति नै दयनीय अवस्थामा छरिएर रहेका सम्पूर्ण भुटानीका तर्फाट हार्दिक बधाई ज्ञापन तथा शुभकामना टक्र्याउँछु ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दुइ धार्मिकस्थलका केही फोटो

फोटो, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »
अर्जुन र उनका गोरु

अर्जुन र उनका गोरु

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in