भूइँ क्लास

शरणार्थी, साथीको सहयोग्3 प्रतिकृयाहरु »

झापाको दमकस्थित वेलडाँगी शरणार्थी शिविरमा रहेका विद्यालयका विद्यार्थीहरु चिसो भूइँमा नै बसेर ठूलो मान्छे बन्ने सपना बुनिरहेका छन् ।
शरणार्थी शिविरभित्रको पञ्चवटी अंग्रेजी स्कूलमा कक्षा ४ देखि ६ सम्म पढाई हुने गरेको छ । कूल १ हजार २ सय ८८ विद्यार्थी रहेको सो विद्यालयमा सबै विद्यार्थी भूइँमा नै बसेर पढ्न बाध्य छन् । शिक्षक वालकृष्ण घिमिरेका अनुसार वर्षायाममा कक्षा सञ्चालन गर्न गाह्रो पर्ने र हिउँदमा पनि चिसो भूइँका कारण दर्जनौ विद्यार्थी बिरामी परेको बताउनुभयो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

असल चाहिँ को छ त कमरेड ?

राजनीति, साथीको सहयोग्1 प्रतिकृया »

हाम्री पर्यटन मन्त्री हिसिला यमी हिजो बुटवलमा गर्जिइन् - अर्थमन्त्री पार्टीका खराव मानिसहरुबाट घेरिएका छन् । चुनावताका गरेका वाचा पूरा गर्न नसकिएको कुरालाई स्पष्टिकरण दिँदै उनले त्यसो भनेकी हुन् । पूरा गर्न नसकिने वाचा गरेपछि अव टाउको जोगाउन बहाना त बनाउनै पर्यो नि हैन र । नत्र अहिले आएर पार्टीका खराव मान्छेले गर्दा यसो गर्न सकिएन उसो गर्न सकिएन भन्नुको कुनै अर्थ छ र ? दुनियाँलाई थाहा थियो कि चुनावताका उनिहरुले गरेका बाचा एउटा पनि पूरा हुनेवाला छैनन् । तै पनि नेपाली जनताले उनीहरुलाई भोट दिए किनकी यिनीहरु सत्तामा गए भने देशमा शान्ति छाउँछ भन्ने झिनो आशा दशौं वर्षसम्म युद्धको आगोमा पिल्सिएर थिलथिलो भएका उनीहरुमा थियो ।कि एउटा भोट देउ कि मर्न तयार होउ भनेर चुनाव जिते । तर अव नेपाली जनताले देखिसके न त माओवादी सरकारमा आएर चुनावताका बाँडेका सपना पूरा गर्न सक्छ न त उनीहरु पूर्णरुपेण शान्तिको बाटोमा आइसके । जंगलमा हुँदाको बन्दुकको धङधङी उनीहरुको बोली र व्यवहारमा स्पष्ट नै देखिन्छ, अझै युद्धोन्माद चरित्रलाई उनीहरुले रुपान्तर गर्न सकेका छैनन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

झन नयाँ

Uncategorized1 प्रतिकृया »

नयाँ नयाँ किर्तिमान बनाउने क्रममा नयाँ नेपालको अर्को ताजा किर्तिमानी महान तथा गौरवशाली निर्णय - हप्ताको ८२ घण्टा लोडसेडिङ्गको नयाँ तालिका यसप्रकार छ ।

खेलकुदमा रमाउँदैछन् शरणार्थी किशोरी

खेलकुद, शरणार्थी, साथीको सहयोग्1 प्रतिकृया »

झापा र मोरङका भुटानी शरणार्थी किशोरीहरु खेलकुदप्रति आर्कषित बनेका छन् । ७ वटा शिविरमा बसोबास गर्दै आएका शरणार्थीहरुको फुटबल र भलिबलमा आर्कषण बढेको पाइएको छ । बिभिन्न दातृ निकायको सहयोगमा शिविरमा सञ्चालित बिभिन्न प्रतियोगितामा महिलाहरु आर्कषित बनेका हुन । शिविरमा २० हजार बढी युवा युवतीहरु रहेका छन । अधिकाशं युवाहरु कराते कुस्ती र अरु रोमान्चक खेलकुदमा सहभागी हुने गरेका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आसको बास

साथीको सहयोग्, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

आईते टुडुको गत वर्ष चैतभरि घरमा गासबास थिएन । झापा गौरीगन्ज ४ भवानीपुरका साथीसंगी बटुल्यो, ढोल बोक्यो हिड्यो सन्थाल नाच देखाउन । खानपान हुने गाउँ पनि घुमिने । यस्तै दिनचर्या थियो उनी र उनका छर छिमेकको पनि । त्यतिका समय नाच नाच्दा उनीहरुले बदलामा न पारिश्रमिक लिए नत ज्याला नै ।
एक टुक्रो जग्गा पाउने आशमा राजनीतिक दलका चुनावी कार्यक्रममा हिंडेका उनी र उनी जस्तै सीमान्तकृत सन्थालहरु आफ्नै जग्गामा बस्न पाइनेमा ढुक्क थिए । तर उनीहरुले जग्गा त पाएनन् नै दिलाई दिन्छु भन्ने नेताको पनि चालचुल हरायो । नेतै हराएपछि उनीहरुले जग्गा पाउने असामा बसेका उनीहरुलाई हिस्स बुढी हरिया दाँत झै भएको छ । यहि कारण सीमान्कृत यी सन्थालले नराम्रोसँग चित्त पनि दुखाएका छन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अझै बन्द

फोटो, बन्द, साथीको सहयोग्5 प्रतिकृयाहरु »

मंगोल नेसनल अर्गनाइजेसनको भातृसंस्था मंगोलीयन युवा मुक्ति सेनाले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै गरेको बन्दका कारण आज मेची अन्चलमा प्रभाव परेको छ ।
बन्दका कारण मेची राजमार्गमा कुनै पनि सबारीका साधनहरु चलेका छैनन भने बजार कलकारखाना, शिक्षण सस्था सुचारु रहेका छन । झापामा निजी नम्बरका सबारी साधनहरु चलेका छन बन्दकर्ताले झापाको बिर्तामोडबाट पश्चिम आउन सबारी साधन चल्न दिएका छैनन । सडकमा प्रहरी पूर्ण रुपमा परिचालन गरिएको छ ।
यसैबिच दमक महोत्सवलाई प्रभाव पर्ने कुनै किसिमको बन्द हड्ताल नगर्ने सहमतिको पालना नगरेको महोत्सव आयोजक दमक उद्योग बाणिज्य संघले जनाएको छ ।


पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी शिविरमा आगोलागी

अन्य स्रोतबाट, शरणार्थी4 प्रतिकृयाहरु »

गोलधाप भुटानी शरणार्थी शिविरमा हिजो शनिवार आगोलागी हुँदा एक घर खरानी भएको छ भने अन्य दुई घर भत्काइएका छन् ।

विहान ११ बजे पूजा गर्न बालिएको दियोबाट सेक्टर डी छाप्रा नम्वर ५१का ओमकान्त दुलालको घरबाट आगोलागी शुरु भएको थियो । आगोलागीबाट दुलालको १०००० रुपैया बरावरको क्षति भएको प्रहरीले बताएको छ । स्थानीयबासी, जनपद र शसस्त्र प्रहरीको संयुक्त प्रयासबाट एकघण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

पूर्वसन्देश

चुनावको अन्तिम परिणाम

शरणार्थी3 प्रतिकृयाहरु »

गत पौष ९ गतेदेखि भुटानी शरणार्थी शिविरमा भएको शिविर सचिवहरुको चुनावको सम्पूर्ण परिणाम आइसकेको छ । उक्त चुनावमा निर्वाचित सातैवटा शिविरका शिविर सचिवहरुको नामावली यसप्रकार छ : पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

१३५ के.जी.को खसी

फोटो, साथीको सहयोग्1 प्रतिकृया »
गौरादह-७ का चिरञ्जीवी बस्नेतले पालेको यो खसीको तौल १३५ के.जी. थियो । उनले यसलाई ४५ हजार रुपैंयामा विक्री गरे । (अहिले बजारमा खसीको मासु प्रति केजी २८० ले विक्री भइरहेको अवस्थामा छ ।)

गौरादह-७ का चिरञ्जीवी बस्नेतले पालेको यो खसीको तौल १३५ के.जी. थियो । उनले यसलाई ४५ हजार रुपैंयामा विक्री गरे । (अहिले बजारमा खसीको मासु प्रति केजी २८० ले विक्री भइरहेको अवस्थामा छ ।)

टिकाराम

सोह्रौं शताव्दीको नयाँ नेपाल जिन्दावाद

राजनीति, साथीको सहयोग्5 प्रतिकृयाहरु »

“हामीले सत्ता कव्जा गरिसकेपछि हामी ढुंगे युगबाट शुरु गर्र्छौं ।” युद्धकालमा माओवादीहरु यसै भन्थे, उनीहरुले पुल भत्काउँदा, टेलिफोन, टेलिभिजन, रेडियोका टावरहरु बमले उडाउँदा अनि सरकारी/सार्वजनिक संरचनाहरु ध्वस्त गर्दा कसैले किन यसो गरेको भनेर सोध्दा । अहिले माओवादी सरकार (अरु पार्टी त रवर स्टाम्प मात्र हुन्)को चालामाला हेर्दा लाग्छ, यिनीहरुले देशलाई साँच्चै नै ढुंगे युगमा लैजान बलवुताले भ्याएसम्म प्रयास गरिरहेका छन् । देशकै इतिहासमा पहिलोपल्ट रेकर्ड व्रेक गरिसकेको छ लोडसेडिङ्गले, अव सायद संसारकै रेकर्ड राख्दैछ २ दिनपछि । किनकी अव दिनमा ४ घण्टा थपिएर १४ घण्टा हुँदैछ रे, सरकारले निकालेको विद्युत संकटकाल सम्वन्धी जानकारीमा यहि कुरा भनेको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in