खाँटी भुटानीपनि अमेरिका तिर

शरणार्थी, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

भीम भण्डारी दुई, तीन वा चार नम्वरका नभई खाँटी भुटानी हुन् । उनी र उनको परिवारलाई नेपाल र भुटानले यस्तो दर्जामा राखेको हो । एक नम्वरमा परेकाहरु भुटानले घर फर्काउन सहमति जनाएका शरणार्थीहरु हुन् । तर दिन वित्यो, हप्ता वित्यो, महिना वित्यो, अनि वर्ष पनि । उनलाई न नेपालले अब घर फर्क भन्यो नत भुटानले नै बोलायो । अन्तत आजित भएका भण्डारीले परिवारै लिएर अमेरिका पो जानुपर्यो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

उपहार राष्ट्रलाई

कला, फोटो3 प्रतिकृयाहरु »

इमान्दारिता, मेहनत र लगनशीलताले नै मानिसलाई समाज, राष्ट्र र अन्तरराष्ट्रिय जगतमा समेत सम्मानित र प्रतिष्ठित बनाउनेमा दुईमत छैन् । समाजमा परिवर्तनको विगुल फुक्न अरुको मुख ताकिरहन पर्दैन । परिवर्तन र योगदान आफैंबाट शुरु गर्ने हो । अझ कसैसँग कुनै सहयोगको अपेक्षा नगरि राष्ट्रलाई केही दिनकै लागि एकजना युवा रातदिन तल्लीन छन् । कसैसँग सहयोगको अपेक्षा नगरेका भएपनि उनको अभियान सहयोग विना असंभवप्रायः छ । स्थानीय व्यक्ति संस्थाहरुले मौखिक रुपमा उनको कामलाई सरह्राना त गरिरहेकै छन् तर लक्ष्य प्राप्तिका लागि आवश्यक पर्ने रकमका लागि अलिकति पनि सहयोग पाएका छैनन् । बरु उल्टै उनलाई लगभग ५ लाख जति ऋण लागिसकेको छ ।

मञ्जुल मितेरी मोरङ उर्लावारीका ती युवाको नामको जो राष्ट्रलाई एक हजार मुर्ति उपहार दिने ध्याउन्नमा छन् । उर्लावारी चौकमै रहेको छ मञ्जुल संग्रहालय । संग्रहालयमा उनले बनाएका साना ठूला सयभन्दा बढि मूर्तिहरु छन् । उनको लक्ष्य छ, विश्व प्रसिद्ध वैज्ञानिक, दार्शनिक, साहित्यकार, राजनीतिज्ञ लगायतका व्यक्तिहरुका एकहजार वटा मूर्ति तयार गरि राष्ट्रलाई उपहार दिने । एउटा मूर्ति उनी चार दिनमा तयार पार्छन् अनवरत खटेर । त्यसै क्रममा अहिलेसम्म उनले ७० वटा मूर्ति तयार पारिसकेका छन् । उनले अझै ९३० वटा मूर्ति बनाउनु छ, उनको लक्ष्य प्राप्तिको लागि अर्थात् राष्ट्रलाई उपहार दिनका लागि । अहिले उनी नेताजी सुवासचन्द्र बोसको अर्धकद मूर्ति बनाउँदैछन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in