भुटानी मानवाधिकारवादीहरुको अपिल

शरणार्थी, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

भुटानी मानवाधिकारको क्षेत्रमा काम गर्दै आएका बिभिन्न संगठनहरुले आज एक संयुक्त अपिल संयुक्त राष्ट्र संघको केन्द्रीय कार्यालयमा पठाएका छन् ।
भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीका लागि पहल गर्न आग्रह गर्दै भुटानी शरणार्थी स्वदेश फिर्ति समितिका अध्यक्ष भम्पा राई, स्वदेश फिर्ति ब्यवस्थापन परिषदका उपाध्यक्ष डिल्लीराम घोर्साई, भुटान मानवअधिकार संगठनका एसपी सुब्बाले अपिल मार्फत यस्तो आग्रह गर्नु भएको हो ।
भुटानमा मानवअधिकारको बहाली गरी सम्मानपूर्वक स्वदेश फिर्न पाउने शरणार्थीहरुको हकको सम्मान गर्न भुटानलाई आग्रह गरिदिन समेत सो अपिलमा भनिएको छ । भुटानका तानाशाहले त्यहाँका नेपाली भाषीलाई १८ बर्षअघि भुटानबाट खेदाएका थिए ।

युवराज

सेरोफेरो

समाचार, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

सुवासलाई सम्मान

बिवाहमा दाइजोको साटो दान गरेर समाजलाई उदहारण प्रस्तुत गरेको भन्दै झापा दमक १० निबासी सुभाषचन्द्र को जोडीलाई आज दमकमा सम्मान गरिएको छ ।
समाजिक न्यायका लागि सञ्चार समुहको आयोजनामा भएको कार्यक्रममा भट्टराई र उहाँकी श्रीमती अर्चना दहाललाई सम्मान गरिएको हो । संबिधान सभाका सभासद् दिपक कार्कीले उहाँहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।
दमकका व्यवसायी भट्टराईले बिवाहमा हुने सम्पूर्ण खर्च कुल ८ लाख ८० हजार रुपैयाँ बिभिन्न संस्थाहरुलाई सामाजिक कार्यका लागि दान गर्नु भएको थियो ।
उहाँहरुले गएको असोज २७ मा बिवाह गर्नु भएको थियो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दुई एफ एम एक समाचार

विचार, समाचार1 प्रतिकृया »

हिजो बेलुका एउटा समाचार सुनियो एफएमहरुबाट, समाचार थियो युथफोर्सले लाहानमा मालपोत अधिकृतलाई कालोमोसो दलेको विषय । मैले पहिले सुनेको एफ एम थियो एउटा स्थानीय एफ एम, जसको समाचार यसप्रकार थियो -

एमाले सम्बद्ध युथ फोर्सले आज लाहानका मालपोत अधिकृत मदनकुमार झालाई कालोमोसो दलेर प्रहरीको जिम्मा लिएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

३ महिनामा उर्लावारी नपा हुने

अन्य स्रोतबाट, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

मोरङको दोश्रो ठूलो सहर भनेर चिनिएको उर्लावारी अवको ३ महिनामा नगरपालिका हुने स्थानिय विकास मन्त्री रामचन्द्र झाले बताएका छन् । गा.वि.स. निरीक्षणको क्रममा उर्लावारी आइपुगेका मन्त्री झाले गा.वि.स. प्रतिनिधिबिच कुरा गर्दै राहदानी पनि उर्लावारीबाटै बाँड्ने योजना बनाइको बताए । मन्त्री झा बुधबार नै मोरङको रंगेली, इटहरा, उर्लावारी र सुनसरीको इटहरी न.पा.को निरीक्षण गरि राजधानी फर्किए ।

पूर्वसन्देशबाट

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in