“हामीले सत्ता कव्जा गरिसकेपछि हामी ढुंगे युगबाट शुरु गर्र्छौं ।” युद्धकालमा माओवादीहरु यसै भन्थे, उनीहरुले पुल भत्काउँदा, टेलिफोन, टेलिभिजन, रेडियोका टावरहरु बमले उडाउँदा अनि सरकारी/सार्वजनिक संरचनाहरु ध्वस्त गर्दा कसैले किन यसो गरेको भनेर सोध्दा । अहिले माओवादी सरकार (अरु पार्टी त रवर स्टाम्प मात्र हुन्)को चालामाला हेर्दा लाग्छ, यिनीहरुले देशलाई साँच्चै नै ढुंगे युगमा लैजान बलवुताले भ्याएसम्म प्रयास गरिरहेका छन् । देशकै इतिहासमा पहिलोपल्ट रेकर्ड व्रेक गरिसकेको छ लोडसेडिङ्गले, अव सायद संसारकै रेकर्ड राख्दैछ २ दिनपछि । किनकी अव दिनमा ४ घण्टा थपिएर १४ घण्टा हुँदैछ रे, सरकारले निकालेको विद्युत संकटकाल सम्वन्धी जानकारीमा यहि कुरा भनेको छ ।
समयचक्र निरन्तर फन्का मारिरहेको थियो । त्यसैक्रममा एक दिन दलित मुक्ति मोर्चाको कार्यक्रम थियो । मलाई पनि अतिथिको रूपमा निम्त्याइएको थियो । त्यसैले त्यस कार्यक्रममा भाग लिन म बजार गएँ । कार्यक्रम स्थलमा पुग्नासाथ म झस्किएँ । त्यहाँ उर्मीको पहिलो प्रेमी सनतसिंह पनि आएका रहेछन् । मलाई देख्नासाथ चिने उनले पनि अनि नमस्कार गरे । हालखबर सोधासोध गरेपछि मैले उनलाई अतीत सम्झाउन र हाम्रो बीचमा भएको औपचारिकतालाई अलि कम गर्न उर्मीको कुरा झिकेँ । ‘सनत भाइ ! तपाईंलाई उर्मीले असाध्यै विश्वास गर्थिन् र पनि एउटा सानो मुटु छेड्ने गरीको पत्र लेखेर छोडी हिँड्नुभएछ । त्यस बेला त्यसरी हिँड्नु पर्यो भन्ने सोचेरै यो आन्दोलनमा लाग्नु भएको हो क्या हो र?’
