समयचक्र निरन्तर फन्का मारिरहेको थियो । त्यसैक्रममा एक दिन दलित मुक्ति मोर्चाको कार्यक्रम थियो । मलाई पनि अतिथिको रूपमा निम्त्याइएको थियो । त्यसैले त्यस कार्यक्रममा भाग लिन म बजार गएँ । कार्यक्रम स्थलमा पुग्नासाथ म झस्किएँ । त्यहाँ उर्मीको पहिलो प्रेमी सनतसिंह पनि आएका रहेछन् । मलाई देख्नासाथ चिने उनले पनि अनि नमस्कार गरे । हालखबर सोधासोध गरेपछि मैले उनलाई अतीत सम्झाउन र हाम्रो बीचमा भएको औपचारिकतालाई अलि कम गर्न उर्मीको कुरा झिकेँ । ‘सनत भाइ ! तपाईंलाई उर्मीले असाध्यै विश्वास गर्थिन् र पनि एउटा सानो मुटु छेड्ने गरीको पत्र लेखेर छोडी हिँड्नुभएछ । त्यस बेला त्यसरी हिँड्नु पर्यो भन्ने सोचेरै यो आन्दोलनमा लाग्नु भएको हो क्या हो र?’
दोषी दण्डित भएको हेर्न चाहन्छन्, सशस्त्र द्वन्द्वपीडित नागरिकहरू
अन्य स्रोतबाट, द्वन्द कुनै प्रतिकृयाहरु छैनन् »ज्ञानेन्द्र खड्का
अघिल्लो दिउँसो सामान्य थियो । दिनभरि बारीमा काम गरेर थकित अवस्थामा घर आइपुग्दा उनको घर माओवादी कार्यकर्ताले ढाकिएको थियो । जिल्लास्तरदेखि लिएर साधरण कार्यकर्तासम्म झण्डै ४० जनाभन्दा बढी माओवादी कार्यकर्ताले उनको घरमा बास मागे । गाउँघरको चलन । साँझ परेपछि बास माग्न आएका व्यक्ति देउतासरह ठानेर उनले सहजै बास बस्न दिए ।
घरमा भएको सिदो पिठो माओवादी कार्यकर्ताले आफैं बनाउनुका साथै उनका परिवारका सदस्यले पनि बनाएर खुवाए । खाना खाएर कोही माओवादी कार्यकर्ता सेन्ट्री बस्न लागे भने भने कोही पालो गर्दै सुत्न लागे । चारैदिशाका गौंडा माओवादी कार्यकर्ताले घेरेर त्यो रात उनको र अन्य छिमेकीका घरमा बिताए । सबै सुतेपछि उनी पनि ओछ्यानमा लागे । अरु रात जस्तो त्यो रात उनलाई निन्द्रा परेन । गाउँका कुकुर पनि निरन्तर भुकिरहेका थिए । छोरा, छोरी र पत्नीसँगै गफ गर्दै सुतेका उनले सायद कुनै अप्रिय सोचेका पनि थिएनन् होला । तर नियती अर्कै रहेछ ।
भुटानी शरणार्थी शिविर, बेलडाँगीमा मार्सल आर्ट सिक्दै शरणार्थी युवायुवती तथा वालवालिकाहरु
१
चिकित्सकको लापरवाहीले सहपाठीको आँखाको ज्योति गुमेको आरोप लगाउँदै बिद्यार्थीहरुले आज झापाको बिर्तामोडमा रहेको मेची आँखा उपचार केन्द्रमा धर्ना दिएका छन् ।
स्थानिय देबि माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले आज अस्पतालमा ३ घण्टा धर्ना दिएका हुन । चिकित्सकले गलत औषधीको प्रयोग गरेका कारण अनारमनी - ३ की अन्जु थापाको देब्रे आँखाको ज्योति गुमेको पिडित परिवारले बताएका छन ।
बिद्यार्थीहरुले २ दिन अघि अस्पतालको मुल ढोकामा लगाएको ताला भने यथावत राखेका छन । तर अस्पतालका प्रशासकिय अधिकृत सुरज रौनियारले औषधीको गलत प्रयोगका कारण आखाँको ज्योति गुमेको बताउनुभयो ।
भुटानी शरणार्थीका सातैवटा शिविरमा आज शिविर व्यवस्थापन समितिको निर्बाचन सम्पन्न भएको छ ।
हिजो बेलडागीँ १,२, ३ र गोलधापमा निर्बाचन सम्पन्न भएको थियो । बाँकी रहेका ३ वटा शिविरमा आज निर्बाचन सम्पन्न भएको हो । आज निर्बाचन सम्पन्न भएका शिविरहरुमा शनिश्चरे, खुदुनाबारी र टिमाई रहेका छन ।
हिजो सम्पन्न निर्बाचनमा बेलडागीँ १, २ र ३ मा क्रमशः टिबी गुरुङ, नारदमणि सन्यासी र ३ मा गणपति अधिकारी निर्बाचित हुनुभएको छ भने गोलधापमा पूर्ण गुरुङ निर्बाचित हुनुभएको हो ।
आज सम्पन्न निर्बाचनको मत गणना जारी रहेको र परिणाम आउन बाकीँ रहेको
शरणार्थी शिविरमै प्रजातन्त्रको अभ्यास, भुटानमा कसरी भयो थाहा छैन
सायद प्रजातन्त्रमा यसरी नै भोट हालिन्छ होला, यसरी नै आफूँले रुचाएका प्रतिनिधि पनि चुनिन्छन् होला - झापा दमक स्थित बेलडाँगी शिविरका भुटानी शरणार्थी वृद्ध नरबहादुर कार्कीले मत खसाल्दै भने - तर हामीले आफ्नै मुलुकमा स्वतन्त्रताको अनुभव गर्न पाएनौं मत हाल्नु त परको कुरा हो । मंगलवार शिविर व्यवस्थापन समितिको निर्वाचनमा मताधिकार प्रयोग गर्न स्थानिय ग्रीनभ्याली विद्यालय पुगेका उनले आफ्नो धोको भुटान फर्केर मताधिकार प्रयोग गर्नु हो भने ।
आक्रमणकारी पक्राउ
झापाको दमक स्थित बेलडाँगी शिविर १ का टिकाराम रसाईलीलाई मध्यरातमा आक्रमण गर्ने एक जना भुटानी शरणार्थीलाई प्रहरीले समातेको छ ।
गएराती १ बजे सेक्टर ए३ का रर्साईलीलाई खुकुरी प्रहार गरि घाईते बनाउने बेलडाँगी २ शिविरका आशिष क्षेत्री पक्राउ परेका हुन् ।
उनले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको स्वीकार गरेको दमक प्रहरीले जनाएको छ । घटनाका मतियार माईत राई, देवी खरेल र कुलबहादुर गुरुङ भने फरार रहेको प्रहरी निरिक्षक गोबिन्दराज काफ्लेले बताए ।




