धन्यवाद नेपाली चेलीहरु

अन्य स्रोतबाट, खेलकुद1 प्रतिकृया »

सोनु खडकाले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेपालले एसीसी यु-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
थाइल्यान्डको चेइन मेइस्थित प्रेम मैदानमा मंगलबार सम्पन्न फाइनलमा नेपालले मलेसियालाई सात विकेटले हराउदै पहिलो अन्तराष्ट्रिय सफलता हात पारेको हो।

देव्रे हाते मध्यम गतिकी वलर सोनुले ३ विकेट लिएपछि टस हारेर व्याटिङ गरेको मलेसिया १६.२ ओभरमा ४५ रनमा समेटिएको थियो। नेपालको सफलतामा रेखा  रावल र केशरी चौधरीले २/२ तथा सीता रानामगर र तृष्णा सिंहले १/१ विकेटको योगदान गरेका थिए।
जवाफमा आएको नेपाली टोलीको तर्फबाट तृष्णाले नौ तथा सीताले ८ रन बनाएपछि १२ ओभरमै तीन विकेट गुमाई नेपालले आवश्यक रन बटुलेको थियो। 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आफ्नै ठाउँको कमाइ

व्यवसाय, साथीको सहयोग्1 प्रतिकृया »

दमक १ की ४३ वर्षिया निरमाया पुलामीले यस वर्षो सर्वोत्कृष्ट राष्ट्रिय घरेलु उद्यमी पुरस्कार पाईन् । उनको मेहनतको कदर गर्दै सरकारले उनलाई सम्मान गर्यो । तर यस अघि नै समाजमा अव्वल दर्जाकी महिलाको उपमा पाएकी उनले हात पारेका दर्जनौ पुरस्कार र सम्मानको फेहरिस्त भने लामो छ । निरमाया भन्छिन्- राम्रो र सफल कामको सम्मान हुने रहेछ । मैले मेहनत नगरेको भए म आजको यो अवस्थासम्म आउने थिइन् ।

आफ्नो ढाका उद्योगमा तानमा बसेर काम गरिरहेकी निरमाया पुलामी ।

आफ्नो ढाका उद्योगमा तानमा बसेर काम गरिरहेकी निरमाया पुलामी ।


पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचार, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

रवि चिसापानी सडक बन्द

स्थानियवासीले दमक रवि चिसापानी सडकमा यातायात बन्द गराएका छन् ।
एक वर्षअघि पिउने पानीको मुहानमा विष हालेको अभियोगमा पक्राउ परेका पूर्ण बहादुर नेम्वाङलाई कार्वाही नगरि छाड्न लागिएको भन्दै इलाम बाँझोका बासिन्दाले आज विहानबाट सो सडकमा यातायात बन्द गराएका हुन् ।
गत २०६४ मंसीर ३ गते बाँझो ९ मा विषाक्त पानी पिउँदा सोही ठाउँका वर्ष ८ का लोकेन्द्रहाङ नेम्वाङ र बुद्धकला नेम्वाङको मृत्यु भएको थियो । घटनामा गाउँका २९ जना विरामी परेका थिए । मुहानमा पूर्ण बहादुरले विष हालेको दाबी गर्दै स्थानियले पक्राउ गरि प्रहरीको जिम्मा लगाएक थिए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

साउदीमा नेपालीको मृत्यु

प्रवास, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

बैदेशिक रोजगारीका क्रममा साउदी अरेविया पुगेका एक नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा महाभरा २ का ३० बषिर्य लय सेडाइ रहेका छन । २ बर्षअघि त्यहाँ पुगेका उनको २ साता अघि कार धुने क्रममा अर्को कारले ठक्कर दिदा उनको मृत्यु भएको हो ।
मृतकको शव ल्याउनका लगि पहल गरी दिन पिडित परिवारले सरकारसँग माग गरेका छन् । सेडाइका १ छोरी र श्रीमती रहेका छन् ।

नक्कली शरणार्थी पक्राउ

शरणार्थी, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

नक्कली भूटानी शरणार्थी बनेर तेस्रो मुलुक पुनर्वासमा जान लागेका ४ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, गोर्खाका शिशिर भट्ट, गुल्मीका विष्णु मगर, पोखराका लालबहादुर पौडेल र सुरेन्द्र पौडेल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

विहे खर्च समाजलाई

अन्य स्रोतबाट, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

विवाह भन्नासाथ कुस्त खर्च र भोजभतेरको छेलोखेलोको कुरो दिमागमा आउला । सकेसम्म बढी खर्च गर्ने आडम्वर र रहर पनि धेरैको मनमा साचिएको हुन्छ ।

तर एउटा नव विवाहित तन्नेरी जोडीले दमकलाई विनाखर्चको विहे गरेर एकपटक दमकको नाम निक्कै टाढासम्म चिनाएको छ । युवा उद्यमी सुवासचन्द्र भट्टराई र बैंककी कर्मचारी अर्चना दहालले विहेमा फजुल खर्च नगरी सवा ७ लाख रुपैयाँ परोपकारी कार्यमा खर्च गरेर पैसाका बलमा प्रतिष्ठा कमानउ सकिन्छ भन्नेहरुलाई घच्चीको जवाफ दिएका छन् ।

शुक्रबार सुवासले दमक जेसिजको मञ्चमा उभिएर दमकमा अनाथ वाल-वृद्धाश्रमका लागि २ लाख ३४ हजार, सरस्वती उच्च मा.वि., दमक-१४ लाई आमा मायादेवीको नाममा १ लाख रुपैंयाको अक्षय कोष खडा गरिदिए । त्यो पैसाको व्याजबाट जेहेन्दार तथा गरिव छात्रछात्रालाई बर्षोनी पुरस्कृत गरिनेछ ।  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

गन्तव्य थिएटर

कला, फोटो, साथीको सहयोग्2 प्रतिकृयाहरु »


रंगमञ्च मार्फत सामाजिक साँस्कृतिक र आत्मिक रुपान्तरण भन्ने मुल नाराका साथ अगाडि बढी रहेको संस्थाको नाम हो गन्तव्य थिएटर । प्रकाश आङ्देम्बेको परिकल्पना, निर्देशन रहेको यसको स्थापना २०६४ सालमा झापाको दमक नगरीमा भएको हो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, साथीको सहयोग्1 प्रतिकृया »

आइओएमको जानकारी

तेस्रो मुलुक पूनर्वास शुरु गरिएपछिको पहिलो वर्षमा आठहजार एकसय ४४ जना भुटानी शरणार्थी तेस्रो मुलुक पूनर्वास गरिएका छन्।
अन्तराष्ट्रिय आप्रवास संस्था आओएमले पूनर्वास गरिएकामध्ये सर्वाधिक सातहजार पाँचसय ४४ जना भुटानी संयुक्त राज्य अमेरिका लगिएका छन्।
यसैगरी अष्ट्रेलियामा तीनसय ९३ जना, न्युजिल्याण्डमा एकसय २९ जना, नेदरल्याण्डमा १७ जना, नर्बेमा २४ जना, क्यानडामा २४ र डेनमार्कमा १३ जना भुटानी शरणार्थी पूनर्वास गरिएका छन्। भुटानी शरणार्थी पूनर्वासको काम सन २००८ को मार्च पहिलो साता शुरु भएको थियो।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अन्तिम नायक

अन्य स्रोतबाट, साहित्यिक शुक्रवारकुनै प्रतिकृयाहरु छैनन् »

कृष्ण शाह यात्री

(पर्दा खुलेपछि रङ्मञ्चको मध्यखण्डमा एउटा ठूलो पिँजडा देखिन्छ । मञ्चको दायाँभागमा ठूलो सेतो स्क्रिन देखिन्छ । जहाँ ब्रम्हान्डका विभिन्न दृश्यचित्रहरू चलिरहेको हुन्छ । बाँयाखण्डमा टुटेफुटेका शालिक, कङ्काल र प्रयोशालामा सामग्रीहरू छरिएका देखिन्छन् । अनौठो आवान सहितम मञ्चमा रङ्गिन धुँवा मडारिन थाल्छ । मञ्चको स्त्रिmनमा एउटा यान उड्दै गरेको दृश्य देखिन्छ । भयानक आवाजसहित त्यो यान नजिक देखिन्छ । एक्कासी अलोक हराउँछ । आलोक देखिँदा मञ्चमा अघिको पर्दामा देखिएको विचित्रको यान देखिन्छ । यानबाट एउटा रोबोट (यन्त्र मानव) निस्कन्छ । रोबोटले एकजना मान्छेलाई घिसार्दै बाहिर निकाल्छ र मध्यभागको पिँजडामा लगेर थुन्छ र अगाडि आउँछ) ।

रोबोटः सूचना सूचना यो शताब्दीको अन्तिम मान्छे फेला परेको सूचना । अन्तिम मान्छेको लिलामी खुला गरिएको छ । सङ्ग्रहालयमा राख्न मिल्ने, पिँजडमा थुनेर घरको सान बढाउन सकिने वा आफूखुशी प्रयोग गर्न सकिने अन्तिम मान्छेको बिक्री खुल्ला गरिएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (१९)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारीकुनै प्रतिकृयाहरु छैनन् »

‘पाँच वर्ष नाघेछ तिमीसँग भेटघाट नभएको । यसबीचमा पत्राचारसम्म पनि भएन । मलाई पत्र लेख्ने हिम्मत तिमीसँग छैन । त्यो बुझेर नै म तिमीले पत्र लेखेनौ भनेर गुनासो गर्दिनँ । मैले पनि लेखिनँ । याद नआएर र फुर्सद नभएर नलेखेको चाहिँ हैन नि ।
हिजोआज म पनि नोकरी गर्न थालेकी छु । एक वर्ष त बिति पनि सकेछ नोकरी थालेको पनि । नन्दको विवाह भएकाले घरमा सासू-ससुरामात्र छन् । मैले उनीहरूको स्याहारचाकर गर्न नभ्याएपछि मैले आफैं गएर मेरी सौता दिदीलाई अनुरोध गरेर बोलाएर ल्याएँ । उनीसँगको सङ्गतपछि थाहा पाएँ उनी बाटो बिराएर यस धर्तीमा जन्मिएकी देवी रहिछिन् । अहिले आफ्नै दिदी-बहिनीभन्दा बढी मेल छ हामीमा । मेले एउटै आँतकी दिदी पाएकी छु । उनको बानीव्यहोरा, चालचलन, धर्मकर्मप्रतिको लगाव, पतिप्रतिको समर्पण र निष्ठालाई देख्दा यस्तो लाग्छ उनी यस संसारकै नमुना हिन्दू नारी हुन् । धर्मशास्त्रले कल्पना गरेको पतिव्रता सतीको नमुना हुन् उनी । त्यस्ती नारीले दुःख पाएको देखेपछि धर्मप्रतिको वितृष्णा झन् बढ्छ ममा । पतिले उनलाई गरेको बेवास्ता, सासू-ससुराले गरेको घृणा देख्दा मलाई यति बिघ्न रिस उठ्छ कि …… खै के भनौं ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in