अन्तराष्ट्रिय आप्रबास संगठन आइओएमले १० महिनाको अबधिमा ९ हजार एक सय ५४ भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनस्थापना गरेको छ ।
गएको २००८ मार्च देखि शुरु भएको पुनस्थापना कार्यक्रम अर्न्तर्गत यो अबधिमा सबै भन्दा बढी अमेरिकामा ८ हजार ३ सय ३२ शरणार्थीहरु पुनस्थापाना भएका छन ।
सन २००९ मा मात्र १८ हजार शरणार्थीहरुलाई तेस्रो मुलुक लैजाने बताइएको छ । संगठनले ७ वटा देशहरुमा पुनस्थापना गर्दै आएको छ ।
युवराज
१
दमक जेसीजको २७ औं पदस्थापन एवं पुरस्कार वितरण कार्यक्रम एक भव्य समारोहका बीच शुक्रबार सम्पन्न भयो ।
शाखाका अध्यक्ष संगम शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति संविधानसभा सदस्य विश्वदिप लिङदेन रहेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आर.वी.थापा, का.का. उपाध्यक्ष सुवासचन्द्र भट्टर्राई र रमेश अधिकारी, उपाध्यक्ष भगवान बस्नेत, कृष्ण कार्की, नरेन्द्र वस्नेत र मुकुन्द उप्रेती, तालिम निर्देशक कृष्ण कटुवाल र जनसर्म्पर्क अधिकारी मैना दहाल, मनोनित महासचिव प्रकाश अधिकारी, पुरस्कार उपसमितिमा पदमराज बराल, कार्यालय व्यवस्थापनमा पवित्रा गौतम, संघसंस्थातर्फसन्तोष अधिकारी, मिडिया कोअर्डिनेटरमा मीना कडरिया, कला साहित्यमा लक्ष्मी प्रसाद रेग्मी, स्वयंसेवकमा पदम निङलेखु, अतिथि सत्कारमा रेगिना भट्टर्राई (प्रर्साईं) आदि रहेका छन् ।
समयको परिवर्तनसँगै धेरै कुराहरू परिवर्तन हुँदै गएका छन्, धेरै परम्पराहरू तोडिएका छन्, सुधारिएका छन् । अब नारीमाथि हुने यस्ता अत्याचार, बन्धन र परतन्त्रका भावहरू पनि सुधारिँदै जालान् भन्ने आशा मनमा सोचेर म खाद्यान्न जुटाउने उद्योगमा लागेँ ।
समयको निरन्तर व्यतीत हुनेक्रम चलिरहन्छ । यो त प्राकृतिक नियम नै हो । त्यही क्रमले हाम्रो बुढ्यौलीलाई डाक्दो रहेछ । कपाल फुल्न थाले, छाला चाउरिन थालेपछि मानिसको मन धर्म-कर्मतिर आकर्षित हुँदो रहेछ । अतीतका पापहरूले दिमागमा घोच्न थालेपछि तीर्थस्थल गएर प्रायश्चित गर्न मन लाग्दो रहेछ । मलाई पनि त्यस्तै हुन थाल्यो । शाखासन्तान कोही पनि नभएको मान्छे, मरेपछि कसैले दागबत्ती र पिण्ड देला कि भन्ने आशा पनि नभएपछि जिउँदो हुँदै, शरीरमा थोरै तागत हुँदै दान, धर्म, तीर्थ, ब्रत गर्न पाए परलोक सुध्रन्थ्यो कि भन्ने आशाले त होला नि मन त्यतातिर आकर्षित भएको ।
महेन्द्र राजमार्गको दमक पाडाजँुगी सडक खण्डमा पर्ने दमक रेडक्रस भवन अगाडी राखेको प्रेशर कुकर बम वुधबार राति सेनाको डिस्पोजल टोलीले निस्कृय पारेको छ ।
सो बमलाई झापाको चारआली स्थित जबरजंग गण दमक सुरक्षा वेस क्याम्पका तालिम प्राप्त सुरक्षाकर्मीले राति १०ः५५ बजे निस्कृय पारेको जवरजंग गणका क्याप्टेन धन बहादुर खड्काले बताए । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
सुध्रिएन सम्बन्ध
गत आईतवार झापाको दमक दिनभर अप्रिय घटना हुने हल्लामा रुमल्लियो । सहकर्मी अपहरण गरेको दाबी गर्दै व्यापारीले आव्हान गरेको बजार बन्दले जनजीवन प्रभावित त बन्यो नै, चौक र गल्लीहरुमा सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लै बनाउनु पर्यो । लिम्बुवान व्यापारी झडप र भीडन्तको हल्लाले स्थानियवासी दिनभर त्रसित र आतंकित नै बने ।
अपहरण गरिएका भनिएका व्यापारी भीमप्रसाद पोख्रेल व्यापारीको एउटा समूह प्रतिकारको लागि स्थानिय औषधि व्यवसायी संघको हलमा छलफल गरिरहँदा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ता आफ्नै कार्यालय दमक १३ अघि नारावाजी गरिरहेका थिए । पक्राउ कार्यकर्ताको रिहाईको माग गर्दै उनीहरुले घरेलु हतियारै लिएर त्यहाँ प्रदर्शन गरे । साँझमा त्यो समूहले तरवार, खुकुरी, रड, धनुकाँड जस्ता हतियार सहित राजमार्गमै आएर नारावाजी गर्यो । त्यस क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक गोविन्दराज काफ्लेको पुत्ला दुई पटकसम्म दहन गरियो ।
रोजगारीको शिलशिलामा साउदी अरव पुगेका इलाम बरबोटे-५ का एक युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
तीन बर्षघि त्यहाँ पुगेका बरबोटेका २७ बषिर्य रुद्र प्रसाद घिमिरेको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको हो परिवारजनले बताएका छन् । मृतकको शव नेपाल ल्याउने तयारी भइरहेको उनका वाबु दाताराम घिमिरेले बताएका छन्् ।
तपाई झापाको विर्तामोड पुग्नु भएको छ ? छैन र पुग्ने योजना छ ? त्यहाँ पुगेर केमा बसेर यात्रा गर्ने ? पक्कै रिक्सा चढ्ने सोच्दै हुनुहुन्छ ? उसो भए विचार गरेर मात्र चढ्नु होला, एक्लै यात्रा गर्ने हो भने दोब्बर दस्तुरमा परिएला नि !
१
विष मिसाएको पानी पिएर मृत्यु भएका भनिएकमा इलाम बाँझोस्थित लारुम्वामा बसोबास गर्ने परिवारका सदस्यले सोमबार इलाममा मौन जुलुस प्रदर्शन गरेका छन् ।
इलामको टुँडिखेलबाट शुरु भएको विरोध जुलुस इलाम बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै पिडितहरुले भिसेरा रिपोर्ट खारेज गर्नु पर्ने, दोषीलाई कार्वाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।
एक बर्षअगाडि खानेपानीको मुहानमा विष मिसाएका कारण एकै परिवारका दुईको मृत्यु भएको थियो ।
भुटानी राजाद्वारा घोषित प्रजातन्त्र अर्थहीन रहेको र यसले भुटानी नागरिकमा खासै परिवर्तन नहुने शरणार्थी नेताहरुले बताएका छन् ।
झापाको विर्तामोडमा भुटानी पिपुल्स पार्टी सम्वद्ध युथ अर्गनाइजेसन अफ भुटानको १७ औं स्थापना दिवसमा नेताहरुले सो कुरा बताएका हुन् ।

