१
दमकमा शुरु भएको दमक महोत्सवमा हिजोसम्म ९० हजार दर्शकहरुले अबलोकन गरेका छन ।
पुस १८ देखि शुरु भएको पुर्वाञ्चल औद्योगिक व्यापार एवं पर्यटन कृषि मेलाको नाम दिइएको सो महोत्सवमा उक्त सख्यामा दर्शकहरु आएका हुन ।
राष्ट्रिय स्तरका कलाकारहरुले महोत्सवमा अनफ्नो प्रदर्शन गरेकाले दर्शकहरुको सख्या बृद्धि भएको आयोजक समितिका महासचिव शंकर बस्नेतले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गरेको उक्त महोत्सवमा आदिबासी जनजातिहरुले आफ्नो मौलिक पहिचान सहितका स्टलहरु पनि राखेका छन् भने भुटानी शरणार्थीहरुले आफ्नो कला कौशल प्रस्तुत गर्न समेत स्टल राखेका छन ।
“पहिले उनीहरुले एउटा छोरो हामीसँग पठाउ भने, मैले पठाउँदिन भने, त्यसपछि तिमी हाम्रो पार्टीमा लाग भने, त्यो पनि हुन्न भनें मैले । त्यसपछि उनीहरुले ज्यानको माया छ भने हामीले मागेजति रकम देउ भने । मैले ज्यान जोगाउनकै लागि भए पनि उनीहरुले मागेजति पैसा दिनै पर्यो । उनीहरुले पटक पटक गरेर मबाट पाँचलाख रुपैयाँ लगे । मसँग भएको सवै पैसा सकियो, त्यसपछि मेरा दुईवटा पसल थिए, ती लुटे र अन्त्यमा मेरो घरखेत कव्जा गरे । मसँग भएको सवै सम्पत्ति सकिसकेको थियो, त्यसपछि म ज्यान जोगाउन भागेर नेपालगञ्ज पुगें र अहिले यहाँ वनकालीको धर्मशालामा विस्थापित हुन आइपुगेको छु ।” माओवादीको अत्याचारबाट श्रीसम्पति गुमाएका रोल्पाका एक वृद्ध व्यक्तिको आँखाभरि आँसुसहितको यो बयान कान्तिपुर टिभीको कान्तिपुर आजमा हिजो राती प्रशारण भइरहँदा मेरा आँखा पनि टल्पलाइरहेका थिए ।