झापामा बर्डफ्लु, हाँस-कुखुरा मार्न निर्देशन

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

सरकारले झापाको काकडभिट्टा क्षेत्रमा बर्डफ्लुको भेटिएको भन्दै तीन किलोमिटर क्षेत्र आसपासका सवै हाँस-कुखुरा र पंक्षीजन्य पदार्थ नष्ट गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज अपरान्ह वसेको आकस्मिक वैठकले मेचिनगर नगरपालिकाको वाड न १० लाई प्रभावित क्षेत्र घोषणा गर्दै नौ किलोमिटर आसपासका क्षेत्रमा नियन्त्रणका लागि उपाय अवलम्वन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

खेल्दै निराशा भुल्दै

खेलकुद, फोटो, शरणार्थी1 प्रतिकृया »

कृष्णा सुवेदी फुटवल खेल्छीन् । खेलकुदमा लागेको तीन वर्ष भयो । उनको खेल कौशलको प्रशंसा झापा र मोरङभरि सुन्न पाईन्छ । शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरकी यी खेलाडीले पर्ढाई सँगैसँगै खेलकुदमा मेहनत गरेकोले नै प्रशंसा र स्यावासी बटुल्न सकेकी हुन् ।
बेलडाँगी शिविरकी अनु बुडाथोकीको दैनिकी विद्यालय जानु र फुर्सद हुँदा फुटवलमा रमाउनु हो । उनले भनिन्-सानैदेखि खेल्ने इच्छा थियो । तर एक वर्षयता भने सोचे जस्तै भएको छ । भरपर्दो प्रशिक्षण र चाहिएजति खेलकुदका सामाग्री पाएपछि राम्रो खेल्न सकेकी हुँ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (२३)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारीकुनै प्रतिकृयाहरु छैनन् »

मैले रित्तो सपना बोकेर उराठ र निरस जिन्दगी बिताउन थालेको दुई दशक भयो । हेर्दाहेर्दै आकास माझबाट हराएको ताराजस्तै बिलाएर गइन् गङ्गा मेरो जीवनबाट । उनको अनुपस्थितिमा एकदम गुह्रुङ्गो अस्तित्व लिएर म बाँचिरहेँ । उनीले छोडेपछि मेरो यो घर र यो कोठाको मादकता र वसन्त नै हरायो । गङ्गाको स्थान ओगट्न सक्ने अर्की महिलालाई पत्नी बनाउने र पुनः अर्को दाम्पत्य जीवन बिताउने हिम्मत पनि ममा आएन । त्यसैले आफ्ना विगतका सारा सुरम्य घटनाहरू, सोचाइहरू, उज्याला रातहरू र हँसिला र सुखद क्षण तथा साथहरू सबैलाई धमिल्याएर छोपेँ, बिर्सन खोजेँ । पीडा र बेवास्ता तथा लापरवाहीको थुप्रोभित्र ओझल पारिदिन खोजेँ र केही हदसम्म आफू सफल भएजस्तो पनि लागिरहेछ । अहिले मलाई गङ्गाको त्यति सम्झना आउँदैन । उर्मीलाई सम्झनुको त झन् कुनै औचित्य नै देख्दिनँ । उनलाई त मैले सम्झदै नसम्झिए पनि हुन्छ तर……… खै किन हो उनैलाई चाहिँ भुल्न सकिरहेको छुइनँ । उनी मेरो अज्ञात छोराकी आमा हुन् भनेर उनलाई भुल्न नसकेको पनि होइन । उनीले बेलाबेलामा पठाउने पत्रकै कारणले हो उनीलाई मैले पूर्ण रूपले भुल्न नसकेको ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in