सभाध्यक्षको क्षेत्रमा सिटामोल नै छैन ।

समाचार, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

बिच गाउँमा पहेलो रंगले पोतेको चार कोठे एउटा पक्की भवन छ । त्यो भवनका चारै कोठामा ताला झुण्डिइएको लतातार साठी दिनभन्दा बढी नै बित्यो । ती बन्द कोठाभित्र मान्छेको ज्यानै बचाउने सरकारी औषधीको म्याद कटिरहेको छ ।तर दुर्भाग्य त्यहाँका मानिसलाई टाउको दुख्यो भने सिटामोल लिन चाँही डेढ घण्टाको पैदल दुरी हिड्नुपर्छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


इलामको चुलाचुलीमा बर्षौंदेखि रहेको अव्यवस्थित बसोबासको एक टोलीले नापी कार्य सम्पन्न गरेको छ ।
पञ्चायतकालदेखि अव्यवस्थित रुपमा रहेको चुलाचुली ८ को सो टोलीले नापी कार्य सम्पन्न गरेको हो ।
सरकारले त्यस क्षेत्रको अव्यवस्थीत बसोबास समाधान गर्नका लागि गठित समितिले त्यस क्षेत्रको जग्गा धनि पूर्जा तयार गरेको बताइएको छ । समितिले अहिले सम्म ११ घरलाई पूर्जा तयार पारेको बताएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अमेरिकामा भुटानी शरणार्थीको मृत्यु

शरणार्थी3 प्रतिकृयाहरु »

तेस्रो मुलुक पुनर्बास गरिएका झापाको बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरकी एक महिलाको अमेरिकामा मृत्यु भएको छ ।
उच्च ज्वरोका कारण ४५ बषिर्य बिष्णुमाया अधिकारीको मृत्यु भएको हो । फ्लोरिडा राज्यमा पुनर्बास भएकी अधिकारीको समयमा उपचार नहुँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।


केही समय अघि अमेरिक पुनर्बास गराइएका शरणार्थीहरुलाई स्वास्थ्य उपचारमा समस्या भएको खबर यसअघि सार्बजानिक भएको थियो ।

यृवराज

शिविरमा पंक्षी नष्ट

शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

झापा र मोरङका ७ वटै भुटानी शरणार्थी शिविरमा सोमबारदेखि पंक्षी हटाउने अभियान शुरु हुँदैछ ।

काँकडभिट्टामा बर्डफ्लु फैलिएपछि अन्यत्र संक्रमित हुन नदिन नेपाल सरकारले शिविरहरुमा समेत पंक्षी हटाउन लागेको हो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दमकमा नयाँ अस्पताल

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

तीनवटा अस्पताल, आम्दा, लाइफलाइन र दमक सञ्चालन भइरहेको दमकमा शनिवारदेखि ओम मेची अस्पताल नामको अर्को अस्पतालको उद्घाटन भएको छ ।

संविधानसभा सदस्य विश्वदीप लिङदेनले उद्घाटन गरेको सो अस्पतालको संस्थापक शंकर प्रसाद हुजदारले आफ्नो स्वागत मन्तव्यमा गुणस्तरीय स्वास्थ्य सेवा साथै रिर्सच सेन्टरका रुपमा अस्पताललाई विकास गरिने बताए ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in