Feb 06
अमेरिका पुनर्वास गराइएका अर्का ए भुटानी शरणार्थीको मृत्यु भएको छ । गएको डिसेम्वरमा अमेरिकाको टेक्सस राज्य अर्न्तर्गत डल्लास भन्ने ठाउँमा पुनर्वास भएका गोल्धाप शिविरका ४७ बषिर्य धन बहादुर खड्काको गत आइतबार मृत्यु भएको हो । उनलाई मुटुसम्वन्धी रोग भएको पारिवारिक स्रोतले बताएको छ ।
यस अघि एक साता पहिले पनि सोही ठाउँमा बेलडाँगी शिविरबाट पुनर्वास गराइएकी विष्णु माया अधिकारीको मृत्यु भएको थियो ।
विष्णु
Feb 06
सँधै नयाँ– नयाँ गेटअप र बोलीमा आउने कलाकार हरिवंश आचार्यले फेरि अर्को गेटअप धारण गरेका छन्। पछिल्लो समयमा टेलिभिजनमा बढी व्यस्त हरिवंश सात वर्षपछि फेरि ठूलो पर्दामा मदनकृष्णका साथ देखिने भएका छन्, अलग गेटअपमा।
शिव रेग्मीले निर्देशन गर्न लागेको ´हाँसीदेउ एकफेर´ मा झट्ट हेर्दा विहारी नेता लालुप्रसाद यादवजस्तो लाग्ने यो गेटअपमा हरिवंश बिहीबार राजधानीमा फिल्मको मुहुर्त कार्यक्रममा सार्वजनिक भए। र, मदनकृष्णसँग फिल्मको एउटा संवाद पनि बोले। फिल्ममा महका अलावा राजवल्लभ कोईराला, श्वेता सिंह, मिथिला शर्मा, रवि गिरी आदि कलाकारको पनि मुख्य भूमिका रहने छ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Feb 06
प्रसूति गृहको गर्भपतन सेवा केन्द्रमा गत सोमबार बुटवल घर भएका एक मोबाइल मेकानिक्स पत्नीका साथ भेटिए । मैतीदेवीमा डेरा गरी बस्ने शर्मा थरका दम्पती गर्भपतन गराउन पालो कुरेर बसेका थिए । होटल व्यवस्थापन सिक्दै गरेकी पत्नीको गर्भपतन गराउनु उनको बाध्यता रहेछ । चैतभित्र अस्ट्रेलिया जाने टुंगोमा उनीहरू पुगिसकेका छन् । अध्ययनसँगै रोजगारका लागि मेलवर्न जाने तयारीमा रहेका शर्माले गर्भ रहनुको दोष लोडसेडिङलाई दिए । पुतलीसडकस्थित एक कम्प्युटर मर्मत केन्द्रमा आबद्ध उनले ख्यालख्यालैमा गर्भ रहेको बताए ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »