सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


संबिधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले दलहरुले आपसमा बिवाद कायम राखे सबिधान निमार्ण कार्य अपुरो हुने बताउनुभएको छ ।
सबैदलहरुले आपसी समझदारी कायम गरी नयाँ सबिधान निमार्णमा एकताबद्ध हुन समेत अध्यक्ष नेम्बाङले आव्हान गनुभएको छ ।
आज झापाको दमकमा पत्रकार मञ्चले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोर्ल्र्दै उहाँले नेपाललाई सुहाँउदो सबिधान निर्माण गर्न सबै जनता सक्षम रहेको समेत स्पष्ट पार्नुभयो ।सबैको सुझाव संकलन गर्न गाउँ गाउँमा टोली यही फागुन १६ देखि परिचालन गरीको जानकारी दिदै नेम्बाङले ती टोलीलाई सबैले सहयोग गरी सबिधान निमार्णको यात्रामा सहयोग गर्न आग्रह गर्नुभयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

भुटानी शरणार्थीलाई चोरी पैठारीका खाद्यान्न

शरणार्थी5 प्रतिकृयाहरु »

विश्व खाद्य कार्यक्रमको सिफारिसमा भुटानी शरणार्थीका लागि आयातित खाद्यान्न आपूर्तिकर्ताले बढी मूल्यमा बजारमा बिक्री गरेको पाइएको छ । शरणार्थीलाई भने स्थानीय उत्पादन र चोरी पैठारीको न्यून गुणस्तरका खाद्यान्न दिने गरिएको छ ।

शरणार्थीका लागि आयात गरिने खाद्यान्नमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर छुट हुन्छ । व्यापारिक प्रयोजनका लागि आयात हुने चामलमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (२७)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारीकुनै प्रतिकृयाहरु छैनन् »

उर्मीको पत्र पढ्दापढ्दै मेरा आँखा रसाएछन् । आँखामा नअटाएका आँसु त्यहाँबाट त्यही पत्रमा खसेछन् । पत्र भिजेको थियो आँसुले ल्याफ्फै । छोराको भन्दा बढी मलाई उर्मीकै माया लाग्यो । त्यस्ती जब्बर मान्छे अहिले त्यसरी बद्लिइछिन् । बिचरी उनले गरेको त्यत्रो विद्रोहको परिणाम हेर त अन्तत उनी पनि साधुनी नै बन्ने भइन् । आखिरमा उनी पनि एक्लिइन् र साधुनी नै भइन् भने उनले गरेको त्यत्रो विद्रोहको के अर्थ रह्यो त ? पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in