Mar 31
भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले दातृ निकायहरुले चेपुवामा पारेर शरणार्थीलाई तेस्रो देशमा पुनर्बासका लागि राजी बनाएको आरोप लगाएका छन्।
´अमेरिका जाने भुटानी शरणार्थीको लर्को देख्दा लाग्छ उनीहरु राजीखुशी भएरै तेस्रो देश जाँदैछन्´ मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रमपछि दैनिकीसँग सङ्क्षिप्त कुरा गर्दै रिजालले भने ´तर त्यो उनीहरुको बाध्यता हो।´ स्वदेश फिर्तीको सम्भावना कमजोर भएको अवस्थामा दातृ निकायहरुले सहयोग बन्द गर्ने भन्दै शरणार्थीलाई तेस्रो देशको विकल्प रोज्न बाध्य बनाएको रिजालले बताए ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 31
१
झापाको दमकमा भुटानी शरणार्थी प्रभावित क्षेत्रमा संचालन गर्न लागिएको खानेपानीको आयोजनाको पँहुच समान रुपमा विस्तार गर्न त्यहाँका बासिन्दाले माग गरेका छन् ।
मंगलवार दमकमा पत्रकार सम्मेलन गरी भुटानी शरणार्थी प्रभावित हंम्से दुम्से सरोकार समितिले वडा नं ५ को सम्पूर्ण उत्तरी क्षेत्रसम्म पानी वितरण हुनुपर्ने माग गरेको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 31
१
भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी मामिला सम्बन्धी उच्चआयोग युएनएचसीआरको गतिबिधिप्रति पहिलो पटक र्सार्बजानिक रुपमा असन्तुष्टी जनाएको छ ।
भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुक पुनबार्स कार्यक्रममा राष्ट्रसंघिय उच्च आयोगको कार्य अन्तराष्ट्रीय मानविय कानुन बिपरित भएको दाबि समितिले गरेको छ ।
समितिका अध्यक्ष डाक्टर भम्पा राइले एक बिज्ञप्ती प्रकाशित गरी यस्तो असन्तुष्टी जनाउनु भएको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 30

गन्तव्य थिएटरले पूर्वाञ्चलका विभिन्न भागहरुमा प्रदर्शन गरिरहेको कचहरी नाटक रंग र रातहरु तथा आँगन नाटक अर्को सपनाको खोजीका केही दृष्यहरु । थिएटरका निर्देशक प्रकाश आङदेम्वेका अनुसार आँगन नाटक नेपालमा पहिलो प्रयोग तथा प्रदर्शन हो ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 29
दमक -११ को एउटा घरको एउटा कोठामा दुईवटा ताल्चा मारिएका छन् । त्यो कोठाभित्र त्यति गोप्यताका साथ बन्देज गरेर के राखिएको होला भन्ने जिज्ञासा उठ्न सक्छ ।
त्यो कोठामा नेपाल र भूटानले भुटानी शरणार्थी समस्याको समाधानका लागि भन्दै छ बर्षअघि गरेको शरणार्थी प्रमाणीकरण नतिजा र त्यससम्वन्धी कागजात छन् । सन् २००१ को मार्च अन्त्यतिर नेपाल र भूटानका पाँच/पाँच अधिकारी भूटानी शरणार्थी प्रमाणीकरणमा खटिएका थिए । लगातार १८ महिना प्रमाणीकरणपछि पूर्वोत्तर झापाको खुदुनाबारी शिविरका १२ हजार एक ९३ शरणार्थी मध्ये खाटी भुटानीको बर्गमा दुई सय ९३ जना, स्वेच्छाले बर्साईं सरेको बर्गमा ८ हजार ५ सय ९५ जना, गैर भुटानीको वर्गमा २ हजार ९ सय ४८ जना र आपराधिक पृष्ठभूमि भएका भुटानीको सूचीमा ३ सय ४७ जना शरणार्थीलाई वर्गीकृत गरिएको थियो ।
त्यो नतिजाले घर फिर्तीको पर्खाईमा बसेका भुटानी शरणार्थीलाई नमज्जाले झस्कायो । कतिपय वृद्धवृद्धा, अपाङ्ग र नेपालका शिविरमै आएपछि जन्मिएका केटाकेटीलाई समेत आपराधिक पृष्ठभूमि भएका भूटानीको वर्गमा राखेपछि शरणार्थीको चित्त बुझेन ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 29
१
निस्तार पर्वको अवसर पारेर क्रिस्चियन धर्मालम्बीले आइतवार झापाको दमकमा नगर सरसफाई गरेका छन् ।
दमक ११ स्थित चर्च अफ गडको आयोजना भएको नगर सरसफाई अभियानमा तीन सय भक्तजन सहभागि थिए । आउँदो अप्रिल ९ तारिखका दिन पर्ने सो पर्व मनाउन सम्पूर्ण तयारी पूरा गरिएको चर्चका सदस्य पर्शुराम तिम्सीनाले बताउनुभयो । निस्तार पर्वमा क्रिस्चियनहरुले रोटी र अंगुर खाएर जिसस क्राइष्टको उपासना गर्ने चलन छ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 27
उनी नेपालका होचो कद भएका मानिस मध्येमा एक पर्छन । झापा दमकमा उनको बसोबास भएको एक दशक पुगिसक्यो । उनले संगीतका शिक्षक र गायकको रुपमा पनि आफ्नो पहिचान बनाइसकेका छन् ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 27
१
पूर्वराजा ज्ञानेन्द्रको स्वामित्वमा रहेको हिमालयन गुडरिकले दमक नगरपालिकालाई बुझाउनुपर्ने २० लाख एकिकृत सम्पति कर नबुझाएको रहस्य खुलेको छ ।
नगरपालिका स्रोतका अनुसार बिगतमा मालपोत बुझाउँदै आएको र एकिकृत सम्पति कर लागुभएयता हिमालय गुडरिकले कर बुझाएको छैन ।
सम्पति कर मुल्याङ्कनको अधारमा नगरपालिकाले गुडरिकको भौतिक संरचनाको २० करोडको मुल्याङ्कन गरेको थियो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 27
१
सहायता संस्था लुथरन बिश्व महासंघले पछिल्लो ६ महिनामा झापा र मोरङका भुटानी शरणार्थी प्रभावित क्षेत्रको पर्यावरण सन्तुलनका लागि बृक्षारोपण तिव्र पारेको छ ।
लुथरनले त्यो अवधीमा शरणार्थी प्रभावित क्षेत्रका १८ ठाउंका खोला किनार र खाली पर्ती जग्गामा स्थानीय जनसहभागीतामा बाँस, चाँप, मसला , सिरीस, टिक , इपिलइपिल लगायतका ९ जातका सवालाख बिरुवा रोपेको छ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Mar 26
१
राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटानले काठमाण्डौमा आफ्नो प्रबास सर्म्पर्क कार्यालय खोल्ने भएको छ ।
मोर्चाका अध्यक्ष बलराम पौडेलले नेपाल सरकारका अधिकारी र काठमाण्डौमा रहेका कुटनीतिक अड्डाहरुसँग निरन्तर सर्म्पर्क र समन्वयका लागी त्यहाँ कार्यालय खोल्न लागिएको बताउनु भएको छ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »