१
एकिकृत माओवादीको जनसेनाका एक कमाण्डरले सरकारलाई नेपाली सेनाको भर्ति खुल्ला गरेर जनसेनाको भर्ति रोक भन्ने नैतिक आधार नरहेको बताएका छन ।
जनसेनाको प्रथम डिभिजन मुख्यालयका उपकमाण्डर पावेलले नेपाली सेनाको भर्तिलाई सरकारले मान्यता दिएको कारण जनसेनाको भर्ति खुल्ला गर्ने आधार पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो यसो गर्दा जनसेना र नेपाली सेनाको दुरी निकै बढ्छ तर यसमा हाम्रो कुनै आपत्ति छैन । प्रथम डिभिजनले ३ दिन अघि शुरु गरेको भर्ना प्रकृयामा दैनिक ५० बढी युवाहरुले आवेदन दिएको र १ हजार नयाँ लडाकुहरु भर्ना गरिने समेत बताउनुभयो ।