आगोलागिका थप फोटोहरु

दुर्घटना, फोटो, शरणार्थी13 प्रतिकृयाहरु »

aa

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आगोलागिको एउटा भिडियो क्लिप

दुर्घटना, भिडियो, शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

यो भिडियो मैले मोवायल फोनबाट विहानै खिचेको थिएँ तर दिनभर नै कोशिस गर्दा पनि अपलोड गर्न सकिन । अहिले वेलुका यहाको समय ८:४० मा मात्र बल्लबल्ल अपलोड गर्न सफल भएँ । विहानै राम्रो उज्यालो नभइसकेको अवस्था र मोवायलबाट त्यति राम्रो गुणस्तरको भिजुअल खिच्न नसकिने कुरा त यहाँहरुलाइ थाहा नै होला । जे जस्तो भए पनि मैले प्रयास चाहिँ गरेकै हुँ । जे जस्तो छ, हेर्नु होला ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आगोलागि बारे थप विवरण

दुर्घटना, शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

हिजो अर्थात २०६५ साल फाल्गुण २८ गते साँझ ७:२० बजे सेक्टर इ १, छाप्रा नं. ८६, बेलडाँगी-२ शिविरका विर्ख बहादुर थापाको घरबाट शुरु भएको आगोले पञ्चवटी स्कूलका अलावा २३० घरहरु ध्वस्त बनाइछाड्यो । उक्त आगोले करिव ३ करोड २७ भन्दा बढिको सम्पत्ति नष्ट गरेको अनुमान गरिएको छ जसमा पञ्चवटी स्कूलकै मात्र एक करोड पाँच लाख जतिको क्षति भएको छ । उक्त घटनामा ६ जना घाइते भएका छन् जसको आम्दा अस्पतालमा उपचार भएको छ भने अरु धेरै नै सामान्य घाइते भएका थिए । घटनाका पिडितका उद्दारका लागि सोही शिविरका शिविर सचिव नारदमुनि सन्यासीको संयोजकत्वमा ६० जनाको उद्दार टोली गठन गरिएको छ भने आर्थिक संयोजकमा सोही क्याम्पकी उपसचिव सुमित्रा खरेल रहनु भएको छ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »


भुटानी शरणार्थी नेताहरुले शरणार्थीमा पुनर्वासका कारण मानसिक तनाव र निराशा बढिरहेको भन्दै अधिकारीहरुलाई यसतर्फ गंभिर रहन आग्रह गरेका छन् ।
गत आईतबार झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा शरणार्थी समन्वय एकाईका उप निर्देशक लेखनाथ पोखरेललाई शरणार्थी नेताहरुले दर्ता हुनबाट वञ्चित शरणार्थीको सिघ्र दर्ताको माग पनि अघि सारे ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शिविरमा आगो लाग्यो

दुर्घटना, शरणार्थी4 प्रतिकृयाहरु »

बेलुका साढे आठ बजेतिर लाइन नभएकोले खाना खाइसकेर मोवायल फोनमा एफ एमबाट समाचार सुन्दै गर्दा युवराज भाइले फोन गरेर भने - “दाइ बेलडाँगी क्याम्पमा आगो लाग्यो रे, जाउँ -”
“कुरा पक्का हो भने जाउँ ।” मैले भनें ।
“हो दाइ, मैले पुलिसलाई -इप्रका, दमक) मा फोन गरेर कन्फर्म गरिसकें ।” पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in