आजबाट एस एल सी शुरु

समाचार5 प्रतिकृयाहरु »

यस बर्षको एस एल सी परीक्षा आजदेखि शुरु हुँदैछ । परीक्षामा झापाबाट १६ हजार ६ सय ९५ जना विद्यार्थी सहभागी हुँदैछन् ।
जिल्ला शिक्षा अधिकारी दिपक काफ्लेका अनुसार जिल्लाका ४७ बटा परीक्षा केन्द्रमा नियमित तर्फा १४ हजार ३ सय ५६ र एक्जाम्टेड तर्फा दुइ हजार तीन सय ४० परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । झापामा पहिलो पटक खुल्ला विद्यालयका २३ जना माओवादी सेनाका ६८ जना र बन्दीगृहका दुइ जना परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


राष्ट्रिय अखण्डतामाथि आँच आउने कृयाकलापमा संलग्न भएको आरोपमा सरकारले पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका ३ जनालाई राजद्रोहको अभियोग लगाएको छ ।
झापाको दमकबाट प्रहरीले सोमबार पक्राउ गरेको मध्ये तीन जनालाइ राजद्रोहको अभियोग लाई मुद्दा चलाउने तयारी गरेको हो ।
इलाम बाझोँ ९ का मानप्रसाद आङबोहाङ, मोरङ पथरीका बिनय फागो र मोरङ टाडीँका टेकेहाङ साङमी उपर मुद्दा चलाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र दहालले जानकारी दिनुभयो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in