बेलडागी ३ शरणार्थी शिबिर सेक्टर इ १ छाप्रो नम्बर ७३ की डम्बर कुमारी भट्टर्राईको परिवार गएको २८ मार्चको दिन बिहान भालेको डाकमा उठ्यो । १८ वर्ष लिपपोत गरेको छाप्रोको दैलो अगेनु पोत्नुभयो डम्बरकुमारीले त्यो दिन पनि । नित्यकर्म सकेर नयां लुगा लगाई परिवारका सबै सदस्यका साथ शिविर छेउको बस स्टेण्ड पुग्नुभयो । जहां डम्बरकुमारीको परिवारलाई पूनर्वासको लागि अमेरिका लैजान अन्तराष्ट्रिय आप्रवासी संस्थाको मोटर आइसकेको थियो । तर सानो नानीको जिउमा खटिरा देखिएको भन्दै उहाँको परिवारको पूनर्वासमा पाइतो सारीवरी हिंडेको यात्रा छाप्रोबाट डेढसय मिटर टाढाको बस स्टेण्ड पूगेर रोकियो ।
१
झापा उद्योग वाणिज्य संघ शाखा गौरादहको भवन र अतिथि सदन निर्माणका लागि जग्गा प्राप्त भएको छ ।
निलगिरी हाउजिङले १५ लाख मूल्य पर्ने तीन कठा जग्गा उपलब्ध गराएको संघका अध्यक्ष अमृतबहादुर कटुवालले बताउनु भयो ।
जग्गाको स्वामित्व प्राप्त गर्ने विषयमा दुवै पक्षबीच हस्ताक्षर समेत भएको छ । भवनको आउँदो २५ गते नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोसीले सिलान्यास गर्नु हुनेछ ।
यताकाले जस्तो एक दुई पटक क्लिक क्लिक पार्यो । लेन्स बन्द गर्यो । झोला भिर्यो । अनि लम्कियो अफिसतिर । त्यस्तो हुन्न रे उता । सडकमा टायर बालिएको छ । वस तोडफोड
भएको छ । जुलुस निस्कदै छ । हतारमा क्यामेरा बोकी दगुर्नु पर्ने नेपाली फोटोपत्रकारको बाध्यता । खिचिएको वस्तु पत्रिकाले क्यारी गर्ला नगर्ला ठेगान छैन । अझ आफैं आक्रमणको सिकार भई समाचार नबनिएला भन्ने के भर ? तर, उता यस्तो होइन रे ! आखिर कस्तो त उता चाहिं…….-
“सतप्रतिशत प्रोफेसनल । राम्रो काम गर्नुस, राम्रै दाम लानुस” सन् २००९ को न्यूयोर्क फेसन विकमा पूरा विश्वका सुन्दरीलाई आफ्नो क्यामेरामा कैद गरेर केही दिन अघिमात्र नेपाल फर्किएका कसिसदास श्रेष्ठले भने- सायदै कुनै नेपाली फोटोपत्रकारले यत्रो ठूलो फेसन सप्ताहमा गोराहरु सँगसगैं काँधमा काँध मिलाएर लेन्स घुमाएका होलान् । तर मैले लगातार चौध घण्टासम्म उनीहरुसँगै उनीहरुले जस्तै फोटो खिचें ।
विश्व भरका मोडललाई विभिन्न पोजमा कैद गर्ने त्यही निकोन क्यामेरा झुण्डाउँदै झापाको दमक झरेका उनी एकसातासम्म यतै हल्लिए । तर मिसन अलि फरक थियो यसपटकको । हिमाल खवर पत्रिकाको सहप्रकासन वेभ अंग्रेजी मासिकमा सन् २००४ बाट सम्पादक हुदाँ देखि नै कसिसले मिसन जर्नालिज्म सुरु गरेका हुन् । उनी त्यो पत्रिकामा एक वर्षसम्म सम्पादक भएका थिए ।
कोव्राको हमला ।
सुलसुले एउटा स्वच्छ छवि बोकेको नेपाली या भुटानी नागरिक हो जसलाई एउटा देशको सिमाले छेक्दैन भने नभएको कुरा लेख्दैन । उ एउटा निष्पक्ष र विश्लेषणात्मक र स्पष्ट लेखक हुन चाहने व्यक्ति हो, जो पक्षपात, भाइभाइ, दलाली, विश्वासघात, मेरोतेरो, जस्ता नकारात्मक अवगुणहरुको भण्डाफोर गर्न ज्यान फालेको एकल सेना हो । अतः मेरा प्रिय पाठकहरु, मलाई गाली गर्नुस्, मार्ग दर्शन गर्नुस्, स्यावासी दिनुस्, धिक्कार्नुस् या मायाले “भाइ” या “दाइ” भनि सम्वोधन गर्नुस् शिरोपर छ तर कृपया लान्छना नलगाई दिनुस् किनकी भ्रष्टाचार र भ्रष्टाचारीसँग पौंठेजोरी खेल्ने एकल सेना हुन चाहन्छु । मेरो पृय कलममार्फत र यो कलमको छाप पर्ने “तितोपिरोमिठो” कागजमार्फत ।
१
झापाको दमक १४ मा स्थानियवासीको पहलमा सडक निर्माण गरिएको छ ।
त्यहाँ आठ सय मिटर लम्वाईको ग्राभेल सडक १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले विकासमा जनसहभागिता बढाउन चालिएको साझेदारी कार्यक्रम अर्न्तगत कार्यालयको ६० प्रतिशत र बाँकी उपभोक्ताको लगानीमा सडक निर्माण भएको जानकारी दिनु भयो ।
दमक नगरपालिकामा उपभोक्तासँगको साझेदारीमा निर्माण गरिएका योजना प्रभावकारी बन्दै गएको नगरपालिकाले दावी गर्दै आएको छ ।
झापाको दमकका सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमबाट पठन पाठन गराउन अभियान शुरु गरिएको छ ।
शैक्षिक स्तर सुधार गर्न र निजी विद्यालयसँग प्रतिष्पर्धा बढाउन यस्तो अभियान चलाइएको हो ।
व्यापारीको ब्रम्हलुट : साला “जनताको सरकार” निरीह
विचार, सामाजिक, सुलसुलेको कलम कुनै प्रतिकृयाहरु छैनन् »“सव्जी बजार डामाडोल, घुम्तीहरु जति पायो उति बोल,
ठूला व्यापारीको खुल्दैन पोल, नेता चोक्टा जनता झोल,
गरिवीले भरिए प्रत्येक टोल, भोको पेटमा बज्छ ढोल,
क्रान्तिकारीको फेरियो बोल, जाडोमा सिरक विनाको खोल,
उठ जनता बोकेर रोल, नेता व्यापारीको खेल गोल, भ्रष्टहरुलाई खेलौं गोल ।”
“साला” नेपाल सखापै पारेर छोड्ने भए राजनैतिक दलाल र व्यापारीहरुले । गरोस् पो के निर्जीव माटोले, नेपाल एउटा माटो न हो । देश बन्ने भनेको त्यस धर्तीमाथि आसन र शासन जमाएर बस्ने र भाषण मार्ने सजीव मान्छेको चालचलन, व्यवहार, इच्छाशक्ति, समर्पण र त्यस माटोको प्यारले । तर यी दर्शन र नीति कुन मान्छेमा देखा पर्यो र - न नेता, न व्यापारीमा - छैन अन्ततोगत्वा कसैमा रहेनछ ।
हुन त सुलसुले शरणार्थी सम्वन्धी चासोलाई बढि ग्राह्यता दिन्छ, तर त्यो पनि त मान्छे नै हो र त्यो पनि एउटा लेखक । र, लेखक केही न केही नलेखी बस्न कहाँ सक्छ र । लेख्ने क्रममै आज आएर सुलसुले नेपाली राजनीति चिरफार र भण्डाफोरमा जुट्यो है ।
सुलसुले पंक्तिकार कुनै पनि आग्रह पूर्वाग्रह नराखी दुधको दुध पानीको पानी लेख्ने व्यक्ति आफू भएको भन्छ भने विश्लेषणहरु स्वतः निजी र आफ्नो मनमा लागेका भावहरु हुन् । तितोपिरोमिठो एउटा उसका लागि इमेलमार्फत प्रवाह गर्ने छहारी ठहरिएको छ र यसमा राजेन्द्र जीको निम्ति आभारको कोशेली आउँदा दिनमा प्रेषित गर्नेछु ।
१
संविधान निर्माणमा युवाहरुको भूमिकाको खोजी गर्दै नेपाल भ्रमण निस्किएका झापा दमकका दुई जना युवालाई सोमवार विदाई गरिएको छ ।
शंकर विश्वकर्मा र भूपाल रेग्मीले गत बैसाख ११ गते इलामबाट यात्रा शुरु गरेका हुन् ।
दमकमा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई दमक जेसिजका अध्यक्ष आरबी थापा र शसस्त्र प्रहरी बल पाथिभरा गणका शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले यात्रा सफलताको शुभकामना दिदैं विदाई गरे ।
