Apr 07
झापास्थित झिलझिलेका केदारनाथ रिजालसहित १२ जना नेपाली युवा कतारको दोहा एयरपोर्टमा चैत्र २० देखि नै अलपत्र परेका छन् । खगोल ओभरसिजबाट योङ्गजिन कन्ट्रयाक्टिङ कम्पनीका लागि आएका ती युवालाई दुवई अन्तर्रराष्ट्रिय एयरपोर्टमा कम्पनी तीन दिनसम्म लिन नआएपछि अलपत्र मात्र होइन भोकै बाँच्न बाध्य भएका छन् । खगोल ओभरसिजले हेल्परका लागि पठाएका तीन युवाहरुमध्ये पाँचजना चैत १८ गते राती दोहा आएका थिए भने सात जना त्यसकै भोलिपल्ट आइपुगेका थिए ।