फर्केर आउ है कञ्चन

दुर्घटना1 प्रतिकृया »

हिजो साँझ करीव छ बजेतिर मिलन भाइ मेरो एउटा कम्प्युटरमा बसेर उनकै व्लग अपडेट गर्ने र पत्रिका र एफ एमलाई समाचार पठाउने काम गर्दै थिए । त्यत्तीकैमा उनको मोवायलमा कल आयो । कुमार जी, मायामितु भाउजु, दिपेनवालाजी आदि ४-५ जना पत्रकारहरु यहिँ हुनुहुन्थ्यो । मोवायलमा कुरा गरिसकेर कञ्चनको एक्सीडेन्ट भयो रे, धरान लगेको छ रे, म गएँ है भनेर मिलन भाइ हिँडिहाले । कसले कल गरेको कत्तिको साह्रो एक्सीडेन्ट हो हामीले केही बुझ्नै पाएनौं । तर मनमा भने कस्तो कस्तो लागिरह्यो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शिविरभित्रै शरणार्थीको हत्या

शरणार्थी, समाचार18 प्रतिकृयाहरु »

गएराति झापाको बेलडागीँ स्थित भुटानी शरणार्थी शिविरमा अज्ञात समुहको गोली प्रहारबाट एक भुटानी शरणार्थीको हत्या भएको छ ।
बेलडागीँ १ सेक्टर बि छाप्रा नम्बर १३५ का शान्तीराम नेपालको राति ९ बजे अज्ञात समुहले आफ्नै छाप्रामा गोलीहानी हत्या प्रहरीले जनाएको छ । खाना खाएर घरमा बसेका उनको ५ ६ जनाको समुहका आएका हतियार धारीले गोलीहानेर हत्या गरेको शसस्त्र प्रहरी पाथिभरा गणले जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in