फर्केनन् कञ्चन

Uncategorized2 प्रतिकृयाहरु »

विधिको विधान, कसैले टार्न चाहेर पनि नसक्दो रहेछ । दमकलाई आफ्नो कार्यक्षेत्र बनाएर आइटी तथा सञ्चार क्षेत्रमा विस्तारै आफ्नो पहिचान बनाउँदै गरेका एक होनहार युवा जो वहुमुखी प्रतिभासम्पन्न थिए, आज हामीविच रहेनन् । वेवसाइटहरु बनाउने, साहित्य सिर्जना तथा पत्रकारितामा पनि संलग्न हाम्रा प्रिय मित्र कञ्चन लिम्वु आज यस संसारबाट विदा भएर गइसके ।

प्रत्येक कुरामा सहिद भइयो भन्ने थेगो थियो उसको । संघिय लिम्वुवान पत्रकार परिषदमा सम्वद्ध उनलाई माउ पार्टीले मानेका सहिदहरु समाधिस्थ गरिएकै स्थानमा आज दाहसंस्कार गरियो ।

शिविर, सुरक्षा र शान्ति

विचार, विश्लेषण, शरणार्थी, सुलसुलेको कलम1 प्रतिकृया »

नेपाली मूलका नेपालीभाषी भुटानी शरणार्थीहरु आफ्नो जीउको सुरक्षा खोज्दै अन्ततः नेपाल प्रवेशका लागि वाध्य भएको तितो सम्झना अझ हाम्रो मनमा जीवितै छ । र, शरण पाएको अवधिमा जुन, जस्तो हालतमा शरणार्थीले जीवनयापन गरेका छन्, त्यो झन कहालीलाग्दो अर्को पाटो त झनै विकराल देखिन्छ । ती यथार्थतालाई एकातिर थाँती राख्दै आज यस पंक्तिकारले अनुभूत गरेका तीन “श”को चित्रण गर्ने प्रयास गर्दछ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हार्दिक समवेदना

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

हाम्रा प्रिय मित्र, साइवरदमक डट कमका सञ्चालक तथा पत्रकार मञ्च दमकका सदस्य कञ्चन लिम्वुको अस्ती मोरङ्गको लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटनामा परि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा गत राति असमायिक निधन भएकोमा हामी दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौं । साथै शोकाकुल परिवारमा शोक सहन र धैर्यधारण गर्न शक्ति प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

कुमार, युवराज, मिलन, दिपेन, टिकाराम, भुपेन्द्र, मायामितु, राजेन्द्र

तथा

तितोपिरोमिठो डट कम परिवार

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in