Apr 29
१
झापाको दमक १४ मा स्थानियवासीको पहलमा सडक निर्माण गरिएको छ ।
त्यहाँ आठ सय मिटर लम्वाईको ग्राभेल सडक १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले विकासमा जनसहभागिता बढाउन चालिएको साझेदारी कार्यक्रम अर्न्तगत कार्यालयको ६० प्रतिशत र बाँकी उपभोक्ताको लगानीमा सडक निर्माण भएको जानकारी दिनु भयो ।
दमक नगरपालिकामा उपभोक्तासँगको साझेदारीमा निर्माण गरिएका योजना प्रभावकारी बन्दै गएको नगरपालिकाले दावी गर्दै आएको छ ।