१
झापाको दमकमा ब्राम्हणहरु संगठित भएका छन् । शनिवार यहाँ भएको ब्राम्हण समूदायको भेलाले २७ सदस्यीय केन्द्रीय समिति चयन गर्दै ब्राम्हण एकता समाज गठन गरेको छ ।
समितिको अध्यक्षमा मोहनप्रसाद भण्डारी, सहअध्यक्ष विजयप्रसाद बराल, उपाध्यक्ष उदयराज दाहाल र मोहनप्रसाद अधिकारी चयन भएका छन् । यसैगरि महासचिव लक्ष्मीप्रसाद संग्रौला, सचिव भवकृष्ण खतिवडा, कोषाध्यक्ष नन्दिकेसर अधिकारी र सहसचिव डिल्ली उप्रेती छन् ।
फल तिमी फुल तिमी
सवका मनभरि डुल तिमी ।
जगत तिम्रो हातमा होस्
स्वच्छ पवित्र आत्मा होस् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
लामो समयदेखि स्वदेश फिर्तीको पक्षमा संघर्षरत भुटान पिपुल्स पार्टी, ड्रुक नेशनल कांग्रेस प्रजातान्त्रिक, भुटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त मोर्चा राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटानले २०६४ सालको जेठ १४ गते स्वदेश फिर्तीको माग गर्दै शान्तिमय लङमार्च अभिभान मेची पुलमा सुरु गरेको दिन हो ।
गतसालको भदौमा भएको अविरल बर्षाका कारण कोशी नदीमा आएको बाढीले त्यसको तटवन्ध भत्काएपछि उत्पन्न भएको दर्दनाक पिडाको घाउ ओभाउन नपाउँदै यसपाली त झन जेठ महिनामै भएको सानोतिनो बर्षाले नै खैलावैला मच्चाउन थालेको छ । कोशीको बाँध फेरि भत्कियो रे भन्छन् कोही, कोही भन्छन् होइन स्पर चाहिँ भत्किएको रे, अनि कसैले दावी गर्छन् बाँध पनि होइन स्पर पनि होइन राजमार्गमा बनाइएको डाइभर्सन मात्र हो । आखिर जे भत्किए पनि कुनै न कुनै रुपमा हामी सवैले त्यसको पिडा त भोग्नु नै पर्ने हुन्छ ।
आज विहानको समाचारमा कोशीमा पानीको वहाव घट्यो भन्ने आएको थियो तर आज साँझ परेको दर्के पानीले सायद बढायो होला । अव भोलि विहानको समाचारमा के सुन्नु पर्ने हो खै ।
कामना गरौं त्यस्तो केही नहोस् जसले गर्दा हामी सवै नेपालीले अनाहकमा दुःख पाउनु परोस् । अहिलेलाई चाहिँ साथी टिकारामले काठमाडौं जाने आउने क्रममा खिच्नु भएका केही फोटोहरु ।
जाँदा जाँदै -
पर्सी भाइको विहे (हुने) भएकोले भोली र पर्सी दुई दिन म हराउन पनि सक्छु है । साँझतिर कम्प्युटर खोल्ने मौका मिले तपाइहरूका प्रतिकृया Approve गर्न आउन पनि सक्छु । सकिन भने पनि नरिसाउनु होला, म फुर्सद हुने वित्तिकै त्यो काम गरिहाल्छु ।
घर फर्रकन चाहने भुटानी शरणार्थीले झापा र मोरङका सातै शिविरमा फाराम भर्ने अभियान चलाएका छन् । आफ्ना मान्छेहरुको तेस्रो मुलुक पुनर्वास भए झैं आफूँहरुलाई पनि भुटान लगिनु पर्ने माग राख्दै केही गैह्रराजनीतिक संगठनले झापा र मोरङका सातै शिविरमा यस्तो अभियान चलाएका हुन् । बाईस दिनअघि यस्तो अभियान चलाईएपछि हालसम्म सातै शिविरका ९ सय १६ परिवारका करिव ८ हजार भुटानी शरणार्थीले फाराम भरेका छन् ।
१
बर्षासँगै हावाहुरीका कारण दमक र आपसपासका क्षेत्रमा दर्जनौं विजुलीका पोल ढलेपछि दमक, लखनपुर र तोपगाछी क्षेत्रमा हिजो विहानैदेखि अवरुद्ध भएको बिद्युत आजसाँझबाट सुचाररु भएको छ ।
१
हिजो र अस्ति आएको हुरी बतास र बर्षका कारण पुर्बी झापाको खुदुनाबारी शरणार्थी शिबिरमा शरणार्थीका एकसय सात छाप्रामा क्षति पुगेको छ ।
हुरी र बर्षाले छाप्रो भत्काएर बिचल्लीमा परेका त्यहाँका लगभग ६ सय शरणार्थी अहिले शिबिरकै आफन्त र छिमेकी शरणार्थीका छाप्रामा शरण लिएर बसेका छन् ।
१
एकिकृत नेपाल कम्युनिष्ट पार्ट माओवादीको जनमुक्ती सेनाको प्रथम डिभिजन मुख्यालयमा विषदीयुक्त एक हजार थान झुल वितरण गरिने भएको छ ।
औंलो रोगबाट बच्नका लागि विशेष प्रविधिबाट तयार गरिएको सुपानेट झुल जनमुक्ती सेनाको शिविरमा वितरण गर्न लागिएको हो ।
झापाको दमक स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरका शान्तिराम नेपालको हत्यामा संलग्न ६ जना भुटानी शरणार्थी जेल चलान भएका छन् ।

