बिजोक - सिनेमा हलको

कला, फोटो, व्यवसाय तपाईंको प्रतिकृया थप्नुहोस्

नेपाली चलचित्रको बिकासका लागि सिनेमा हल या फिल्म हलको ठूलो स्थान रहेको छ । चलचित्रलाई पर्दामा देखाएर निर्माताको गोजी भर्न फिल्म हलहरु केहि समय अङिसम्म सक्षम देखिएका थिए तर अहिलेको स्थितिमा निर्माताले आफ्नो लगानी उठाउन समेत मुस्किल हुन थालेको छ ।

flim-hall

दमकस्थित दमक चित्र मन्दिर

नेपालका अधिकाँश नेपाली चलचित्र घरहरु दर्शक अभावमा बन्द हुने अवस्थामा रहेका छन् । बिदेशी चलचित्रको अनुपातमा नेपाली चलचित्रको बिकास हुन नसक्नुलाई प्रमुख कारण मान्छन् हलबालाहरु । चलचित्रको मुख्य बजार मानिने मोफसलमा समयक्रमसँगै हलहरु बन्द हुन थालेका छन् । चलचित्रको मुख्य बजारको रुपमा लिइएको झापामा समेत फिल्महरु दर्शकको मन तान्न हर कोशिस गरिरहेका छन । एकै स्थानका हलमा हिन्दी र नेपाली चलचित्र लगाउँदा नेपालीमा भन्दा हिन्दी चलचित्रमा बढी दर्शक आउने धुब्रसत्य सरह भएको छ ।
प्रत्येक नेपाली चलचित्र रिलिज हुदा लाग्ने दमक र बिर्तामोडका केही हलहरुमा तुलनात्मक रुपमा बिगत बर्षहरुभन्दा दर्शक घटेका छन्र । पाथिभरा चलचित्र भवनका चैतन्य बराल भने हिन्दी फिल्मको बजारले व्यापार घटेको बताउँछन् । उनले भने - नेपाली चलचित्र हिन्दीको तुलनामा ५० बर्षपछाडि रहेका छन् । चलचित्र रिलिज हुनासाथ निस्कने हिन्दी फिल्मको सीडि र डिभिडिले नेपाली चलचित्र साथसाथै चलचित्र भवनको व्यापारमा पनि ठुलो प्रभाव पारेको बरालको ठम्याइ छ ।
झापामा चलचित्र प्रमुख बजार मानिएको दमकमा ३ वटा र बिर्तामोडमा २ वटा ठुला सिनेमा घरहरु रहेका छन । झापाका ग्रामिण क्षेत्रका अधिकाँश हलहरु बन्द भइसकेका छन् भने केही चलचित्र हलहरु शहरमा मात्रै सीमित हुन पुगेका छन्र ।
दमकको दमक चलचित्र मन्दिरका सञ्चालक किसन राठीले नेपाली चलचित्रको कथाबस्तु एकै किसिमको हुने तर दर्शकको चाहना एकै किसिमको नभएको बताउँछन् । तर हिन्दी फिल्ममा समयनानुसार परिर्वर्तित बिषय बस्तु रहने हुँदा दर्शकले हिन्दी फिल्मलाई बढी रुचाएको उनले बताए । २०५६ सालअघि नेपाली चलचित्र उद्योग पूर्ण रुपमा सफल भएको बताउँदै राठीले अहिले त्यस्तो स्थिति नरहेको जानकारी दिए । अहिले निर्माताले आफ्नो लगानी उठाउन पनि निक्कै धौ धौ पर्ने देखिएको र लगानी अनुसार चलचित्रको स्तर नभएको उनले आरोप लगाए । यही अवस्थामा चलचित्र रहे नेपालका शहरका चलचित्र हलहरु केही बर्षमा गोदामको रुपमा परिणत रहनेमा चलचित्रकर्मीहरू आशंकका गर्छन् ।

युवराज

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. वाटुली - वन जोगाउने सन्देश
    माया प्रेमका बिषयमा चलचित्र निर्माण भइरहेको अवस्थामा वनजंगल जोगाएर गाई बस्तु पाल्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कथालाई समेटेर बाटुली चलचित्र निर्माण गरिएको छ । नेपाली चलचित्रको राम्रो बजार मानिने पूर्बको सुन्दर नगरी दमकमा रहेको पाथिभरा हलबाट देशको बिकास र आर्थिक आम्दानीका लागि वन जोगाउनु पर्ने रहेछ भन्दै दर्शकहरु बाहिरिरहेका...
  2. थ्री इटियट्स
    १ जे खोजे पनि पाइने गुगलको सट्टामा अहिले आएको छ फेसबुक । अचम्म नमाने हुन्छ फेसबुकको काम अर्कै छ, गुगलको काम अर्कै, गुगल सर्च इन्जीन हो, फेसबुक सोसियल नेटवर्क, फेसवुकले कसरी गुगललाई रिप्लेस गर्छ भनेर । तर कुरो रिप्लेसको होइन, गुगलमा तपाईले जे खोजे पनि पाउनु हुन्छ भने फेसबुकमा चाहिँ...
  3. फिल्मी खबर
    नम्रतालाई सफाइ काठमाडौं। डिजे तान्त्रिकसागको यौनसम्बन्धको भिडियो टेप सार्वजनिक भएपछि सार्वजनिक जीवनबाट अलप भएकी नायिका तथा मोडल नम्रता श्रेष्ठलाई नेपाली चलचित्र तथा सांगीतिक उद्योगले बहिस्कार गरे पनि उनका प्रशंसकहरुले भने उनलाई उत्तिकै माया गरेको पुष्टि भएको छ। प्रसंग नम्रताको फेसबुक एकाउन्टको हो। नम्रता श्रेष्ठको फेसबुक एकाउण्टअनुसार उनको जन्मदिन २...
  4. दातव्यबाट चलचित्र निर्माण
    दाताले दिएको भरमा आफनो जीवन गुजारा गरिरहेकाहरुले सिर्जनात्मक काम कति गर्न सक्लान् ? यसको जवाफ दिएका छन् भूटानी शरणार्थी शिविर बेलडाँगीका कलाकारहरुले । उनीहरुले दाताहरुले दिएको थोरै थोरै जोहो गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा इँटा थप्ने काम गरेका छन् । नेपाली कला, साहित्य र संस्कृतिको मोहका कारण उनीहरुले तिहारलगायतका...
  5. अमेरिकामा ‘काठमाण्डौ’
    आकाश अधिकारीको निर्देशन तथा नबिन अधिकारी र आकाश अधिकारीको निर्माणमा बनेको नेपाली चलचित्र ‘काठमाण्डौ’ को प्रिमियर शोको लागि चलचित्रका निर्माता,निर्देशक तथा नायक आकाश अधिकारी,रेश मरहठ्ठा र अभिनेत्री संयुक्ता राणा २ साताको लागी आज अमेरीका प्रस्थान गर्दै छन् भने जर्मनबाट चलचित्रकी नायिका प्राप्ती घिमिरे पनि उक्त प्रिमियर शो कार्यक्रममा सहभागी हुँदै...

फेसबुकमा राख्नुस्

11 Responses to “बिजोक - सिनेमा हलको”

  1. झापाली Says:

    धेरै नै राम्रो

    Reply

  2. भवानी प्रशाद कोइराला। दमक्-१० (हाल दोहा,कतार ) Says:

    यो भन्दा अरु के हुनुर नेपाली निर्माता हरुले जती फुर्फुर गरेपनी दर्सक को मन जित्ने चलचित्र बनाउन सकेनन। अनी हिन्दी फिल्म ले बजार पाउनेनै भयोनी दर्सकलाई त मनोरन्जन चाहिएको छनी। त्यसैले हिन्दी को रिस गर्नुको सट्टा नेपाली फिल्म स्तरिय बनाउनु पर्यो सबै समस्या आँफै सकिन्छ।

    Reply

    Man Bahadur Pulami Reply:

    yes, I agree you.

    Reply

    umesh Reply:

    यो तपाईं को भनाइ राईट हो ?

    Reply

  3. tulsi bajgai(newyork USA) Says:

    भुटानि शरणअर्थी नभएपची कस्ले हेरिदियोस नेपाली फिल्म। अब त दमक को हल पनि सुक्ने भो हैन?

    Reply

    Man Bahadur Pulami Reply:

    अरे यार बड्ता फुर फुर किन गर्नु ! शरणआर्थी नभये नेपालनै चल्दैन कि क्या हो गुरु ! यस्तो बित्थामा घिरौला जत्रो नाक नबनाउ न ! अहिले हलमा गएर सिनिमा हेर्न डरमर्दो छ क्या मुर्खे ! शरणआर्थी नभएर नचलेको होइन । शरणआर्थी ले के पो सिनिमा हेर्थे र मुलाआ साग !

    पुलामी

    Reply

    PadamGhimirey Reply:

    भुटानिले नेपाल चलेको हैन तर सेनिमा हल चै पकै चलेको हो ल मुलको साग, मुखमा हान्नु जस्तो।

    Reply

  4. Tara Says:

    बिचरा सिनेमाहल्क मलिकहरु अब्ब फ्लिम हललाई आलु गोदाम बनय बेश हुन्छ।

    Reply

  5. umesh Says:

    फिल्म हल हरु अब माथि साथी ले भने अनुसार, कोल्ड स्टोर गोदाम बाट चै राम्रो आम्दानी होला?

    उमेश भाई !

    Reply

  6. damberi dhungel Says:

    यहो पनि रेम्रो कुरो हो ।फिल्म हल हरु माथि साथी को भाईन औन्शर गर्नु पर्ल ।
    होइन त कि कसो हो नि हजुर हरु को बिचार कस्तो छ नि त .

    Reply

  7. tulsi bajgai(newyork USA) Says:

    ए तेसो हो , हेरुउ पछी दमक को हल मा कती को नेपाली फिल्म ले प्रगती गर्छ। त्यो त अब २ बर्ष पछाडि थाहा हुन्छ । मलाई रिप्लाई दीने ले फेरी फेरी रिप्लाई दिदेइ गर्नु ल । ए मुर्ख २ बर्ष पछाडि लेख ल । किन रिप्लाई नेदिने आइदी खोलेको?
    मुर्ख अर्को सेल्फ आइदी बनाएर दिनु ल अनी त्य्स मा नेपाली फिल्म ले कती को प्रगती गर्दई जन्छ लेख्देइ गर्नु ल तिते पाती। ब्य्य्यी

    Reply

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in