ट्राफिक सप्ताह

फोटो2 प्रतिकृयाहरु »

आजदेखि शुरु भएको ट्राफिक सप्ताहको क्रममा आयोजना गरिएको र्यालीका केही झलक

traffic1

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार1 प्रतिकृया »


रेडियो कार्यक्रम शरणार्थी सन्देशमा कार्यरत पत्रकार गोपाल गड्तौलालाई दमक नगर बिकास पत्रकारीता पुरस्कार प्रदान गरिएको छ ।
गत आइतबार बिश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा दमक नगरपालिकामा आयोजित समारोहमा कानुन सुधार आयोगका सदस्य लिला उदासीले नगद १० हजार राशीको सो पुरस्कार गड्तौलालाई र नगद २ हजार राशीको पत्रकारीता प्रोत्साहन पुरस्कार दमककै पाथीभरा एफ एमकी किरण पञ्चाग्नीलाई प्रदान गर्नू भयो ।
ति दुबै पुरस्कार यसै बर्ष स्थापित हुन् ।
सो अवसरमा दमकका अरु तीन पत्रकार पनि सम्मानीत भए ।  

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचार1 प्रतिकृया »


आफ्नै साथीको तरवार प्रहारबाट मंगलबार झापामा एकजनाको ज्यान गएको छ । पाँचथर कुरुम्वा स्थायी घर भइ दमक-१३ मा बस्दै आएका कुमार भनिने मन कुमार माखिमको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार चारपानेका धिरज राजवंशीलाई लखेट्दै जाने क्रममा उनलाई आफ्नै साथीले तरवार हानेर घाइते बनाएका थिए । उपचारार्थ लाँदै गर्दा माखिमको मृत्यु भएको हो । दुवै खुट्टा काटिएका माखिमको अत्याधिक रक्त श्रावका कारण मृत्यु भएको प्रहरी सहायक निरीक्षक दिपक बानियाँले बताए ।  

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दमक नगरपालिका (२)

विश्लेषण, सुलसुलेको कलम1 प्रतिकृया »

दमकले काया पलटको पर्खाइमा सुलसुलेले कुरेको पनि ढेड दशक भयो भने प्रौढ व्यक्तिहरुले कति समय विताए होलान् ? अनि यो अनन्त यात्रामा सास्ती भोग्ने दमकवासी अझै कति दिन कुर्न वाध्य हुनु पर्छ ? यसको उत्तरको प्रतिक्षा हामी सवैले गर्नुपर्छ । र आजको यसै सेरोफेरो बारे केन्द्रित रहने छ जो अस्ती प्रकाशित अंकको क्रमिक भाग हो ।

अव्यवस्था र अपरिपक्वतामा सवैभन्दा जेठो देखिन्छ हाम्रो शहर दमक । तर क्षेत्रफल र साजसज्जा (यदि सम्वन्धित निकायले चासो देखाएर लगानी गरेर इच्छाशक्तिको भरपूर उपयोग गरेमा) को दृष्टिकोणले अति नै उपयुक्त देखिन्छ । पूर्वमा वग्ने रतुवाको किनारतिर मनोरम बगैंचा बनाउनु, बाँध बाँधेर व्यवस्थित आवासीय क्षेत्र बनाउनु, व्यवस्थित सडक निर्माण इत्यादि गर्नु हो भने दमक नगरपालिकाले “पूर्वको गन्तव्य” भन्ने नारा सजिले ग्रहण गर्न सक्दछ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in