साकेला पर्व

फोटो, संस्कृति, समाचार4 प्रतिकृयाहरु »

झापाका किरात राईहरुले धुमधामसँग साकेला पर्व मनाएका छन् । पर्वको अवसरमा आज लखनपुरको सीतापुरीमा अन्तराष्ट्रिय स्तरको साकेला नृत्य प्रतियोगिता आयोजना गरियो ।
प्रतियोगितामा भारत र नेपालका गरि विभिन्न २५ वटा समूहको सहभागिता थियो । प्रतियोगितामा झापाको दमक प्रथम, धाईजन द्वितीय र शनिश्चरे अर्जुनधारा तृतीय भएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार1 प्रतिकृया »

झापा र मोरङका सात शिविरबाट प्रक्रिया पुगेका १४ हजार ६ सय २८ भुटानी शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका लगायतका मुलुक पुगेका छन् । राष्ट्रसङ्घीय शरणार्थी आयोगको पुनर्वास कार्यक्रमअन्तरगत गत वर्षको फागुन तेस्रो साताबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा बसोबास गराउन थालिएको हो । शरणार्थी आयोगका दमकस्थित कार्यालयका सुचना अधिकृत विमलबाबु खत्रीले भने, त्यसयता पनि शरणार्थी जाने क्रम निरन्तर भैरहेकाले संख्या थपिएको छ । शिविरवासीलाई तेस्रो देश पुनर्वास गराउने जिम्मा अन्तराष्ट्रिय आप्रवास संगठनले पाएको छ । शरणार्थीको स्वास्थ्य जाँच, अर्न्तवार्ता नेपाल छोड्ने स्वीकृति लगायतका चरणवद्ध प्रकृया पूरा गरि आप्रवास संगठनले भद्रपुर र विराटनगर विमान स्थलवाट विमान चार्टर गरि राजधानी हुँदै तेस्रो मुलुक लग्ने गरेको छ । आप्रवास संगठन स्रोतले बुधवार सम्ममा तेस्रो मुलुक जाने शरणार्थी संख्या १४ हजार नाघेको वताएको छ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

एक बालकको सपना

शरणार्थी, सामाजिक3 प्रतिकृयाहरु »
भुटानी पत्रकार अर्जुन प्रधान

भुटानी पत्रकार अर्जुन प्रधान

अभिभावकको मायाबाट टाढा हुनु अनि सडकमा हजारौं मानिसको गाली गलौज खानु कम अपमानको बिषय हैन । साँच्चै अभिभावकहरु भगवान हुन्थे भने मेरा कुरा बुझ्ने थिए होलान् ।  यो स्वभाबिक लाग्ने तर अस्वभाविक सपना एकजना बालकको हो । उनि हुन् भुटानी शरणार्थी शिविर. बेलडागी-१, सेक्टर सि-३, छाप्रा न.१८९.का १० वर्षीय विशाल दर्जी । बिशाल कुरो बुझ्ने हुन नपाउँदै उनकी आमाले अर्कै लोग्नेको घर स्याहार्न थालिसकेकी थिइन । आमाको कोखबाट जन्मिएर संसार बुझ्ने, आफनो बारे सोच्ने र ब्यक्तित्व बिकास गर्ने अबसर उनलाई जुरेन । आमाले चटक्कै छोडेर अर्कोसगँ गएपछि विशाललाई आमाको माया धेरै आवश्यकता खड्कियो । तर विडम्वना, उनी त्यो अबसरबाट बञ्चित नै रहे । उनका दाजु सोम बहादुर र दिदी सुकमाया पनि नजिकै बजारको एउटा होटलमा जुठा भाँडा माझ्दैछन् । उनिहरुले महिनाभरी भाँडा मस्काएर पचासदेखि सय रुपैया हात पार्छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in