एक साँझ सप्तकोशी किनारमा …………….

फोटो, सप्तकोशी समस्याकुनै प्रतिकृयाहरु छैनन् »

गतसालको भदौमा भएको अविरल बर्षाका कारण कोशी नदीमा आएको बाढीले त्यसको तटवन्ध भत्काएपछि उत्पन्न भएको दर्दनाक पिडाको घाउ ओभाउन नपाउँदै यसपाली त झन जेठ महिनामै भएको सानोतिनो बर्षाले नै खैलावैला मच्चाउन थालेको छ । कोशीको बाँध फेरि भत्कियो रे भन्छन् कोही, कोही भन्छन् होइन स्पर चाहिँ भत्किएको रे, अनि कसैले दावी गर्छन् बाँध पनि होइन स्पर पनि होइन राजमार्गमा बनाइएको डाइभर्सन मात्र हो । आखिर जे भत्किए पनि कुनै न कुनै रुपमा हामी सवैले त्यसको पिडा त भोग्नु नै पर्ने हुन्छ ।

आज विहानको समाचारमा कोशीमा पानीको वहाव घट्यो भन्ने आएको थियो तर आज साँझ परेको दर्के पानीले सायद बढायो होला । अव भोलि विहानको समाचारमा के सुन्नु पर्ने हो खै ।

कामना गरौं त्यस्तो केही नहोस् जसले गर्दा हामी सवै नेपालीले अनाहकमा दुःख पाउनु परोस् । अहिलेलाई चाहिँ साथी टिकारामले काठमाडौं जाने आउने क्रममा खिच्नु भएका केही फोटोहरु ।

जाँदा जाँदै -
पर्सी भाइको विहे (हुने) भएकोले भोली र पर्सी दुई दिन म हराउन पनि सक्छु है । साँझतिर कम्प्युटर खोल्ने मौका मिले तपाइहरूका प्रतिकृया Approve गर्न आउन पनि सक्छु । सकिन भने पनि नरिसाउनु होला, म फुर्सद हुने वित्तिकै त्यो काम गरिहाल्छु ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in