१
झापाको सतासीधामबाट गएराती प्रहरीले घरेलु हात हतियार सहित दुइ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारीका तेन्जीङ लिम्बु र सतासीधाम ३ का नन्दकुमार मेयाङबो रहेका इलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
झापाका किरात राईहरुले धुमधामसँग साकेला पर्व मनाएका छन् । पर्वको अवसरमा आज लखनपुरको सीतापुरीमा अन्तराष्ट्रिय स्तरको साकेला नृत्य प्रतियोगिता आयोजना गरियो ।
प्रतियोगितामा भारत र नेपालका गरि विभिन्न २५ वटा समूहको सहभागिता थियो । प्रतियोगितामा झापाको दमक प्रथम, धाईजन द्वितीय र शनिश्चरे अर्जुनधारा तृतीय भएका छन् ।
१
झापा र मोरङका सात शिविरबाट प्रक्रिया पुगेका १४ हजार ६ सय २८ भुटानी शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका लगायतका मुलुक पुगेका छन् । राष्ट्रसङ्घीय शरणार्थी आयोगको पुनर्वास कार्यक्रमअन्तरगत गत वर्षको फागुन तेस्रो साताबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा बसोबास गराउन थालिएको हो । शरणार्थी आयोगका दमकस्थित कार्यालयका सुचना अधिकृत विमलबाबु खत्रीले भने, त्यसयता पनि शरणार्थी जाने क्रम निरन्तर भैरहेकाले संख्या थपिएको छ । शिविरवासीलाई तेस्रो देश पुनर्वास गराउने जिम्मा अन्तराष्ट्रिय आप्रवास संगठनले पाएको छ । शरणार्थीको स्वास्थ्य जाँच, अर्न्तवार्ता नेपाल छोड्ने स्वीकृति लगायतका चरणवद्ध प्रकृया पूरा गरि आप्रवास संगठनले भद्रपुर र विराटनगर विमान स्थलवाट विमान चार्टर गरि राजधानी हुँदै तेस्रो मुलुक लग्ने गरेको छ । आप्रवास संगठन स्रोतले बुधवार सम्ममा तेस्रो मुलुक जाने शरणार्थी संख्या १४ हजार नाघेको वताएको छ ।
अभिभावकको मायाबाट टाढा हुनु अनि सडकमा हजारौं मानिसको गाली गलौज खानु कम अपमानको बिषय हैन । साँच्चै अभिभावकहरु भगवान हुन्थे भने मेरा कुरा बुझ्ने थिए होलान् । यो स्वभाबिक लाग्ने तर अस्वभाविक सपना एकजना बालकको हो । उनि हुन् भुटानी शरणार्थी शिविर. बेलडागी-१, सेक्टर सि-३, छाप्रा न.१८९.का १० वर्षीय विशाल दर्जी । बिशाल कुरो बुझ्ने हुन नपाउँदै उनकी आमाले अर्कै लोग्नेको घर स्याहार्न थालिसकेकी थिइन । आमाको कोखबाट जन्मिएर संसार बुझ्ने, आफनो बारे सोच्ने र ब्यक्तित्व बिकास गर्ने अबसर उनलाई जुरेन । आमाले चटक्कै छोडेर अर्कोसगँ गएपछि विशाललाई आमाको माया धेरै आवश्यकता खड्कियो । तर विडम्वना, उनी त्यो अबसरबाट बञ्चित नै रहे । उनका दाजु सोम बहादुर र दिदी सुकमाया पनि नजिकै बजारको एउटा होटलमा जुठा भाँडा माझ्दैछन् । उनिहरुले महिनाभरी भाँडा मस्काएर पचासदेखि सय रुपैया हात पार्छन् ।
आजको साहित्यिक शुक्रबार स्तम्भमा यहाँहरूका लागि मैले देशी विदेशी साहित्यकारहरूका केही लघुकथाहरू प्रस्तुत गरेको छु । आशा छ, यहाँहरूले मन पराउनु हुनेछ ।
भारी
सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् ।”
१
सशस्त्र प्रहरीको सिमा सुरक्षा गस्तीटोलीले बिहिबार दिउँसो सीमावर्ती भारतसंग जोडिएको खजुरगाछीबाट एक थान अमेरीकी पेस्तोलसहित दुइ जनालाई पक्राउ गरेको छ ।
सीमा सुरक्षा पोष्ट गौरीगञ्जका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भीम कार्कीको नेतृत्वमा खटेका टोलीले दिउँसो २.३० बजे भारतीय बजार फत्तेपुरबाट गौरादहतर्फ मोटरसाइकलमा आउँदै गर्दा महारानी झोडा -९ का चन्द्र नेम्वाङलाई ११११९ एमको अटोमेटिक अमेरीकी पेस्तोल सहित पक्राउ गरेको हो ।
विहे, व्रतवन्ध, व्यवशाय या अरू कुनै शुभ कार्य गर्नका लागि ज्योतिषीकहाँ गएर साइत जुराउने, चिना टिपन हेराएर आफ्नो या आफ्ना परिवारका सदस्यको भूत, भविष्य र वर्तमानका बारेमा जानकारी लिने प्रचलन त हामीकहाँ उहिलेदेखि नै रहेको छ । कहिलेकाँही नेपालको या कुनै ठाउँ विशेषको भविष्यवाणी गरेको पनि यदाकदा सुनेकै हो तर ती भविष्यवाणी कति प्रतिशत सही हुन्छन् सायद कसैले अभिलेख राखेको नहोला । ज्योतिषीहरूले मानिसको बारेमा भविष्यवाणी गर्दा चिना, टिपनको आधारमा गर्ने गर्छन् र ती चिना, टिपनहरू मानिस जन्मिएको समय, स्थान, ग्रहहरूको स्थिति आदि जस्ता तथ्यहरूमा आधारित रहेर बनाइएका हुन्छन् भने नाम पनि त्यसैगरि जुराइएको हुन्छ जसले गर्दा जान्ने ज्योतिषीले वास्तविक तथ्यहरूमा आधारित रहेर बनाइएका चिना, टिपनहरू अध्ययन गरेर गरिएका भविष्यवाणीहरू पनि प्राय मिल्ने गर्छन् । तर एकजना स्थानिय ज्योतिषीले हाम्रै दमकको यो वर्षको भविष्यवाणी गरिदिएका छन् एउटा स्थानीय पत्रिकामार्फत। मलाइचाहिँ अचम्म लाग्दैछ, उनले दमक नगरपालिकाको भविष्यवाणी के आधारमा गरे ? अव दमकको राशी उनले कुम्भ भनेका छन् । मात्र “दमक” शव्दको राशी त कुम्भ नै होला तर यो शव्द दमकको नाम के कुनै ज्योतिषीले जुराएर राखेको थियो ? “दमक” को सट्टा यो ठाउँको नाम “डमक” भएको भए यसको राशी कर्कट हुन्थो । त्यो अवस्था पनि भविष्यवाणी यही हुन्थ्यो कि अर्कै ? त्यस्तै अहिले स्थानीय वासिन्दा र नगरपालिकामा बाटो, ढल आदि बनाउने कार्यमा तिव्रता आएको हुँदा दमकले विकास (अरूमा नभए पनि बाटोमा) त गर्ने नै भयो र यो सवैले देखेकै र थाहा पाएकै कुरा हो । यो साल दमकमा धेरै बाटा बन्छन् भन्ने कुरा त महामूर्खले पनि भन्न सक्छ, ज्योतिषी नै चाहिन्छ र ? ल अरू के के छ सो भविष्यवाणीमा आँफै हेर्नुस् न त ।
नेपाली चलचित्रको बिकासका लागि सिनेमा हल या फिल्म हलको ठूलो स्थान रहेको छ । चलचित्रलाई पर्दामा देखाएर निर्माताको गोजी भर्न फिल्म हलहरु केहि समय अङिसम्म सक्षम देखिएका थिए तर अहिलेको स्थितिमा निर्माताले आफ्नो लगानी उठाउन समेत मुस्किल हुन थालेको छ ।
सुलसुलेका पन्नाहरु धेरै गए खाली
भ्रष्ट खलनायकहरु बजाउँथे ताली
दातृ संस्था छाडी अव जनताको पाली
खुलेरै गर्नु पर्यो मुर्खहरुलाई गाली ।
मौका आउँछ फर्कन्न, बगेको खोला फर्कन्न । अवसरले मानिसलाई एक पटक दस्तक दिन्छ र यदि मानिसले त्यस अवसरलाई समय रहँदै र सही मौकामा हात पार्यो भने उ बन्छ । हैन उसले त्यसलाई गुमायो भने उसको भाग्यको खेलमा कुठाराघात मात्रै होइन जीवन नै वर्वाद हुन्छ ।
१
दमकमा सञ्चालन गरिने कृषि थोक बजार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
बजार व्यवस्थापन समितिका संयोजक प्रेम विमलीले बजारको नक्सांकन कार्य पूरा भइ सो नक्सा पारित समेत भइसकेको जानकारी दिए ।
समितिको सोमबार सम्पन्न बैठकले बजारमा व्लक निर्माणका लागि व्यापारीहरुलाई सूचना गर्ने निर्णय गरेको बताइएको छ ।

