झापाको दमक स्थित बेलडाँगी २ भुटानी शरणार्थी शिविरमा एक नवजात शिशुको शव हत्या गरि पाईखानामा फ्याँकिएको भेटिएको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
वेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा तरकारीका लागि ट्रकमा ल्याएका फर्सी नापतौल गरेर वितरण गर्दै । हरेक हप्ता फर्सी लौका पालो गर्दै वितरण गर्नुपर्ने भएपनि ठेकेदारले लौका नपाएको भन्दै दुइ महिनादेखि लगातार फर्सी वितरण गरेको शरणार्थीहरुको गुनासो छ ।
१
रतुवा खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानियवासी त्रसित भएका छन् ।
आज विहानबाट रतुवाको भेल झापाको कोहबरा १, लखनपुरको माथिल्लो झर्काहा र लालपानीमा पसेको हो ।
लखनपुर ९ स्थित बाँध निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क भण्डारीले बाढीको पानीले कोहवरा १ को सडक जलमग्न भएको बताउनु भयो ।
उहाँका अनुसार तत्कालै नियन्त्रणको प्रयास नभए बाढी वस्तीतर्फ पसेर नोक्सानी हुने संभावना छ । पानीले सडक काट्न शुरु गरेको छ ।
यसपालीको एस एल सी मा झापा र मोरङका शिविरहरुमा रहेका भुटानी शरणार्थी विद्यार्थी मध्ये ३१ प्रतिशत मात्र पास भएका छन् । परीक्षामा सामेल एक हजार आठ सय ७० शरणार्थी विद्यार्थी मध्ये पाँचसय ८१ जना पास भएका छन् । पास भएका शरणार्थी मध्ये ८३ जनाले प्रथम श्रेणी हासिल गरेका छन् ।
पूर्वमा रहे पनि पश्चिममा रहे पनि आखिर हामी नेपाली हौं । जति माया हामीलाई मेचीको लाग्छ, त्यति नै माया महाकालीको पनि लाग्छ । त्यही भएर आज हामीले सुदुर पश्चिमको महाकालीसम्म पुग्ने प्रयास गरेका छौं । महाकाली नदीमा भारतिय पक्षले नेपाललाई माया गरेजस्तो गरेर हेपाहा प्रवृत्ति देखाउँदै निर्माण गरेका बाँध र पूलका साथै एउटा गरीव नेपाली परिवारको घरका तस्वीर आज हामीले प्रकाशित गरेका छौं ।
भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्ती समितिले सार्कका महासचिवलाई आज ज्ञापन पत्र पठाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन आग्रह गरेको छ ।
समितिका अध्यक्ष डाक्टर भम्पा राईले महासचिव सिलकान्त शर्मालाई भारतिय सरकारको बदमासीका कारण भुटानीहरु घर फर्कन नपाएको भन्दै भुटानलाई अन्तराष्ट्रिय दवावका पहल गरीदिन आग्रह गर्नु भएको ।
१
पर्याप्त पानी नपरेका कारण मध्य असार लागिसक्दा पनि यो बर्ष झापामा धान रोपाई शुरु हुन सकेको छैन ।
जिल्ला कृषि बिकास कार्यालयको तथ्याङ्क अनुसार झापामा खेती योग्य कुल ९० हजार हेक्टर जमिन मध्ये ८४ हजार हेक्टर जमिनमा धान खेती लगाइने गरिएको छ ।
कार्यालयका प्राबिधिक सहायक सलिग्राम भट्टराइले धानको बिउ तयार भई नसकेका कारण सिचिँत क्षेत्रमा पनि रोपाई हुन नसकेको बताउनुभयो ।
आज असार पन्ध्र, दही च्युरा खाने दिन । पहिले पहिले त विहानै खाइन्थ्यो तर आज त अहिले भर्खरै (चार बजेतिर) मात्र खाइयो । हुन त हामी नेपालीलाई दही च्युरा खान यही दिन नै कुर्नु पर्दैन, तर पनि आजको यो दिनचाहिँ प्रत्येक नेपालीले सकेसम्म दही च्युरा खाएकै हुन्छन् । यो दिनलाई नै दही च्युरा खाने विशेष दिनको रुपमा किन र कहिलेदेखि मनाउन थालिएको त्यो त मलाई थाहा छैन (यहाँलाई थाहा भए जानकारी पाउँ) तर पनि यो दिनलाई यति विशेह महत्वका साथ कमसे कम २-४ शताव्दि अघिदेखि नै मनाउन थालिएको अनुमान हामी गर्न सक्छौं ।
यो संस्कृतिको अवसरमा मेरोतर्फबाट र सुवासको नामबाट इमेलमा आएको यो सन्देश र फोटो सहित शुभकामना । (धन्यवाद सुवासजीलाई) पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
झापाको गोलधाप शिविरमा अर्काकी श्रीमतिलाई दुर्व्यवहार गर्ने सेक्टर ए का गंगाराम सुनुबार कुटपिटबाट घाईते भएका छन् ।
उनलाई छिमेकी नन्दलाल सुनुबारले रडले प्रहार गरी घाइते बनाएका हुन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
१
पूर्वमा सशस्त्र संर्घष गरिरहका जातिय संगठनको गतिविधि कम गर्न सुरक्षा निगरानी बढाइएको छ ।
प्रहरीले इलामको महमाई क्षेत्रमा शसस्त्र गतिबिधी सञ्चालन गरेको आशंकामा त्यहाँ क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाएको छ ।
