सेरोफेरो

समाचार तपाईंको प्रतिकृया थप्नुहोस्


पूर्वमा सशस्त्र संर्घष गरिरहका जातिय संगठनको गतिविधि कम गर्न सुरक्षा निगरानी बढाइएको छ ।
प्रहरीले इलामको महमाई क्षेत्रमा शसस्त्र गतिबिधी सञ्चालन गरेको आशंकामा त्यहाँ क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाएको छ ।

सशस्त्र प्रहरी बल पाथिभरा गणले इलामको दक्षिणी क्षेत्रमा पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्च र किराँत जनवादी बर्कस पार्टीको आपराधिक कृयाकलाप बढाएको भन्ने गुनासो अएपछि त्यसतर्फ सुरक्षाकर्मीको टोली नै परिचालन गरेको छ । गणका अनुसार ती क्षेत्रमा केही समय अघिदेखि शसस्त्र गतिविधि हुने गरेको सूचना मिलेको थियो ।
सरकारले केही समय अघि मात्र पूर्वका दश जिल्लामा बिशेष सुरक्षा रणनीति लागू गरि सम्बेदनशील स्थानमा अबान्छीत गतिविधि हुन रोक्ने निर्णय गरेको थियो ।




विशालु जङ्गली च्याउ खाएर इलाम र पाँचथरमा गरी गत १३ दिनमा सात जनाको मृत्यु भएको छ । पूर्वी इलामको गोर्खे निवासी एक बृद्धाको जङ्गली च्याउको तरकारी खाएपछि शुक्रबार राती मृत्यु भएको छ । जोगमाई-५ को नातिनीको घरमा पाहुना लाग्न पुगेका गोर्खे - ४ का ७६ वर्षीय पदम बुढाथोकिको मृत्यु भएको हो । प्याङ्गस्थित छोराको घर पुगेर फर्कने क्रममा जङ्गगलमा भेटिएको च्याउ लिएर उनी नातिनीकहाँ पुगेका थिए । सोहि च्याउ पकाएर खाएपछि बुढाथोकिको ज्यान गएको हो । उनीसँगै च्याउ खाएका जोगमाइ-५ कै धनबहादुर महत र विमला महत सिकिस्त विरामी भएपछि उनीहरुलाई उपचारको क्रममा शनिवार विहानै मेची अञ्चल अस्पताल पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि धरानतर्फ लगिएको जनाइएको छ । त्यस्तै तीन दिन अघि जङ्गली च्याउ खाएपछि बिरामी परेका पाँचथरको सम्फाबुङ-२ का नेत्रकला लावती र नेवाकुमारी लावतीको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुले असार ११ गते जङ्गलबाट खोजेर ल्याएको च्याउ खाएपछि बिरामी भएका थिए । उपचारको क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको थियो । उनीहरुसँगै च्याउको तरकारी खाएका अन्य चारजनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सिकिस्त बिरामी परेका चन्द्रराज लावती, दिलकुमारी लावती, मिना लावती र खड्गसुन्दर लावतीको उपचार हुँदै गरेको हो । इलामको पञ्चकन्यामा गएको जेठको अन्तिम सातामात्र जङ्गलबाट खोजेर ल्याएको बिषालु च्याउको तरकारी खाएका चारजनाको मृत्यु भएको थियो । स्थानीय करफोक विद्यामन्दिर उमाविको भवन बनाउने काममा लागेका भुटानी शरणार्थी मजदुर र स्टोरकिपरको मृत्यु भएको थियो ।


इलाममा नेपाल राष्ट्र बैकले आयोजना गरेको मुल्य गोष्ठिभा बर्षोनी खुद्रा नोटको अभाव हुने गरेको गुनासो आउने गरेको छ । इलाम जिल्लामा बर्षोनी खुद्रा नोटको अभावमा र्सवसाधारणले सास्ती खेप्न वाध्य छन् । इलाममा चाडबाडका क्रममा भने झनै खुद्रा पैसाको माग बढ्ने गरेको छ । पानी, विद्युत र टेलिफोन महसुल तिर्न सरकारी कार्यालयमा जाँदा समेत त्यहाँ खुद्रा पैसा नपाएर ग्राहकहरु ब्ढी रकम छोडेर र्फकने गरेका छन् । यसबाट महसुल तिर्ने कार्यमा समेत ढिलो हुने गरेको सेवाग्राहीको गुनासो छ । बैकको मुख्य शाखा विराटनगरका व्यवस्थापक जगदिश्वर अधिकारीले खुद्रा पैसा ढुवानीको समस्याले जिल्लामा कमै मात्रामा पुग्ने गरेको बताए । कार्यक्रममा बैंकहरुले कम्तिमा ५ प्रतिशतले कृषिमा लगानी गर्नुपर्ने आवाज समेत उठेको थियो । इलाममा भएको गोष्ठिमा व्यवसायी, स्वास्थ्यकर्मी, पत्रकार समेत ३० जनाको उपस्थित रहेको थियो ।


इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तु पुग्ने फिक्कल-श्रीअन्तु सडकमा कालोपत्रे गर्ने काम कम गुणस्तरको भएको स्थानिय वासीले गुनासो गरेका छन् । सो सडक १४ किलोमिटर सडकबनाउने योजना भएपनि पहिलो चरणमा अढाइ किलोमिटर मात्र कालो पत्रे गरिने भएपनि बर्षादको समयमा काम थालिएको छ । उपभोक्ता समितिका अध्यक्ष सुवास भट्टराईका अनुसार बेसमा बढी माटो प्रयोग गरिएकोले वर्षयाममै पीच क्षतविक्षत हुने खतरा बढेको छ । सो बाटोको लागि सरकारले दुइ करोड बजेटमा सो कार्य थालेपनि सडक विभागले उपभोक्ता समितिलाई कुनै जानकारी नदिएको गुनासो उपभोक्ताको गुनासो छ । पूर्वाञ्चल सडक डिभिजन कार्यालयले भने उपभोक्तालाई प्राविधिक ज्ञान नहुने भएकाले गुनासो आएको जनाएको छ ।


सुरक्षित गर्भपतन सेवा झापा जिल्लामा प्रभावकारी बन्दै गएको छ ।
जिल्ला जवस्वाथ्य कार्यालयका अनुसार औषधी मार्फत गरिने गर्भपतन महिलाहरुका लागी आर्कषण बनेको हो ।
परीक्षणका रुपमा गत कार्तिक महिनाबाट शुरु भएको सो सेवा कार्यालयले सुचिकृत गरेको स्वास्थ्य सस्थाबाट झापाका महिलाहरु लाभान्वीत भएका हुन । जिल्लाका पाँच स्वास्थ्य स्वास्थ्य संस्थाले सञ्चालन गरेको गर्भपतन सेवाबाट हालसम्म ७ सय बढी महिलाहरुले सेवा पाएको जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताउनुभयो ।
झापाको मेची अन्चल अस्पताल, धुलाबारी र सुरुङाका प्राथमिक स्वास्थ्य केन्द्र र मेरी स्टोप्स, नेपाल परिवार नियोजन संघबाट गर्भपतन गर्ने सेवा उपलब्ध छ ।
सरकारले गर्भपतन गर्ने कार्यलाई कानुनी मान्यता दिएपछी सुरक्षित गर्भपतन गर्नेहरुको सख्याँ बढेको हो ।



नेपाल टेलिकमले उपत्यका बाहिर झापाको दमकमा एएसडिएल इन्टरनेट सेवा सुरु गर्ने भएको छ ।
काठमाण्डौंमा परीक्षण स्वरुप शुरु गरिएको यो सेवा प्रभावकारी बनेपछि उपत्यका बाहिर दमकमा उपभोक्ताको मागलाई ध्यानमा सेवा दिन लागिएको हो ।
टेलिकमको दमक कार्यालयका प्रमुख अर्जुन घिमिरेले एक दुइ साताभित्रै उपकरण ल्याएर काम थालिने बताउनु भयो । दमकमा पहिलो चरणमा पाँचसय उपभोक्तालाई यस्तो सेवा दिइने छ ।
ल्याण्डलाईन टेलिफोन संचालन भईरहेको अवस्थामा समेत इण्टरनेट चलाउन मिल्ने यो प्रविधि अपेक्षाकृत सस्तो भएको घिमिरेले बताउनु भयो ।


झापाको खजुरगाछी स्थित स्वास्थ्य चौकीको सेवा प्रभावकारी बनाउनका लागी गाबिसले जेनेरेटर उपलब्ध गराएको छ ।
चौकीका सेवा प्रभावकारी बनाउन गाबिसले ७५ हजार मुल्य बराबरको जेनेरेटर उपलब्ध गराएको गाबिस सचिव चन्द्रमोहन सिंहले बताउनुभयो । जेनेरेटर पाएपछी बिद्युत नियमित भएको छ ।
यस अघि गाबिसले चौकीमा कार्यकरत स्वास्थ्य स्वयमसेवीकाहरुलाई १० थान साइकल उपलब्ध गराएको थियो ।

कुमार/युवराज

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. सेरोफेरो
    १ झापाको दमकमा शनिवार विहान करेण्ट लागेर एकजना युवाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक १९ का २२ वर्षिय मेघराज देवान रहेका छन् । पारिवारीक स्रोतले दिएको जनाकारी अनुसार देवानलाई विहान ३ बजे आफ्नो घरमा विक्रीएको विजुलीको स्वीच बनाउने क्रममा तार सर्ट भइ करेण्ट लागेको थियो । यसरी...
  2. शरणार्थी सेरोफेरो
    सहकर्मीमाथि हातपात भएपछि आज स्वास्थ्यकर्मीले झापा र मोरङका सातवटै भुटानी शरणार्थी शिविरमा स्वास्थ्य सेवा बन्द गराएका छन् । हिजो एक जना शरणार्थी युवाको उपचारका क्रममा हेलचेक्राई गरेको भन्दै मोरङको शनिश्चरे स्थित शिविरका भुटानी शरणार्थीले स्वास्थ्य केन्द्रका तीन जना चिकित्सकलाई हातपात गरेका थिए ।  घटनाको विरोधमा आज सातवटै शिविर स्थित स्वास्थ्य...
  3. थप २ जनाको मृत्यु
    विषालु च्याउ खाएर सिकिस्त बनेकामध्ये थप २ भूटानी शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको टिमाइस्थित भूटानी शरणार्थी शिविरका तुलबहादुर तामाङ र फूर्वा तामाङ रहेको प्रहरीले जनाएको छ। इलामको पञ्चकन्यास्थित करफोक विद्या मन्दिरको भवन निर्माणमा खटिएका उनीहरुले नजिकको जंगलबाट एक साताअघि च्याउ ल्याइ खाएका थिए । युवराज ...
  4. च्याउले लियो ज्यान
    विषालु च्याउ खाँदा झापाको टिमाई स्थित भुटानी शरणार्थी शिविर बस्ने मनमाया तामाङको मृत्यु भएको छ । गत विहिवार च्याउ खाएर सिकिस्त भएकी उनलाई उपचारका लागि मेची अन्चल अस्पतालबाट विराटनगर पुर्याइएको थियो ।  उपचारको क्रममा कोशी अन्चल अस्पतालमा ४६ वषिर्या तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कुमार ...
  5. लोडसेडिङले गर्भवती बढे
    प्रसूति गृहको गर्भपतन सेवा केन्द्रमा गत सोमबार बुटवल घर भएका एक मोबाइल मेकानिक्स पत्नीका साथ भेटिए । मैतीदेवीमा डेरा गरी बस्ने शर्मा थरका दम्पती गर्भपतन गराउन पालो कुरेर बसेका थिए । होटल व्यवस्थापन सिक्दै गरेकी पत्नीको गर्भपतन गराउनु उनको बाध्यता रहेछ । चैतभित्र अस्ट्रेलिया जाने टुंगोमा उनीहरू पुगिसकेका छन्...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in