१
झापाको ग्रामीण भेगमा सडक मर्मत गर्ने क्रममा अनियमितता हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
पाँचगाछी, शिवगंज, महाभारा लगायत स्थानमा सडक मर्मत गर्दा काम राम्रो नगरेर कमसल हुने गरेको दाबी उपभोक्ताको छ ।
जिल्ला विकास समितिले ती क्षेत्र मध्ये पाँचगाछीस्थित जनताचौक पश्चिम भन्सार चौकसम्मको सडक मर्मतका लागि हालै मात्र १२ लाख रुपैयाँ बजेट निकासा गरेको थियो ।
तर उपभोक्ता समितिसँग गरिएको सहमति विपरित ठेक्का लिएका व्यक्तिले १९ घन मिटरको ६८ ट्रिफर गिटी ल्याउने भनेर सो अनुरुप काम नगरेको उपभोक्ताले बताएका छन् ।
Jun 05
Jun 05
१
झापा र मोरङका सातै शिविरका शरणार्थीले आज बिश्व बातावरण दिवस मनाए । बिश्व वातावरण दिवसको अवसर पारेर राष्ट संघिय शरणार्थी आयोग यूएनएचसिआरको सहयोगमा लुथरन बिश्व महासंघले आज सातै शरणार्थी शिविरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको राष्टसंघिय शरणार्थी आयोगका बाहृय सम्बन्ध सहायक बिमलबाबु खत्रीले शरणार्थी सन्देशलाई बताउनुभयो ।
Jun 05
राम्ररी सोचौं खुव गमेर,
देश राम्रो भूटान कि नेपाल ।
जनता बाँचेका छैनन् रमेर,
दुवैमा देख्छु गजव वेहाल ।
नाचेका छन् शासक वेतालमा,
डुवेका छन् दुवै जालैजालमा ।
नेपाली जनता केही माथि,
नमिले पनि बन्दका साथी ।
भूटान चुपचाप निरस फगत,
चिन्नै गाह्रो जंगली जगत । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »